अर्थ

सालको पातको व्यापारले प्रभाव पारेको नाला बजार

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला,बनेपा-४,काभ्रे


एक समय थियो अनेकोटबाट सालको पात नाला बजार हुंदै भक्तपुरमा लैजान्थ्यो / अनेकोटका तामाङ्ग जातिले डोकोमा बोकेर ल्याउन्थे / दैनिक जसो ५०/६० भारी बोकेर ल्याउन्थे / छालाको नाम्लोले  बोकेर झन्डै ३० किलो मिटरको गह्रंगो भारी बोक्नुको कम्ताको दुख थिएन /तैपनि उनीहरुको मुस्कानमा खुशी नै भए जस्तो गरि दैनिक बोकेर आउंथे / दिनभरी घरका आइमाइहरुले जंगलमा गइ सालको पात टिप्ने र बेलुकी परालले ससानो मुठा पार्ने अनि डोकोमा माथि सम्म आउने गरि बेलुकी नै भारि हालेर ठिक पार्ने गर्दथे /

बिहान सबे रै लोग्ने मान्छेहरुले घरको किनमेलको लिष्ट तयार पारि सालको पातको भारि बोकेर अनेकोटबाट  काशी भाज्याङ्ग,चुनाताल ,टुसाल र नाला बजार हुदै भक्तपुर लगेर ती सालको पात बेच्दथे / यो यात्रा पुरा गर्न उनीहरुलाई झन्डै ८,९ घण्टा लाग्दथ्यो /सालको पात बेचेको पैसाले केही रकमको खानेकुरा खान्थे /कसै कसैले मादक पदार्थ खान्थे र घरको अति आवश्यक सर सामान किन्द्थे /

सालको पात बेचेको पैसाले भक्तपुरमा लुगाफाटो किन्थ्यो भने नाला बजारमा घरका लागि सर सामान किन्द्थ्यो / उनीहरुको दैनिक किनमेल तथा आवत जावातले नाला बजारको रनौक नै बेग्लै थियो / स साना भट्टी पसलदेखि किराना पसलसम्म आर्थिक कारोबार नियमित हुन्थे /जब पाँचखालदेखि अनेकोटसम्म बाटो बनेपछि नालाको यो क्षेत्रको कारोबार ठप्पै भयो /

अनेकोटबाट सालको पात मात्रैको ब्यापार हुने होइन / सिजन अनुसारको फलफुल तथा खाद्यनहरु पनि आउद्थे / आँप , आरुबखडा, दुम्री ,कटुस, हलुवाबेद,अम्बा जस्ता अर्गानिक फलफूलहरु आउन्दथे / धान,मकै,गहु,कुचो,आदि पनि आउद्थे / बनेपादेखि सालको पात किन्न पनि नआएको होइन / अझ मिठो सम्झना के पनि छ भने दुधबाट बनेको कुराउनी (खुवा)सालको पातमा राखेर दिन्थे / सालको पात र कुराउनिको मिश्रित वासना यति मिठो हुन्थ्यो त्यसको बयान गर्न शब्द नै छैन /

अब फेरी नालाबाट अनेकोतको व्यापारलाई गाडीबाट भए पनि पुन संचालन गर्नु बुध्दिमता देखिन्छ /  पछिलो समयमा नालाको बजारलाई अपडेट गर्न नसक्दा निकै घाटा गएको देखिन्छ / यसका लागि नालामीहरुले योजना नै बनाउनु पर्दछ / सालको पातको सट्टा केराको पातलाई पनि ब्यबस्था तथा प्रयोग गर्न सकिन्छ / छिट्टो भन्दा छिटो नाला बजार खुद्रा बजारमा नरही थोक बजारमा जानु पर्ने देखिन्छ / आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षण गरि यसतर्फ पाइला चाल्नु पर्ने देखिन्छ / स्वास्थ ब्यबसाय पनि फस्टाउँदो आवस्थाको छ यस तर्फ पनि लगानी गर्न डराउनु हुदैन / कृषिलाइ उच्च प्राथामिकता राखेर बैज्ञानिक तरिकाले खेती गरेर संसारलाई देखाउन सक्नु पर्दछ /

शुक्र, अशोज १०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा

काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो । लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा...

के गोंगबु विकृतिको केन्द्र बन्दै छ ?

श्रोतका अनुसार यसरी देहव्यापारमा लाग्नेहरु १५ देखि ४० वर्षसम्मका महिलाहरु रहेको पाइएको छ । होटेलवालासितको सम्पर्कको आधारमा ती महिलाहरु यस्तो कार्यमा लाग्छन् । काठमाडौंको टोखा नगरपालिकामा भौतिक विकास निमाणको काम तिब्रगतिमा भइरहेको छ । हरेक ठाउँमा राम्रो कामको विकास जुन गतिमा बढीरहेको हुन्छ, त्यहाँ नराम्रो कामले...

बैंकको विश्वास गर्दा सडकबास हुने भो

काठमाडौं । बैंकले जमान गरेअनुसार भुक्तानी नदिएका कारण मेरो सबै श्रीसम्पत्ति अहिले लिलामको प्रक्रियामा छ, मेरो सडकको बास हुँदै छ। ‘बैंक पनि साथी पनि’ भन्ने बैंकको भनाइ झूटो रहेछ। एनआईसी एसिया बैंकले मलाई १ करोड ६० लाख ऋण दिन्छु भन्यो। २०७५ साल साउनको कुरा हो। यसअघि...

पूर्व–पश्चिम रेलमार्ग : मध्यखण्डको डीपीआरमा अलमल

भदौ, काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तरगत मध्य खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन ढिलाइ भएको छ । चितवन राष्ट्रिय निकुञ्ज छल्ने गरी तयार पार्नुपर्ने निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआरका लागि अझै कम्पनी छनोटसमेत हुन सकेको छैन । यो खण्ड करिब १३६ किलोमिटरको हुनेछ । पथलैयाबाट हैटौंडा हुँदै चितवनको...

भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने भएका छन् । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको होटल अब बिक्री हुने अन्तिम चरणमा पुगेको देखिन्छ । ३ करोड २९ लाख अमेरिकी डलर तोकिएको होटलको मूल्य तिर्नका लागि थापा तयार भएपछि...

भारतीय पक्षले च्यानल खोल्दा सप्तरीको हनुमाननगर एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिदा समेत सरकार बेखर जस्तै बसेको छ । नेपाल–भारत कोसी–सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेपछि स्थानीयहरु परिवारसंगै सम्पर्क विहिन भएका छन । परियोजनाअन्तर्गतका बाँध...