कृषि प्रमुख समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने बताएका


असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसान नेताका बारीमा ठूला घोगा मकै फल्नुपर्ने र ठूलै टमाटर फल्नुपर्ने बताएका छन् । आफू हलो जोतेर यहाँसम्म आएको हुनाले किसानका समस्याबारे राम्रैसँग जानकार रहेको प्रधानमन्त्री ओलीको दाबी छ ।

‘यहाँहरुलाई थाहा छ, म आफैं हलो जोतेर, कोदालो खनेर, खेती गरेर आएको मान्छे भएको हुनाले कृषिसम्बन्धी मलाई थाहा पनि छ’ बुधबार राजधानीमा आयोजित किसान संगठनको केन्द्रीय बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले आफैंले मकै, धानदेखि लिएर सागसब्जीदेखि लिएर सबै लगाएको पनि छु ।’

कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक तथा सपथ ग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले किसान नेताका बारीमा ठूला घोगाा मकै र ठूलै टमाटर फलाएर नमूना किसान बन्न निर्देशनसमेत दिए ।

प्रधानमन्त्रीले किसान नेताहरुलाई भने–

‘तपाईहरुले किसान संगठनमा संगठित भइयो भनेर बस्ने होइन । तपाईंहरु नमुना किसान हुनुपर्छ । तपाईको बारीमा धेरै घोगा मकै फल्नुपर्छ । अलिक ठूलो घोगा मकै फल्नुपर्छ । अलिक झपक्क खुर्सानी फल्नुपर्छ । झपक्क टमाटर फल्नुपर्छ । ठूलै टमाटर फल्नुपर्छ । तपाईका धानका बालाहरुभन्दा झपक्क, लामा र धेरै दाना फलेका हुनुपर्छ । सब्जीको तपाईकोमा कुनै अभाव हुनुहुँदैन । किसान नेता भनेको उत्पादनको नमुना हुनुपर्छ । त्यसकारण म यहाँहरुलाई आग्रह गर्न चाहन्छु, उत्पादनको नमूना बन्ने प्रयास गर्नुस् । मेरो शुभकामना पनि छ, उत्पादनका लागि नमुना बन्ने काम गर्नुस् ।’

किसान संगठनको बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासंघका इञ्चार्ज वामदेव गौतमले महासंघका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराएका थिए । नेकपाको गत जेठ २ गतेको सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट २५१ सदस्यीय एकीकृत महासंघ गठन भएको थियो । महासंघको सहइञ्चार्जमा चित्रबहादुर श्रेष्ठ र सुनील मानन्धर तथा अध्यक्षमा हरि पराजुली छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको ०७५ जेठ ३ गते एकता भएको थियो । बैठकमा मुलुकको वर्तमान सामाजिक आर्थिक अवस्थाको विकाससँगै नेपाली कृषि क्रान्तिको कार्यक्रम समृद्ध गर्ने लक्ष्यसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

किसान संगठनका नेता वामदेव गौतमलाई ‘किसान आन्दोलनका हस्ती’ भनेर सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले गरेको सम्वोधनको केही अंश यस्तो छ–

– कम्युनिष्टहरु झगडा गर्न जान्दछन्, फुट्न जान्दछन् भन्ने अवस्थाबाट देशको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनायौं । अहिले हाम्रो देशमा कायम रहेको निर्वाचन प्रणालीबाट बहुमत प्राप्त गर्न सजिलो छैन, साह्रै कठिन छ । यो बहुमत आउने प्रणाली होइन । यो देशमा अस्थिरता आउनेखालको प्रणाली हो, यसमा सजिलोसँग बहुमत आउँदैन । तर, जे भए पनि हामीले सुदृढ बहुमतसहितको सरकार कायम गरेका छौं । हामीसँग सुदृढ बहुमत छ ।

– पार्टीको एकीकरण भइसकेपछि पनि त्यसलाई तलसम्म पुर्‍याउन ढिला भयो । विभिन्न कारणले एकता र एकीकरणको प्रक्रिया ढिला हुँदा हाम्रा थुप्रै कामहरुमा गतिरोध उत्पन्न भयो । र, हामी आलोचित हुने स्थति पनि बन्यो । तर, अब हामीले एकता, एकीकरणको प्रक्रियालाई टुङ्ग्याएका छौं र अब पार्टीलाई गतिशील ढंगले अगाडि बढाउनुपर्छ ।

