स्थानीय समाचार

ऐतिहासिक बस्ती नालामा पुरानोघर हराउँदैनयाँ बन्दै

-सुनिल महर्जन


नालामा भुकम्प पछि पून निर्माणमा बनेका घरहरु मौलिकता झल्किने एउटा पनि छैन। बि.स.२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले त्यहाँका सबैजसो पुरानो घरहरु  ध्वस्त भएको थियो।

लिच्छिवीकालीन बस्ती अहिले आधुनिक  क्रंक्रिटको जंगल जस्तो भएको छ। ढलान, पिलर उठाएका घरहरु भक्का भक निर्माण हुदैछ /

नाला  पुरानो नेवारी बस्ती भएकाले एकैनासका चार तल्ले घरहरु , संझ्या ,आँखी झ्याल, नेवारी बस्तीको पहिचानकै रूपमा रहेको थियो। भूकम्पपछि सो बस्ती भत्कियो ।

भूकम्पको चार वर्ष नबित्दै अधिकांश मन्दिर–घर उठ्यो। तर, विडम्बना मौलिक, परम्परागत शैलीमा उठ्न सकेन।  लिच्छवीकालीन, मल्लकालीन शैलीका केही मठ–मन्दिर, पाटी–पौवा पुरानै ढाँचा निर्माण भएको छ त्यो राम्रो मान्नु पर्दछ /वास्तबमा घरहरु पनि पुरानै ढाँचामा निर्माण भएको भए सुनमा सुगन्ध हुन्थ्यो /

नेवारी बस्तीको ठाउँमा क्रंक्रिटका ढलान पिल्लर बनेर ठडियो। सिमेन्टको थुप्रो बनेर निस्कियो। सो बस्तीमा पुग्दा लाग्छ, यो सम्पदा बस्ती होइन। आधुनिकताको नाममा मौलिकता मासिएको छ।

बाटोको सुविधा पुगेका अधिकांश ठाउँमा आधुनिक निर्माण सामग्री पुगेकाले गाउँ–गाउँमा कंक्रिटका घर देखिन थालेका छन्।

यसले इतिहास, संस्कृतिसँगै मौलिक निर्माण प्रविधि पनि विस्थापित भएको छ।

भूकम्पपछि पुनर्निर्माण थाल्ने प्रायःले आधुनिक शैलीमा पुनर्निर्माण थालेका छन्। मल्लकालीन बस्ती ललितपुरको ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, लुभु, सिद्धिपुर, काठमाडौंको टोखा, कीर्तिपुरको पाँगा, नैकाप, भाजगंल र भक्तपुरका बस्तीका स्थानीयबासीले नेवारी वास्तुकला शैलीका घर निर्माण गर्दा धेरै महँगो पर्ने भन्दै आधुनिक शैलीमा धमाधम पुनर्निर्माण थालेका छन्।

भूकम्पपछाडि पुनर्निर्माणको क्रममा परम्परागत कला, शैली र स्थानीय स्रोत–साधनको प्रयोग गरेर आधुनिक सुविधायुक्त घरहरू न्यून संख्यामा बनेका केही उदाहरण हुन्। भूकम्प अगाडि परम्परागत मल्लकालीन शैलीमा बनेका घर पुनर्निर्माणको क्रममा ढलान गरेर निर्माण भइरहेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पपछि ४ लाख ३० हजार निजी आवास निर्माण भए पनि प्राचीन मल्लकालीन शैलीमा २ हजार ९ सय २४ वटा निजी आवास निर्माण भएको छ।

ललितपुर ७०, भक्तपुर १२ सय ७०, काठमाडौंमा १ हजार ८२, नुवाकोट ४ सय र दोलखामा १ सय २ वटा गरी जम्मा २ हजार ९ सय २४ वटा पुरानै शैलीमा निर्माण भएको प्राधिकरणले जनाएको छ।

यसले पुरानो शहरको अस्तित्व, बस्तीको मौलिकता परम्परा, रहनसहन, संस्कृति र सांस्कृतिक सम्पदामा असर पर्ने परम्परागत घर निर्माणसम्बन्धी जानकार दिलेन्द्र श्रेष्ठले बताउनुभयो।

भूकम्पपछाडि सांस्कतिक भौतिक संरचना निर्माण गर्ने क्रममा पुराना कलाकौशल, स्थानीय साधन स्रोत प्रयोग नगर्दा प्राचीन शैली लोप हुने अवस्थामा पुगेको पनि उहाँको भनाइ रहेको छ।

यसमा संघ प्रदेशसँगै स्थानीय तह अझ बढी जिम्मेवार हुनुपर्ने उहाँको कथन रहेको छ। स्थानीय तहले मौलिक शैलीमा पुनर्निर्माण गर्ने थप अनुदान दिनुपर्ने पनि बताउँदै उहाँले भन्नुभयो– ‘सकेसम्म मौलिक शैलीमा घर निर्माण गर्नेलाई सहुलियत दिनुपर्दछ।’

मौलिक परम्परागत शैली र स्थानीय स्रोत साधानको प्रयोग गरेर पुरानो शैलीमा निजी आवास निर्माण गर्नेलाई सरकारले ३ लाखबाहेक थप ५० हजार प्रोत्साहनस्वरूप दिने गरेको छ।

शंखरापुर नगरपालिका, वडाले विशेष सहुलियत दिने नीतिले ललितपुरको खोकनामा धेरैले मौलिक शैलीमा घर निर्माण भने गरेका छन्।

