इतिहास

पाँच तले मन्दिर बनाइ सकेपछि नाला भगवतीमा पनि पुजा गरे

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा -४ ,


नेपालको प्रशिध्द मन्दिरहरु मध्य भक्तपुरको पाँच तले मन्दिर पनि एक हो / यो मन्दिर भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको हो / पाँच तले मन्दिर बनाइ सकेपछि मुर्ति प्रतिष्ठाको निमित्त ४८ दिन सम्म सिध्दाग्नी कोत्याहुति देवल प्रतिष्ठा कृत्य कार्यक्रम गरेको थियो /उक्त कार्यक्रममा शुरुमा अग्नि स्थापन,यज्ञको पूर्णाहुती र मन्दिरमाथि टुप्पोमा स्वर्ण गजुर चढाई मन्दिरभित्र स्वेष्ट देवी श्री श्री श्री सिध्दिलक्ष्मी देवीको प्रतिमा स्थापना गरिएको थियो / ती दिनहरुमा भक्तपुर,ठिमी ,ललितपुर,बनेपा,नाला,पनौती,साँगा,खाडपु ,इत्यादी ठाँउबाट दैत्य नाँच, पास्तार (पंचताल वाद्य वादन मण्डली)र स्थानीय भाजन खल:हरुले बिभिन्न संस्कृतिक कार्यक्रम गरेका थिए /

ने.सं.८२२ आषाढ शुक्ल प्रतिपदा दिन यज्ञ र स्वर्ण गजुर तथा मुर्ति प्रतिस्थान पछि ने.सं.८२२ श्रावण १०गते देखिकार्तिक १४ गतेसम्म भक्तपुर लगायत वरपरको शहरहरुमा रहेका बिभिन्न इष्टदेब  देवीदेवताहरुमा राँगो सहितको बलि पुजा पठाएको इतिहासमा उल्लेख गरिएको छ /यसैक्रममा पाँच तले मन्दिर भन्दा अघि निर्माण भैसकेको नाला उग्रचण्डी भगवतीमा पनि पुजा पठाएको उल्लेख गरिएको छ / राष्ट्रिय अभिलेखालयमा शुरक्षित अभिलेख ग्रन्थ लागत न.प्रथम १११५ छविचित्र नं.ए २४९/५ ,ने.सं.८२२-८२३ मा उल्लेख गरिएको छ त्यसै गरि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित डा.जनकलाल बैद्यद्वारा सम्पादित सिध्दाग्नी कोत्याहुति देवल प्रतिष्ठा   पुस्तकको पत्राङ्क १७देखि १७२ सम्म भक्तपुरबाट पुजा पठाएको उल्लेख गरिएको छ /

नाला भगवति पूजा जिव धर ,आ,म्ह १ मेश्चा मु मो // उक्त पुस्तकमा यो उल्लेख गरिएको छ /यसबाट के थाहा हुन्छ भने नाला भगवतीमा जिवधरको नेतृत्वमा पुजा गरेको देखिन्छ /नाला भगवतीलाई इष्ट देवीको रुपमा पुजा गरि राँगो बलि चढाई स्थानीयहरू सबैलाइ प्रसाद ख्वाएको देखिन्छ /

 

 

 

 

बिहि, अशोज ९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालीहरुको महान पर्व बडा दशैं आज पहिलो दिन घटस्थापना

१२ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी...

जातक कथा के हो ?

‘जातक’ भगवान बुद्धको पूर्व जन्म सम्बन्धी कथाहरु हुन/ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । जातकको वर्तमान रूपमा ५४७ जातक कथाहरु पाईन्छ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन ।  जातकट्ठवण्णनाकार ले विषयवस्तुको दृष्टिले यसलाई पाँच वर्गहरुमा विभाजित गरेकोछ- •...

मङ्गलबार चतुर्थी तिथि भए पनि गणेश चतुर्थी सोमबार नै गर्नुपर्ने ज्योतिषीहरूको राय

सामान्य ज्योतिषीय मान्यता छ, ‘लाग्दो तिथि, छोड्दो व्रत’। यसै मान्यताबमोजिम गणेश चतुर्थी मङ्गलबार मनाउनुपर्ने तर्क पनि उठेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने सोमबार तृतीया तिथिका दिन हरितालिका तीजसँगै यो पर्व जनाएको छ। सोमबार बिहान सूर्योदयका बेला चन्द्रमानअनुसार तृतीया तिथि परेको छ। त्यसैले पात्रोमा सोमबार तृतीया तिथि...

भक्तपुरको पाँच तले मन्दिर निर्माणमा नालाको योगदान

नेपालको प्रशिध्द प्यागोडा शैलीको मन्दिरहरु मध्य सबै भन्दा उत्कृष्ठ मन्दिर हो भक्तपुरको पाँच तले मन्दिर /यो मन्दिर भक्तपुरको टौमडीमा रहेको छ । यस मन्दिरको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लले बनाएका हुन्। यस मन्दिरमा ठुला पाँच तला सिंढी र त्यस माथि पाँच तल्ला मन्दिर...

अनामणि बंशावलीको आवश्यकता

नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको...

आज नालामा सिन्दुर जात्रा भब्य रुपमा मनाउंदै

आज नाला प्राचिन शहरमा महालक्ष्मीको तेस्रो दिनको जात्रा हुदैछ/ आजको दिन मुख्य जात्राको दिनको रुपमा लिइन्छ/आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको चतुर्थिको दिन नालाबासीलाइ हिदुम्ब राक्षसबाट मुक्त गरेको विजय उत्सवको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा सिन्दुर एक...