– अब हामी कृषिलाई यसैगरी पछाडि परिरहन दिन सक्दैनौं । त्यसकारण, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम हामीले अगाडि बढाउन खोजेका छौं । कुनै जमिनको कुनै टुक्रो खाली नरहोस्, अनुत्पादक नरहोस् । हाम्रो कुनै समय, कुनै शक्ति, कुनै सामथ्र्य अनुत्पादक र खेर जाने नहोस् । सबैको सदुपयोग गरेर हामी अगाडि जान सकौं । र, कृषिको आधुनिकीकरणका साथ अगाडि जान सकौं ।

– जमिनलाई सकेसम्म अब चाक्लाबन्दी वा सामुहिक खेती जसबाट एकै प्रकारको एक ठाउँमा ठूलो मात्राको उत्पादन हुन सकोस् । नत्रभने हामी निर्यात पनि गर्न सक्दैनौँ, उत्पादन वृद्धि पनि गर्न सक्दैनौँ । ठूलो मात्रामा उत्पादन भएपछि तद्नुसार त्यहाँ प्राविधिक सहायता प्राप्त गर्ने यी सबै काम पनि हामी गर्न सक्छौँ । समयमा मलखाद होस् । उन्नत जातको विउविजन, त्यसमा रोगव्याधिको रोकथाम अथवा त्यसको नश्ल सुधार आदिका कुराहरु स–साना स्तरमा हुँदाखेरि त्यो गर्न सकिँदैन । जब ठूलोस्तरमा हामी खेती गर्न थाल्छौँ, तब मात्रै हामी ती कामहरु गर्न सक्छौँ ।

–हामीले अबको कृषि सहकारीमार्फत भए पनि अथवा आफू–आफू मिलेर भए पनि बालीचाहिँ एउटै लगाउने खालको प्रणालीमा जानुपर्छ । एक ठाउँमा एउटा बाली, एउटा गाउँपालिका एउटा बाली अथवा एक कमसेकम हजार, दुई हजार विघा, १०/२० हजार रोपनी, कमसेकम एउटा बाली होस् । त्यसो गर्दाखेरि त्यसलाई बजार पाइएन भन्ने समस्या हुँदैन । दुई डोका कुनै चिज उत्पादन गरेको छ भने कहाँ पुर्‍याएर बेच्ने ? समस्या हुन्छ । तर, २ ट्रक भयो भने त्यसले विदेशमा बजार पाउँछ र त्यसको राम्रो आम्दानी हुन्छ । त्यसकारण हामीले एक ठाउँमा एउटा बाली र चाक्लाबन्दीको हिसाबले जान जरुरी छ ।

– हामी अब विभिन्न स्थानहरुमा कृषिसम्बन्धी विज्ञहरु रहेको तालिम केन्द्रहरु वा अहिलेको प्रविधि किसानहरुलाई सिकाउने र त्यस अनुसारको खेती गर्ने गर्नुपर्छ । किसानका खेतहरुमा गएर प्राविधिकहरुले प्राविधिक पढाई पनि कृषिको खेतमा, किसानको खेतमा गएर गर्ने र प्राविधिकहरुका प्रयोग पनि किसानका खेतमा गएर गर्ने सोचेका छौँ ।

–हामीले (सरकार) सुरु गर्दाखेरि नै गत वर्ष कृषिमा ६ प्रतिशतभन्दा बढी समग्रतामा उत्पादन वृद्धि गरेका छौँ । गतवर्ष हामाीले धान उत्पादनमा ९ प्रतिशत वृद्धि गरेका छौँ । यस वर्ष सुरुमा पानी नपरेर अलिकति धान जस्ता उत्पादनहरुमा केही प्रतिकुलता थपिएको छ । तर, पनि मलाई के विश्वास छ भने, हामी जुन ढंगले अगाडि बढिरहेका छौँ, यसले यस वर्षको उत्पादनमा पनि राम्रै वृद्धि हुनेछ ।

–हामीले कृषिमा अनुदान राहत उपलब्ध गराइरहेका छौँ सरकारको तर्फबाट । फेरि पनि सरकारले कृषि औजार या मलखाद इत्यादिमा अनुदानको नीति कायमै राख्नेछ । तर, सम्पूर्ण अनुदानमा मात्रै वितरण गर्न सम्भव हुँदैन । किनभने त्यसलाई सन्तुलन पनि राख्नुपर्‍यो अरु क्षेत्रमा पनि ।

– हिजो मात्रै पनि हामीले छलफल गर्‍यौँ । ऊखुमा हामी प्रतिक्विन्टल ६५ रुपैँया अनुदान पनि दिइराखेका छौँ । धान गहुँ भन्दा बढी उत्पादन हुन्छ र बढी लाभ हुन्छ भनेरै उखुमा लगानी गरिएको हो । धान खेती वा अरु खेतीहरु धान, गहुँ, मकै खेतीमा प्रतिविघा ८ हजार अनुदान जाने गरेको छ । मलखादसमेत ८ हजार अनुदान जाने गरेको छ । ऊखुमा प्रतिबिघा २० हजार भन्दा बढी अनुदान जाने गरेको छ । थप ६५ रुपैयाँ भन्दा बढी, प्रतिक्विन्टल अनुदान दिने गरिएको छ । तैपनि त्यसमा समस्या छ, घाटा छ । यो विचित्रको भएको छ । नाफा हुन्छ भनेर कृषिमा धानबाली, गहुँ अरु नगरेर ऊखुमा जाने, ऊखुलाई २० हजार प्रतिबिघा अनुदान दिने, तैपनि नपुगेर ६५ रुपैया प्रतिक्विन्टल अनुदान दिने, तैपनि भएन सधै घाटा !

– समस्यै समस्याग्रस्त हो भने हामीले ऊखु खेतीतर्फ अलिकति सावधानी हुनुपर्ने हुन्छ । हामीले यसको लेखाजोखा हामी गर्दैछौँ । कति जमिनमा हामीलाई चिनी कति चाहिने हो ? त्यसका लागि कति बिघा जमिनमा ऊखु उत्पादन गर्ने, लगाउने हो ? र, कति ऊखु लगाउँदा त्यसको प्रतिफल कति हुन्छ ? कृषिसँग, अरु क्षेत्रसँग तुलना गरेर त्यसमा सुविधा–सौलिहियत दिने कुरा हुन सक्छ । अहिले त एक ढंगले भन्ने हो भने ऊखुँ बढी उत्पादक, बढी उत्पादन दिने क्षेत्र मानिन्छ । तर, त्यहाँ सरकारको लगानी अन्यत्रभन्दा धेरै बढी छ ।

–कृषिलाई केबल उत्पादन बढाउनेजस्तो भएर पनि होइन । खान पुग्ने र खान पुर्‍याउनेमात्रै होइन । स्वस्थ्य रहनका लागि स्वस्थ्यकर खानेकुरा खानुपर्छ, जसले स्वास्थ्यका लागि राम्रो सकारात्मक भूमिका खेल्न सकोस् । खाना खायो, त्यो अनेक प्रकारका विषादीयुक्त छ र स्वास्थ्यका लागि हितकर छैन भने त्यसले अनेक रोगव्याधि जन्माउँछ । सस्तो किनेर खायो भने पनि त्यसले पछि औषधि उपचार र अरु कुराहरुमा खर्च हुँदा त्योभन्दा बढी महंगो पर्छ । त्यसकारण हामी स्वस्थ्यकर खानातर्फ अबको ध्यान जानुपर्छ । हाम्रा बालबालिकाहरुलाई कुनै पनि हालतमा अस्वस्थ्यकर खाना बच्चैदेखि उनीहरुले अस्वस्थ्यकर खाना खान नपरोस् । यस कुरामा पनि हामीले ध्यान दिन्छौँ ।

– यो सबै कुरामा हामीले किसानहरुलाई सचेत गराउनु, किसानहरुलाई सजग गराउनु आवश्यक छ । सँगसँगै कृषि बजारका निम्ति हामीले जिल्ला जिल्लामा, सदरमुकाममा अथवा प्रमुख बजारमा कृषि बजार केन्द्र यस्ता विभिन्न स्थापना गरिरहेका छौँ । बजारहरु र थोक बजारहरु स्थापना गरिरहेका छौँ । यो क्रमलाई हामी अझ अगाडि बढाउछौँ । जसबाट किसानले आफूले उत्पादन गरेको चिज विक्री वितरण गर्न पाइएन अथवा खेर जाओस् भन्ने स्थिति नहोस् ।

