प्रमुख समाचार

कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिए


आरोप लागेको भोलिपल्ट कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्। महराले उपसभामुखलाई सम्बोधन गरी लेखेको पत्रमा नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन्। तर उनले “छानबिन प्रकिया नसकिँदासम्मका लागि” भनेका छन्। “हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा ग म्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,” उनले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ।

यसअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले महरालाई राजीनामा दिँदा उपयुक्त हुने धारणा व्यक्त गरेको थियो। संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आरोप लगाएपछि नेकपाको सचिवालयले उनलाई सभामुख र सांसद पदबाट राजीनामा दिन सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए। बैठकमा नेकपाका दुवै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेता उपस्थित थिए।

यसअघि महराले आफूमाथि लगाइएको आरोपमा ‘कुनै सत्यता नभएको’ भन्दै खण्डन गरेका थिए। तर यो मामिलाको छानबिनका लागि “आवश्यक परे राजीनामा गर्न आफू तयार रहेको” उनले आफू निकटस्थलाई बताएको बुझिएको छ। सोमवार साँझ केही सञ्चारमाध्यमहरूले सभामुख महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आरोप लगाएको खबरहरू प्रकाशित गरेका थिए। त्यसपछि नेपालको राजनीतिक वृत्तमा तरङ्ग उत्पन्न भएको थियो।

मङ्ल, अशोज १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत नियुक्त भएकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावनादूत नियुक्त गरेका हुन्। नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसंग निकाल्दै मन्त्री भट्टराईले छिङलाई भाञ्जीको संज्ञा...

५ वडा कार्यालयमा आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ

२७ असाेज, हेटाैंडा । उत्तरी मकवानपुरकाे थाहा नगरपालिका-५ वडा कार्यालयमा भएकाे आगजनीमा संलग्न रहेकाे आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकाेे छ । सोमबार राति नगरपालिकाकाे आरनडाँडामा रहेकाेे कार्यालयमा आगजनीमा संलग्न रहेकाे भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हाे । पक्राउ पर्नेकाे नाम सार्वजानिक गरेकाे...

नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए

२६ असोज, काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन् । राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई...

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउदै

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् । भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

महरालाई आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आफूमाथि बलात्कारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाहीबीच सम्बन्धबिच्छेद गर्ने लिखित सहमति भएको छ। चित्रजंगले सम्बन्ध बिच्छेद गर्ने लिखित सहमति पत्र आफ्नो फेसबुकमा सेयर गरेका छन्। योसँगै उनीहरूको सम्बन्धबिच्छेद गर्ने कानुनी प्रक्रिया पनि अघि बढेको छ। ‘प्रिय जनहरू, थुप्रै...