विचार

पाल्पाली संगम साहित्य विभागको आयोजनामा छलफल तथा शुभकामना कार्यक्रम


असोज, काठमाण्डौं । पाल्पाली संगम साहित्य विभाग (समिति) को आयोजनामा छलफल तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ ।

साहित्यकार प्रा.गोपीकृष्ण शर्माको प्रमुख आतिथ्यता, डा. शैलेन्दु प्रकाश नेपाल, प्रा.डा.सावित्री कक्षपति, प्राज्ञ बिष्णु प्रभात, कमला देवकोटा लगायतको उपस्थितिमा सोमबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

साहित्य विभागका संयोजक सिता बिष्ट कार्कीको संयोजनमा भएको सो कार्यक्रममा वक्ताहरूले पाल्पाली संगमको इतिहास र गरिमा निकै गरिमामय रहेको बताउदै संगमले विभिन्न विभाग गठन गरि विभिन्न विधामा रहेका पाल्पालीहरूलाइ समेट्ने पहलको प्रारम्भ गरेकोमा खुशी व्यक्त गरेका थिए ।

पाल्पालीहरूले राज्यलाई सधै ठूलो योगदान गर्दै आएको स्मरण गर्दै वक्ताहरूले पाल्पाको समग्र क्षेत्रको विकासमा पाल्पालीहरूको परिचालनमा संगमले भूमिका खेल्नु पर्ने धारणा समेत उनीहरुले राखेका थिए ।

उनीहरुले पाल्पाली साहित्यकारहरूलाइ समेट्दै आयोजना गरिने साहित्य सम्मेलनले विशेष महत्व राख्ने हुनाले सो सफल बनाउन आफूहरू सक्रिय हुने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

संगमका अध्यक्ष पदम न्यौपानेले सवै क्षेत्रका पाल्पालीलाई संगमको सदस्य वनाएर विधागतरूपमा परिचालन गरिने जानकारी दिएका थिए ।

मङ्ल, अशोज १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन्। उनले विश्व एकतामा जोड दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको पक्षमा लागेको भन्दै पछिल्लो समय विश्व स्वास्थ्य संगठनका निरन्तर आलोचना गर्दै आइरहेका छन्। मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ...

प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन (सम्बोधनको पूर्णपाठ)

सरकारले मुलुकभर लामो रूटका सार्वजनिक सवारीसाधन बन्द गरेको छ। कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गतेसम्म लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै कोरोनाको सावधानीका लागि सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे। यस्तो छ प्रधानमन्त्रीको...

कम्युनिस्ट भनाउँदाहरुले जनतालाई ढाँटेर, छलेर, बदमासी गरेर , गध्दारी गरेर देशको सम्पत्ति कुम्ल्याए

केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो।नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले , लेखक/ साहित्यकार , पत्रकारले, बुध्दिजीवीहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट...

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताए

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ। महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ। नासाका अनुसार नयाँ वर्षको पहिलो दिनको धुवाँ अहिले उत्तर अमेरिका पार भएको र ज्यानुअरी ८ सम्म पृथ्वी...

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

दैनिक ५ सय राजस्व बुझाएर नेपाल आएर चोरी गर्ने ‘भीआइपी’ भारतीय चोर पक्राउ

काठमाडौं : भारतबाट गाडी लिएर नेपालमा चोरी गर्न आउने एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय विर्तामोडको सयुक्त प्रहरी टोलीले भारतीय नागरिक रघुबर प्रसाद साह (वर्ष ४३) लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी दिनेश मैनालीले जानकारी दिए...