– स्वस्थ्य उत्पादन वृद्धि, उत्पादन र उत्पादकत्व वृद्धि, बजारको व्यवस्था, प्राविधिक सहायता र बिउ–बिजन, मलखाद आदिको समयमा र समुचित ढंगले उपलब्धता जस्ता कुराहरुमा सरकारको ध्यान गएको छ ।

–कतिवटा जिल्लाहरुले सानो ठाउँबाट धेरै लाभ लिइरहेका छन् । इलामले सबभन्दा बढी संघन ढंगले जमिनको प्रयोग गरेको देखिन्छ । इलामले अलिकति कान्लो पायो भने त्यहाँ इस्कुस लगाएर त्यसबाटै प्रशस्तै फाइदा लिएको छ, लाभ लिएको हुन्छ । अलिकति भीर देख्यो भने त्यसमा अम्रिसो लगाएर त्यसबाट लाभ लिएको हुन्छ । अलिकति सम्म पायो भने आलु लगाएको हुन्छ । खेत पायो भने धान लगाएको हुन्छ । भैँसी, गाई केही पाल्न पायो भने त्यो पनि गरिराखेको हुन्छ । जमिन खेर जान नदिने, हरेक जमिनको सदुपयोग गर्ने गरेको हुन्छ । सायद, नेपालमा सबभन्दा गरिबी कम भएको जिल्ला इलाम नै होला । इलाममा खान लाउनै नपाउने भन्ने त्यस्तो गरिबी छैन । किनभने, त्यहाँ जनतामा जागरण छ र जमिनको सदुपयोग गरिएको छ ।

–कृषिको आधुनिकीकरण अत्यन्त महत्वपूर्ण विषय हो र यसको नेतृत्व गर्ने तपाई साथीहरुले नै हो । हामी एउटा नयाँ चरणमा कम्युनिस्ट पार्टीले नेतृत्व गरेर देश बनाउने अभियानमा जुटिरहेको, कम्युनिस्ट पार्टीको अगुवाइमै ठूलो परिवर्तनभन्दा पछिको समयमा हामी छौँ । यस समयमा हाम्रो काँधमा गहन जिम्मेवारी छ । चुनौतीहरु पनि छन् । तर, ती चुनौतीहरुको हामी सामना गर्न सक्छौं र हाम्रा लागि जनताले जुन विश्वास दिएको छ, त्यसअनुसार शालीनताका साथ त्यस विश्वासलाई हामीले लिएका छौँ र हामी आफ्नो जिम्मेवारी त्यसैगरी अगाडि बढाउँछौं ।

बिहि, अशोज ९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आइपुग्नुभएको छ । नेपाल आइपुग्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभयो । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत...

बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना

काभ्रेमा बस दुर्घटना भएको छ। बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना भएको हो। नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित सडकमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए। बसमा सवार २० जना यात्रु घाइते भएका छन्। ‘हामीले...

सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि भुमि नछाड्ने बताईरहेका छन् । प्रधानमन्त्री केपी...

सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि भुमि नछाड्ने बताईरहेका छन् । प्रधानमन्त्री केपी...

भान्जा सिवाकोटीलाई गभर्नरको रेशमा राख्ने डेपुटी गभर्नर श्रेष्ठमाथि महानिर्देशक भट्टराईद्वारा शक्तिको दुरुपयोग

एक तिरले दुई शिकार गर्ने भन्ने उखान चरितारार्थ पार्न सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईले शक्तिको दुरुपयोग गरेको खुलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई ‘अमूर्त’ विषयमा सम्पत्ति शुद्धिकरणको पत्र काटी छानबिन समिति नै गठन गर्नेसम्मको खेलको लहरो भट्टराईको नातावादी चरित्रमा प्रस्ट जोडिएको दैनिक...

जहाज आपसमा ठोक्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त

काठमाडौँ –   साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ । प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । त्यसको उदाहरणको रूपमा आजै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ । आन्तरिक उडानका दुई ठूला वायुसेवा...