साहित्य गतिबिधि

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश


७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् ।

विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा  सिर्जना दिँदै आइरहेका छन् ।

घिमिरे दीर्घजीवन ज्युने साहित्य सर्जकमध्ये एक हुन्  । अघिल्लो वर्ष उनको स्वास्थ्यमा समस्या आएको थियो । भारतबाट उपचार गरेर फर्किएपछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको पारिवारिक सदस्यहरूले बताएका छन् ।

जन्मदिनमा प्रधानमन्त्रीको शुभकामना

घिमिरेको जन्मदिनका अवसरमा विभिन्न व्यक्तित्वहरूले उनको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै घिमिरेबाट देशले अझै सिर्जना प्राप्त गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले एक ट्विट गर्दै लेखेका छन्–नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् ।’

मङ्ल, अशोज ७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...

सिमानाको बिषयमा कविता प्रतियोगिता

सिर्जनशील नेपालले  राजधानीमा एक कविता प्रतियोगिता गरेको छ । सिमानाको बिषयमा भएको कविता प्रतियोगितामा तार्केस्वर नगर पालिकाका बिभिन्न विद्यालय समाबेस भएका थिए । कार्यक्रम आयोजक सिर्जनशील नेपालका अध्यक्ष सुशील अचार्यका अनुसार कार्यक्रम भब्य रूपमा भएको छ । जस्को निर्णायकमा साहित्यकारहरु रसुवाली कवि ;रुपक अधिकारी र...

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड

आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश...

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...