संस्कृति/धर्म

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा -४,काभ्रे


नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग गरेको हुन्छ /

तोरण कला नेवारी निर्माण शैलीका अभिन्न अंग हुन् ।तोरणले हाम्रा मन्दिर, बिहार, दरबार आदिलाई सजीवता ल्याएको हुन्छ / तोरण कला यथार्थमा स्थापत्य संस्कार र संस्कृतिको अभिन्न अवयव मानिआएका छन् ।  तोरण हिन्दु र  बौद्ध विहारहरू भेटिने भएर पनि यसको मर्मबोधि ज्ञानका अन्तर्य, रहस्य बोध हुनु आवश्यक छ ।तोरणले त्यस मन्दिर, स्तूप, विहारभित्रको  मूर्ति कुन मुद्रामा स्थापित छन्, त्यसको पूर्वजानकारी दिने वास्तुकलाका शैलीगत अभिव्यक्ति दिइरहेका हुन्छन /त्यसैले तोरण लाइ ध्यानको प्रतिक मानिन्छ /किनकी मन्दिरभित्र वा घर भित्रको मन्दिरका ईष्ट देवी वा गर्भ स्थानमा रहेको देबदेविहरुको स्पष्ट संग अंकित तोरण मा गरिरहेको हुन्छ /

नाला उग्रचण्डी भगवतीमा पाँच कलात्मक तोरण हरु रहेकाछन / मन्दिरको अगाडी तिन वटा रहेकाछन /जस मध्य दाँया र बाँया काठको रहेका छन् भने बिचमा पितलले बनेको तोरण छ /तोरंणको बीच भागमा महिषासुर मर्दिनी भगवती देवी को र दाँया बाँया चन्द र मुन्द्लाई नागपास ले बाँधेको मुर्ति अंकित छ /मूलद्वार अगाडि सुवर्ण मोलम्वायुक्त ठूलो र भव्य तोरण रहेको छ ।

यस तोरणमाबीच भागमा १२ हातहरु भएकी भगवतीको मुर्ति छ/धातु कै छत्र रहेको छ /सबै तोरणहरुमा गरुध्द्को दुइ खुट्टाहरुले दुवै तिर कलात्मक नागहरु समातेको माथि रहेको छ /मात्रिका गणहरु ,मकारहरु ,बादलका बुट्टाहरु कुँदिएका छन् /मन्दिरको मुख्य देवीको माथि र बाहिरि थाम भित्र पनि तोरण हरु रहेकाछन /यसरी उग्रचण्डी नाला भगवतीको मन्दिरमा जम्मा पांच वटा तोरण हरु रहेका छन्

वास्तबमा तोरण भनेकै पर्यायाबरणलाइ हाम्रा पुर्खाले आत्म सम्मान गरेको हो किनकी यसमा बिभिन्न जन्तुहरुलाई कुनै न कुनै स्थान दिएको हुन्छ /चाहे गरुड होस् चाहे नाग नै किन नहुन /त्यसै गरि रुख बोट बिरुवा ,बादल तथा गोही ,मकर हुनुका साथै देवी देवताहरु र तिनका बाहान हरु सजीव कुडिएका हुन्छन /नाला क्षेत्रमा करुणामय मन्दिर र चामुण्डा देवी मन्दिरमा पनि कलात्मक तोरण हरु देख्न सकिन्छ /

यस्ता तोरण हरु नालाको लायकु दरवार ,भगवती माइको द्यो छ्यॆ :,नारायण मन्दिर,र नाला पशुपति महादेवको मन्दिरमा पनि तोरण हरु हुनु पर्ने देखिन्छ /पटक पटक को भुकम्प तथा प्राचिन मन्दिर जिर्णोद्वार गर्ने क्रममा कालिगड अभाव ,काठको अभाव र आर्थिक कारणहरु ले नै तय ठाउको तोरण हरु लोप भएको हुनु पर्दछ किन कि त्यस ठाउँ हरुमा मुर्ति कलात्मक तर मन्दिरको ढांचा भने आधुनिक देखिन्छ /

 

 

 

बिहि, अशोज २, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वृद्धभत्ता जम्मा गरेर धर्मशाला निर्माणमा गर्ने ८५ वर्षीय हजुर बुवालाई सम्मान

सरकारले दिएको वृद्धभत्ता कुन काममा खर्च हुन्छ ? आफ्नो उपचारमा, घरायसी वा व्यक्तिगत काममा। तर मुगुमा एक व्यक्तिले वृद्धभत्ता जम्मा गरेर गाउँमा धर्मशाला बनाउन थालेका छन्। सरकारले सामाजिक सुरक्षाबापत मासिक उपलब्ध गराउँदै आएको रकम जम्मा गरेर मुगुम कार्मारोङ गाउँपालिका–९ पापुगाउँका ८५ वर्षीय जयखर ऐडी धर्मशाला निर्माणमा...

नालामा हरेक घर घरमा तुलसीको पुजा गरि मनाइन्छ

 हिन्दु धर्म अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। भगवान् विष्णुको प्रतीकका रूपमा...

टोकियो कोउतोकु स्थित दान्चीहलमा म्ह पुजा सम्पन्न

टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो । कार्यक्रमको...

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्...

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...