इतिहास

नेपालीहरुको महान पर्व बडा दशैं आज पहिलो दिन घटस्थापना


१२ असोज, काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

घटस्थापनाको साइत बिहान १०ः३५ मा शुभ रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ ।

जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

‘जौबाहेक अरु अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन’

विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

कसैकसैले जौ बाहेक गहुँ र मकैको  पनि जमरा राख्ने गर्दछन्, तर जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष गौतम बताउँछन् ।

नवरात्रभर दुर्गादेवीका नौ रुपको पूजा

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । ‘दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवम् धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ,’ अध्यक्ष गौतमले भने ।

देवी बिसर्जन ८:४५ बजे, टीकाको साइत १०:३५ बजे

दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विजयादशमीका दिन बिहान ८ः४५ बजे देवी विसर्जन गरेपछि १०ः३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

धेरैजसो शैक्षिक संस्थाले आजैका दिनदेखि दशैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने पछिल्ला वर्षमा कटौती गरिएको छ ।

आइत, अशोज १२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाँच तले मन्दिर बनाइ सकेपछि नाला भगवतीमा पनि पुजा गरे

नेपालको प्रशिध्द मन्दिरहरु मध्य भक्तपुरको पाँच तले मन्दिर पनि एक हो / यो मन्दिर भक्तपुरका राजा भूपतिन्द्र मल्लले बनाउन लगाएको हो / पाँच तले मन्दिर बनाइ सकेपछि मुर्ति प्रतिष्ठाको निमित्त ४८ दिन सम्म सिध्दाग्नी कोत्याहुति देवल प्रतिष्ठा कृत्य कार्यक्रम गरेको थियो /उक्त कार्यक्रममा शुरुमा अग्नि...

जातक कथा के हो ?

‘जातक’ भगवान बुद्धको पूर्व जन्म सम्बन्धी कथाहरु हुन/ जातक या जातक पालि या जातक कथाहरु बौद्ध ग्रंथ त्रिपिटकको सुत्तपिटक अन्तर्गत खुद्दकनिकाय को १०औँ भाग हो । जातकको वर्तमान रूपमा ५४७ जातक कथाहरु पाईन्छ । यो ईस्वी संम्वत देखि से ३०० वर्ष पूर्वको घटना हुन ।  जातकट्ठवण्णनाकार ले विषयवस्तुको दृष्टिले यसलाई पाँच वर्गहरुमा विभाजित गरेकोछ- •...

मङ्गलबार चतुर्थी तिथि भए पनि गणेश चतुर्थी सोमबार नै गर्नुपर्ने ज्योतिषीहरूको राय

सामान्य ज्योतिषीय मान्यता छ, ‘लाग्दो तिथि, छोड्दो व्रत’। यसै मान्यताबमोजिम गणेश चतुर्थी मङ्गलबार मनाउनुपर्ने तर्क पनि उठेका छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने सोमबार तृतीया तिथिका दिन हरितालिका तीजसँगै यो पर्व जनाएको छ। सोमबार बिहान सूर्योदयका बेला चन्द्रमानअनुसार तृतीया तिथि परेको छ। त्यसैले पात्रोमा सोमबार तृतीया तिथि...

भक्तपुरको पाँच तले मन्दिर निर्माणमा नालाको योगदान

नेपालको प्रशिध्द प्यागोडा शैलीको मन्दिरहरु मध्य सबै भन्दा उत्कृष्ठ मन्दिर हो भक्तपुरको पाँच तले मन्दिर /यो मन्दिर भक्तपुरको टौमडीमा रहेको छ । यस मन्दिरको निर्माण १८औँ शताव्दीमा मल्लकालीन राजा भूपतिन्द्र मल्लले बनाएका हुन्। यस मन्दिरमा ठुला पाँच तला सिंढी र त्यस माथि पाँच तल्ला मन्दिर...

अनामणि बंशावलीको आवश्यकता

नेपालमा पाइएको बंशावलीहरु मध्ये गोपाल बंशावली सबैभन्दा पुरानो बंशावली हो । यो बंशावलीमा नेपालमा सबैभन्दा पहिले राजतन्त्र स्थापना गर्ने नेपजातीको बंशावलीको रुपमा लिएको छ । नेपाली इतिहासमा गोपालकाल र महिषपालकाल पछि मात्र किँरातकाल शुरु भएको मानिन्छ । गोपालकालको प्रमाणको रुपमा “गोपालराज बंशावली” लाई लिइने गरिएको...

आज नालामा सिन्दुर जात्रा भब्य रुपमा मनाउंदै

आज नाला प्राचिन शहरमा महालक्ष्मीको तेस्रो दिनको जात्रा हुदैछ/ आजको दिन मुख्य जात्राको दिनको रुपमा लिइन्छ/आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको चतुर्थिको दिन नालाबासीलाइ हिदुम्ब राक्षसबाट मुक्त गरेको विजय उत्सवको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा सिन्दुर एक...