स्वास्थ्य

नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण


मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो । हो, चार वर्षअघि यही चमत्कारी काम गरेर संसारभरि चर्चित भए अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताल । उनको सफल प्रयोग अहिले विश्वभरि फैलिइसकेको छ भने धिताल कार्यरत अस्पतालमा मात्रै अहिलेसम्म २४ जना विरामीलाई मुटु प्रत्यारोपण गरेर पुनर्जीवन दिइएको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालका प्राध्यापक धितालले चार वर्षअघि सोही अस्पतालमा मृत मान्छेको मुटु झिकेर बिरामीलाई प्रत्यारोपण गरेका थिए । धितालले हासिल गरेको सफलतालाई ३० वर्ष नाघेका व्यक्तिको मुटु प्रत्यारोपण क्षेत्रमा भएको अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ । भन्छन्, “अब त मैले तालिम मात्र दिने हो, मेरा विद्यार्थीहरूले नै यो काम गरिरहेका छन् । र, अहिले संसारभरि नै यो फैलिइरहेको छ ।” साउनको पहिलो साता पनि धिताल मुटु प्रत्यारोपण सम्बन्धी कार्यशालामा भाग लिन बेलायत गएका थिए । धितालको प्रयोग बेलायतमा पनि विस्तार भइसकेको छ । मृत्यु भएको आधा घन्टाभन्दा बढी समयमा पनि मुटु निकालेर कसरी सफल प्रत्यारोपण गर्न सकिन्छ भन्नेमा अहिले धितालको शोध केन्द्रित छ ।

भन्छन्– “अहिलेचाहिँ हामी आधा घन्टाको समयलाई लम्ब्याउन सकिन्छ कि सकिन्न भन्नेमा अनुसन्धान गर्दैछौँ । यसमा पनि सकारात्मक सफलता मिल्ने आशा छ ।” मृत मान्छेको मुटु निकालेर प्रत्यारोपण गर्नुअघि धितालले सुँगुर र छुचुन्द्रोमा त्यसको परीक्षण गरेका थिए । उनी आफैँले सुरुमा चार मुटु रोगीमा मृत मान्छेको मुटु प्रत्यारोपण गरेका थिए । विभिन्न कारणले मुटु काम नलाग्ने भएकाहरूका लागि धितालले सुरु गरेको मुटु प्रत्यारोपण पद्धति रामबाण सावित भएको छ । कुमुद धितालको पुख्र्यौली घर गोरखा हो । उनी इटालीको रोममा जन्मेका हुन् भने उनले विद्यालय शिक्षा सेन्टजेभियर्स स्कुल ललितपुरबाट पूरा गरेका हुन् ।

अक्सफोर्डबाट चिकित्सा विज्ञानमा स्नातकोत्तर गरेका धितालले लन्डन विश्वविद्यालयबाट एनाटोमीमा विद्यावारिधि गरेका हुन् । उनी मुटु रोगमा विश्वकै उम्दा चिकित्सक मानिन्छन् । भन्छन्, “गतिलो शिक्षादीक्षा र वातावरण पाएकै कारण चिकित्सा क्षेत्रमा नयाँ काम गर्न सकिएको हो ।” मुटु प्रत्यारोपणमा धितालले अहिले अमेरिका, स्वीडेन, बेलायतलगायतका अस्पताल र विश्वविद्यालयहरूमा प्राज्ञिक र अन्वेषणका माध्यमबाट सहयोग गर्दै आएका छन् । नेपालसितको धितालको नाता भने ग्लोबल पोलिसी फर नेपालमार्फत जोडिएको छ । उनी त्यसका उपाध्यक्ष हुन् । नेपालमा मुटु प्रत्यारोपणको सम्भावना भए पनि त्यसका लागि तत्परता र चासो भने कम देखिएको धितालको कथन छ । भन्छन्, “राम्रो अस्पताल, चिकित्सकको टिम र प्रत्यारोपणपछिको केयरको उचित व्यवस्था भए नेपालमा पनि यो काम अघि बढाउन सकिन्छ ।” नेपाल साप्ताहिकबाट

सोम, अशोज ६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कोरोना संक्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताए

बेइजिङ । चीनमा फैलेको कोरोना भाइरसको संक्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताएको छ । चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकारले आगामी अप्रिल महिनासम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आउनेमा आफुहरु आशावादी रहेको बताउनु भएको हो । यसैबीच, हिजो चीनमा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको...

घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ ।

एजेन्सी । बुहानमा गम्भीर रुप लिएको कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि प्रशासनले आक्रमक शैली अपनाएको छ । बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ । सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । तर...

कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगे

१० माघ, काठमाडौं । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित...

बूढापाकाले पनि लगाउनुपर्छ खोप, कुन समयमा के खोप लाउने?

‘सुई’ भन्नेवित्तिकै एक वर्षमुनिकालाई मात्रै लगाइन्छ भन्ने भ्रम छ। तर विभिन्न रोगविरुद्धका सुई सबै उमेरकालाई लगाइन्छ भन्ने कमैलाई थाहा होला। कतिपय मुलुकमा केटाकेटीका लागि मात्रै होइन, युवा, वयस्क र बुढापाकालाई पनि करिब १२ किसिमका खोप अनिवार्य गरिएको छ। स्वास्थ्यअनुसार भ्याक्सिन तीन प्रकारमा विभाजन गरिएको इन्टरनिस्ट डा. महेश...

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

१३ सयभन्दा धेरैले नयाँ संसार देखे

 काभ्रेपलाञ्चोक कात्तिकेकी ८७ वर्षीया सुकुमाया तामाङ आशै मारिसकेको संसार फेरि प्रष्ट देख्न पाएकोमा अत्यन्तै खुशी हुनुभयो । आँखामा मोतिबिन्दुको उपचारपछि पट्टी खोल्दा धमिलिएको दृश्य बिस्तारै सङ्लिएर देखिएपछि खुशीको आँशु झार्दै उहाँले भन्नुभयो– ‘मेरा लागि त अर्कै संसार देखे जस्तो भयो ।’ २३ वर्षदेखि काठमाण्डौसहित देशका विभिन्न...