त्यसै गरी समुदायकै प्रयासमा ललितपुरको पिलाछेंमा मौलिक शैलीमा घर निर्माण भएका छन्।‘पुनर्निर्माणलाई हामीले मौलिक कला, संस्कृति जर्गेना गर्ने गरी पनि अघि बढाउन सकिने अवसर थियो।

काठमाडौंसहितका जिल्लाका ती सम्पदा बस्तीको मौलिक विकास प्राधिकरणले गर्नेछ। पर्यटनको आधार बन्न सक्ने सांस्कृतिक बस्तीको काठमाडौंको साँखु, ललितपुरको खोकना, बुङमती, नुवाकोट दरबार क्षेत्र र आसपासको बस्ती, गोरखाको दरबार क्षेत्र र आसपासको बस्ती अनि दोलखा बजारको सम्पदा बस्ती निर्माणको गुरुयोजना प्राधिकरणले बनाइसकेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले मौलिक पहिचान कायम राख्दै पर्यटकीय आकर्षण थप्ने गरी काम भइरहेको बताउनुभयो।

स्थानीयले आफ्नै स्रोत साधन प्रयोग गरेर पुराना मल्लकालीन शैलीमा घरहरू बनाउन खोजे पनि सरकारले दिँदै आएको ३ लाख ५० हजार रुपियाँले निर्माण गर्न नसक्ने प्रतिक्रिया दिएका छन्।

घर निर्माणमा पश्चिमा प्रभावकै परिणाम हो, पिलर र सिमेन्टको प्रयोग। त्यसैले पनि अहिले सबैतिर एकै प्रकारका घर बन्न थालेका हुन्।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार १९९० सालको भूकम्पपछि मात्रै नेपालमा आधुनिक शैलीका घर निर्माण हुन थालेको हो।

९० सालको महाभूकम्पले भत्किएका घरको पुनर्निर्माणका लागि तत्कालीन सरकारले बेल्जियमबाट जस्तापाता झिकाएर सर्वसाधारणलाई वितरण गरेको जोशीले बताउनुभयो।

जोशीले भूकम्पपछि नै उपत्यकामा पहिलोपटक सिमेन्ट भित्रिएको बताउनुभयो।‘पहिलोपटक सिमेन्टले बनाएको सरस्वती सदन देखेपछि त्यसैलाई हेरेर इन्द्रचोकमा एक सर्वसाधारणले कंक्रिटको घर बनाएको पनि उहाँले जानकारी दिनुभयो।

नब्बे सालको महाभूकम्पपछि शुरू भएको कंक्रिट घर निर्माणले आठ दशकको यात्रा तय गरिसकेको छ। यसअघिसम्म उपत्यकामा घर भनेकै ढुंगा, इँटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो।

यसबीचमा शहरी क्षेत्रका अधिकांश घर, भवन र भौतिक संरचनामा सिमेन्ट प्रयोग गरिएको छ। अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, इँटा, ब्लक, ढुंगा, टिन (जस्तापाता), स्टिल, आल्मुनियम, सिसा, प्लास्टिक जस्ता सामानबिना घर निर्माण असम्भव जस्तै भएको छ। सिमेन्टका घरलाई सम्पन्नतासँग जोडेर हेर्ने मनोविज्ञानका कारण नेपाली मौलिक घरले अस्तित्व गुमाउन थालेको छ।

पुस्ता दरपुस्ता ज्ञान र सीपको हस्तान्तरण हुँदै उपलब्ध सामग्री र कलाको संयोजनकै कारण पुराना घरहरू मौलिक र विशिष्ट देखिने गर्दछन्। पुस्तैनी परीक्षण हुुँदै आएका यस्ता घर भूगोल सुहाउँदो फरक ढाँचा र निर्माण सामग्रीबाट तयार पारिन्थ्योे।

पहिले अग्लो ठाउँमा घर र समथर ठाउँमा खेतीपाती गर्ने चलन थियो। अहिले जुनसुकै स्थानमा घर बनाउन थालिएको छ। संस्कृति र मौलिक परम्परागत सौन्दर्य छाडेर जथाभावी घर बनाउने प्रवृत्ति झाँगिएको छ।

‘इँटा, माटो र काठजडित घर ढलानभन्दा प्राकृतिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षले सुरक्षित पनि हुन्छ।’ –सम्पदाविद् दिलेन्द्र श्रेष्ठले भन्नुभयो।

उहाँका अनुसार पुराना मौलिक शैलीका घरमा झिंगटीका छाना, रङ पोताइ, काठको भुइँ, ढोका, फ्रेम, जोर्नी, चुकुल, दलिन, थामको प्रयोग गरिएको हुन्छ।

‘त्यस्तै बाहिरी र भित्री भित्ताको सतहमा प्रयोग गरिएको चुन सुर्खी, सजावटका वस्तुमा माटो वा चुनको मसला परम्परागत ढंगले प्रयोग गरिएको हुन्छ’, उहाँले भन्नुभयो– ‘यसले विभिन्न शासन कालमा बनेका परम्परागत वास्तुकलालाई समेत चिनाउन मद्दत गर्छ। ढलान घरभन्दा पनि बढी सुरक्षित, जाडोयाममा न्यानो र गर्मीमा शीतल हुन्छ।

त्यसैले भूकम्पले क्षति भएका घर पुनर्निर्माण गर्दा पुरानै मौलिक वास्तुकला शैलीमा निर्माण गर्न स्थानीयबासी र राज्य पक्षले विशेष चासो दिनुपर्ने काठमाडौं उपत्यका संरक्षण कोषका निर्देशक डा. रोहित रञ्जितकारले बताउनुभयो।

शनि, अशोज ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!

कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...

नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक...