खेलकुद

सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले १३ खेलमा भाग लिने


चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो।

ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिने सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए।

नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ खेललाई रोजेको छ। आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई उक्त प्रतियोगिताका लागि सेनाले छनोट गरेको छ। प्रतियोगितामा पहिलो पटक भाग लिए पनि अनुभवी खेलाडी भएका कारण निकै राम्रो नतिजाको अपेक्षा गरिएको पनि उनले जानकारी दिए

उक्त प्रतियोगिताका लागि छनोट भएका खेलाडी १५ महीनादेखि अभ्यासमा रहेको जानकारी दिइयो। प्रतियोगितामा भाग लिने ४० जना खेलाडी र प्रशिक्षकसहितको नेपाली प्रतिनिधिमण्डल असोज २५, २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्नेछ । विशिष्ट पाहुनाको रुपमा उक्त खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सहभागी हुनेछन् ।

नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तण्डुल पनि सदस्य राष्ट्र पाहुनाका रुपमा सहभागी हुनेछन्। उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ४० मिनेटभित्रै पुग्न सकिने दुरीमा रहने छन् । ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ । प्रतियोगिता स्थलमा असोज ३० गते सहभागी मुलुकका खेलकूदको नेतृत्व गर्ने पदाधिकारीबीच समयन्वय बैठक हुनेछ ।

खेलकूदको माध्यमबाट मित्रता भन्ने नारालाई आत्मसात गरेको इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल सन् १९४८ फेब्रुअरी १८ मा स्थापना भएको हो । नेपालसहित विश्वका १४० देशका सेनाका सङ्गठन सदस्य रहेको उक्त काउन्सिलमा अमेरिकी महादेशका १९, अफ्रिकी महादेशका ४७, युरोपका ४२ र एशिया महादेशका ३२ मुलुक सदस्य छन् ।

काउन्सिललाई विश्व ओलम्पिक कमिटीले मान्यता दिएको छ । काउन्सिलको सबैभन्दा महत्वपूर्ण संरचनाको रुपमा गभर्नर परिषद छ भने प्रत्येक खेलको विकासका लागि प्रिसिडेन्ट परिषद्ले नेतृत्व गर्दछ ।

काउन्सिलले विभिन्न पाँच प्रतियोगिता गर्दैआएको छ । काउन्सिलको सदस्यता नेपाली सेनाले सन् २०१८ प्राप्त गरेको हो । ओलम्पिक प्रतियोगिताको ठीक अघिल्लो वर्ष प्रत्येक चार÷चार वर्षमा काउन्सिलले समर गेम गर्दै आएको छ । यो प्रतियोगिता ओलम्पिकपछिको खेलक्षेत्रको अर्काे ठूलो कुम्भ मेला हो । समर गेमको ठिक दुई वर्षपछि विन्टर गेम पनि चार÷चार वर्षमा हुँदै आएको छ ।

महादेशस्तर तथा विभिन्न मुलुकबीच मिलिटरी वल्र्ड च्याम्पियन प्रत्येक वर्ष हुन्छ भने आवधिक रुपमा प्रत्येक चार वर्षमा विश्वका सेनाबीच फुटबल प्रतियोगिता हँुदै आएको छ । विश्वका कयौँ चर्चित खेलाडी तत् देशको सेनाको पृष्ठभूमिसँग जोडिएका पाइन्छ । काउन्सिलले वल्ड क्याडेट गेम पनि प्रत्येक दुई वर्षमा सञ्चालन गरिरहेको छ ।

यसअघि उक्त गर्मीयामको प्रतियोगिता सन् १९९५ रोम, सन् १९९९ क्रोएसिया, सन् २००३ इटली, सन् २००७ भारत, सन् २०११ ब्राजिल, सन् २०१५ मा कोरियामा भएको थियो । विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुरक्षा फौजको रुपमा ख्याति कमाएको नेपाली सेना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो ।

नियमितरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरी खेलाडी उत्पादन र खेलकूदको विकासका लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिँदै आएको महासेनानी रायमाझीले बताउनुभयो । सैनिक पेशा र कौशलसँग सम्बन्धित खेललाई प्राथमिकतामा राखेर सेनाले खेल संरचना निर्माण गर्दै आएको छ ।

समग्र मुलुककै खेलकूद क्षेत्रको विकास र विस्तारका लागि नेपाली सेनाले ‘सैनिक खेलकूद भिजन २०३०’ समेत तयार गरेको छ । विश्व खेलका माध्यमबाट मुलुकलाई चिनाउनका साथै सम्पूर्ण खेलाडीको खेल कौशल र आत्मविश्वास बढाउन यो प्रतियोगिता कोसेढुङ्गा सावित हुने नेपाली सेनाले विश्वास लिएको छ ।

बिहि, अशोज १६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

फुटबल प्रतियोगिता विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चले

२० असोज, बनेपा । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली...

असोज ११ गतेदेखिअन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप आयोजना गरिने

असोज, विराटनगर । झापामा अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप आयोजना गरिने भएको छ । असोज ११ गतेदेखि झापाको झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपालका ६ वटा क्लब र भारतका २ वटा क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १२ लाख...

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त गरेको छ । चार खेलमा २ हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समूहमा चौथो स्थानमा रहदै प्रतियोगिता समाप्त गर्‍यो । जोर्डनमा भएको खेलमा नेपालले समूहको अन्तिम खेलमा श्रीलंकालाई तीन–शून्यले हरायो । खेलको...

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने

नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने भएको छ । यसअघि २० गते हुने भनिएको चुनाव अदालतको आदेशका कारण स्थगित भएको थियो । चुनाव सातदोबाटोमा रहेकाे कमिटीको कार्यालयमा बिहान आठ बजे सुरु हुने छ । यसअघि चुनाव स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य...

टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारे

११ साउन, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ...

विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित

असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको...