साहित्य गतिबिधि

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न


काठमाडौँ, असोज ११ गते ।
संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको दौड मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न भएको छ । प्रमुख अतिथि सदस्यसचिव प्रेक्षित र विशिष्ट अतिथि माननीय निरौलाले संयुक्त रूपमा रिबन काटेर दौडको शुभारम्भ गर्नुभएको थियो ।

दौडपछि आयोजित शुभकामना सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेक्षितले मानसिक तथा बौद्धिक अवस्थालाई बलियो बनाइराख्न शारीरिक अवस्था ठीक हुनुपर्ने बताउनुहुँदै साक थोनजस्ता दौडका कार्यक्रमहरूले स्रष्टा, सर्जकलाई शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त रहन ठूलो मद्दत पु¥याउँछ, भन्नुभयो ।

विशेष अतिथि प्राज्ञ प्राध्यापक दिनेशराज पन्तले शारदीय यो समयमा मौसम अनुसारको अति सुन्दर र सुहाउँदो कार्यक्रम भएको बताउनुभयो ।
आयोजक स्कुलका प्रिन्सिपल मनोज आचार्यले शिक्षा र साहित्य एकअर्काकापूरक भएकाले शिक्षाको लागि साहित्य आवश्यक पर्ने देखिएर नै विद्यालयले साहित्यकार र तिनका कार्यक्रमहरूको लागि विद्यालयको ढोका सधैँ खुल्ला राखेको बताउनुभयो ।

कार्यक्रमका सभापति डा.शैलेन्दुप्रकाश नेपालले देशको विकास र गतिलाई राजनीतिले हाँकेजस्तै ज्ञान र बौद्धिकताको गति र विस्तारलाई साहित्य र कलाले डो¥याइरहेको हुन्छ, भन्नुहुँदै मान्छेलाई असल रूपमा मान्छे बनाउने साधन भनेको साहित्य हो, जो सँग साहित्य सिर्जनाको मर्म लुकेको छ, ऊ नै समाजको असल र योग्य मान्छ बन्नसक्छ, भन्नुभयो ।

उमेश पाण्डेको संयोजन र सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा भवानी मैया पन्तले शुभकामना मन्तव्य र डा.सत्यराज थपलियाले ‘दुर्गा प्रार्थना’ को कविता वाचन गर्नुभएको थियो ।

काठमाडौँ ग्लोबल स्कुल, सामाकोसीचोक, चक्रपथबाट सुरु भएको दौड तिलिङ्गटार प्रहरी चौकी, वसुन्धराचोक, हेराल्ड इन्टरनेसनल कलेज, भूतपूर्व प्रहरी सङ्घ, सहन्शा, पुनः तिलिङ्गटार प्रहरी चौकी हुँदै काठमाडौँ ग्लोबल स्कुलमा आएर समाप्त भएको थियो । ‘विजयादशमी, शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको आवन अवसरमा ‘प्रेम, शान्ति र शक्ति’ को लागि आयोजित शुभकामना दौड’ नाम दिएको मैत्रीपूर्ण साक थोन दौडमा ७५ जना साहित्यकार तथा साहित्यानुरागी महानुभावहरूको सहभागिता रहेको थियो ।

दौडमा कृष्ण के.सी. प्रथम, विनय पाण्डे द्वितीय, नन्दलाल अधिकारी तृतीय, कृष्णदेव रिमाल चौथा र अवनिश थपलिया पाँचौँ हुनुभएको थियो । महिलातर्फ भने भवानी मैया पन्त प्रथम हुनुभएको थियो । उत्कृष्ट हुनुभएका सहभागीलाई आगामी सालको दौडमा पुरस्कार प्रदान गरिनेछ ।

साक थोन दौडका अन्य सहभागीहरूमा तेजप्रकाश बानियाँ, होमप्रसाद थपलिया, डा.मदनराज थापा, सरोजकुमार पाण्डे, रत्नप्रसाद श्रेष्ठ अनामणि, रामकृष्ण सेढाई, शिवप्रसाद आचार्य, माधवलाल श्रेष्ठ, जसध्वज गुरुङ, केदारनाथ पाठक, तोयनाथ पौडेल, हरिप्रसाद पाण्डेय, डा.बासुदेव काफ्ले, प्रियंवदा काफ्ले, सीता बिष्ट कार्की, केदार थपलिया, प्रह्लाद लामिछाने, दुर्गाप्रसाद न्यौपाने, दुर्गाप्रसाद अधिकारी भमरकोटे, नमराज भेटुवाल, रामदेव पाण्डे, ज्ञानमान नकर्मी, सरस्वती गौतम, राजन प्रसाद न्यौपाने, कृष्णदेव रिमाल, मैया पन्त, सुशिला ढकाल अधिकारी, डिल्लीप्रसाद मूलतिउन, तारा के.सी., कृष्ण बहादुर के.सी., बुद्धिबहादुर विष्ट, रामप्रसाद पाण्डे, दामोदर ढकाल दीपक, उदित पौडेल, सोनाम लामा, इशा कोइराला, विनय पाण्डे, पारस पाण्डे, इन्दिरा गौतम, उत्तम विचार भेटुवाल, रचि भण्डारी, विष्णुप्रसाद थपलिया, गायत्री खनाल, शिला अधिकारी, नारायण पाण्डे, सुशिल थापा, हरिप्रसाद पाठक, यज्ञप्रसाद पोख्रेल, पुरुषोत्तम आचार्य, अन्जु श्रेष्ठ, जित खड्का, दिनेश थपलिया, एन्जिला परियार, राम महर्जन, सरोज थापा, वलराम सापकोटा, जानुका थापा, बेनीबहादुर थापा, अमर घर्ती मगर, देवीप्रसाद वराल, अस्मिता थापा मगर, सपना श्रेष्ठ, अवनिश थपलियालगायत रहनुभएको थियो ।

सहयोगको लागि हार्दिक आभार प्रकट गर्दछौँ–
१. वृज सिमेन्ट,
२. काठमाडौँ ग्लोबल स्कुल, सामकोसीचोक, गोङ्गबुँ र
३. कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि., गोङ्गबुँ ।

बुध, अशोज १५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...

सिमानाको बिषयमा कविता प्रतियोगिता

सिर्जनशील नेपालले  राजधानीमा एक कविता प्रतियोगिता गरेको छ । सिमानाको बिषयमा भएको कविता प्रतियोगितामा तार्केस्वर नगर पालिकाका बिभिन्न विद्यालय समाबेस भएका थिए । कार्यक्रम आयोजक सिर्जनशील नेपालका अध्यक्ष सुशील अचार्यका अनुसार कार्यक्रम भब्य रूपमा भएको छ । जस्को निर्णायकमा साहित्यकारहरु रसुवाली कवि ;रुपक अधिकारी र...

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड

आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश...

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...