राजनिति

नेपाली कांग्रेसका मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध


तनहुँस्थित ऋषिङ गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्।

दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई अैरिचौतारीस्थित कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। ‘सडकमा रूख ढालेर अवरोध गरे। लाठी बोकेका युवा तैनाथ थिए। उनीहरूले प्रशासनको आडमा हामीमाथि अवरोध सिर्जना गरेका हुन्,’ रिजालले भने, ‘कार्यक्रम स्थल नपुगी फर्किन्न भनेर तीन घण्टासम्म सडकमै बसें।’

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विनोद सिलवालले केहीबेर तनाव भए पनि प्रहरी परिचालन गरिएपछि अवस्था शान्त भएको बताए।

‘केहीबेर तनाव भएको हो, हामीले प्रहरी पठाएपछि शान्त भयो,’ उनले भने, ‘शिलान्यास कार्यक्रम सकेर उहाँहरू गन्तव्यतिर जाँदै हुनुहुन्छ।’

नेकपाले सहमतिमै कार्यक्रम हुनुपर्ने बताउँदै अवरोध गरेको हो। नेकपालगायत दलहरूले गाउँपालिका कार्यालय चालिसे वा ढुंगाडेमा राख्न सकिने भए पनि पोखरी भञ्याङ्गमा केन्द्र पायक नपर्ने बताउँदै आएका थिए। कांग्रेसको जोडबलमा पोखरी भञ्याङमा भवन शिलान्यास गर्न लागेको भन्दै नेकपाले रोक्न खोज्दा आइतबार तनाव भएको थियो।

गाउँपालिका भवन बनाउने ठाउँबारे लामो समयदेखि बिबाद थियो। गाउँ कार्यपालिका बैठकले वडा नम्बर ६ पोखरी भञ्याङ्गमै भवन बनाउने निर्णय गरेपछि विरोधमा संयुक्त संघर्ष समिति नै गठन भएको थियो। सहमतिमै भवन निर्माण गर्ने ठाउँको टुंगो लगाउनुपर्ने माग गरे पनि कांग्रेसले एकलौटी तवरले शिलान्यास गर्न खोजेपछि तनाव सिर्जना भएको संघर्ष समितिले दाबी गरेको छ।

नेकपा ऋषिङ गाउँ कमिटीले नेता रिजालमाथि आक्रमण नगरिएको उल्लेख गरेको छ। संयुक्त संघर्ष समितिबाट सहमतिमै भवन बनाउने ठाउँको टुंगो लगाउन माग भए पनि नेकपाले अवरोध गर्ने काम नगरेको नेकपा ऋषिङ अध्यक्ष गन्जसिं गुरूङको भनाइ छ।

रिजालमाथि आक्रमण प्रयास भएकोमा कांग्रेसले आपत्ति जनाएको छ। तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेले घटना सुनियोजित भन्दै पार्टीले भत्सर्ना गरेको बताएका छन्। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न माग गरेका छन्। कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले रिजालमाथि आक्रमण प्रयास गर्दै नेकपाले पाहुना कुरिराखेका गाउँपालिकाका जनतामाथि अपमान गरेको बताएका छन्।

सोम, अशोज १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने

काठमाडौं भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ । चीनसँगको सीमामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको...

प्रधानमन्त्री के.पी. शर्मा ओलीले सर्वदलीय बैठक बोलाए

काठमाडौँ –प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार अपरान्ह ४:००  बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । लिपुलेकका सम्बन्धमा परामर्श गर्ने, भारतसँग वार्ता गरी कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने र नेपालको भूभाग फिर्ता गर्न पहल गर्ने विषयमा परामर्श गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी...

आधारहिन तथ्य प्रयोग गरि डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग

राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्तिको सिफारिस गर्ने बेला नै डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग लगाउँदै निलम्बनमा पारिएको छ । गभर्नरको दौडमा अगाडि रहेका श्रेष्ठलाई रोक्ने षडयन्त्रका आधारमा सम्पत्ति शुद्धिकरण विभागको सिफारिस भन्दै सिधै मन्त्रिपरिषद्बाट छानबिन समिति गठन गराइएको तथ्य फेला परेको छ ।...

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ। बाकुमा भइरहेको असंलग्न अभियानको अठारौं शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो। भेटघाटमा उनीहरूबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र...

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच भेटवार्ता

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण  विशेष समारोहमा यहाँ रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ।  राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो। सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा  दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै...

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगे

२७ असोज, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन्...