संस्कृति/धर्म

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

-रत्नप्रसाद अनामणि श्रेष्ठ,नाला-वनेपा ४ ,काभ्रे


ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको मुख्य उत्तम तरिका हो / आफ्नै आँखाले काटिने राँगो स्वस्थ स्वस्थ छ छैन हेर्न सकिन्छ /राँगो भनेर अन्य मासु पर्न सक्दैन ,सहभागी आफैले सफा गर्ने भएको हुँदा मासु सफाई पनि ज्यादै राम्रो हुन्छ /सबैलाई भाग लगाउने हुँदा सबै अंगको मासु पाइने हुन्छ /कुनैलाई राम्रो कुनै लाइ नराम्रो भन्ने हुदै हुदैन /समुहमा गएर अनुभवीहरुले जिउँदो राँगो किन्ने हुनाले सस्तो पनि पर्दछ /राँगो काट्ने प्रबिधि पनि एक पुस्ताले अर्को पुस्तालाई सिक्ने मौका प्राप्त हुन्छ /एक छाक मासु खान आफ्नो रोजाइ र योग्य अनुसार कतिको भागमा बस्न सकिन्छ /गाँउ घरकै दाजुभाइहरुले मिलेर काट्ने भएको हुदा एक दिन उधारो पनि पाइन्छ /

कुनै पनि चाडपर्व आउँनु अगाडी टोल टोल को मानिस मिलेर छलफल गरिन्छ /राँगो काट्न कति भागमा बस्ने भनेर यसले कत्रो राँगो किन्नु पर्दछ भन्ने आँकलन हुन्छ /त्यसपछि भाग अनुसारको पैसा उठाइन्छ /राँगो किन्न जाने टोली अनुभवी छानिन्छ /अनि उनीहरुलाई पैसा जिम्मा लगाइन्छ /तिन वा चार जना जति राँगो किन्न जान तयार रहन्छ /नाला क्षेत्रमै छ भने त्यही किनिन्छ होइन भने भक्तपुर वा बनेपामा किन्नको लागि पठाइन्छ /किन्न जानेलाई खाजा खर्च (जाँड +खाजा+चुरोट )छुट्याएको हुन्छ /तिनीहरुले किनेर ल्याए पछी एक दुइ दिन एक जनाको घरमा पालिन्छ /जब कुछी भ्वय को दिनमा बिहानै करिब  ५/६ तिर सबै सहभागी भएर काटिन्छ /भागमा बस्नेको नजिकैको घरबाट बाटाहरु ,काट्ने बन्चरो,खुकुरी ,चुलेसी,स्यांचुपी आदि ल्याइन्छ /

नालामा राँगो दुइ तरिकाले काटिन्छ /पहिलो तरिका पुजा सहित उग्रचण्डी भगवती माइमा बिशेस तान्त्रिक पध्दति  द्वारा माई भगवतीलाई बलि दिएर काटिन्छ भने अर्को तरिका टोलमा झन्डै ५ किलोको २देखी २.५ फिटको नेपाली खुकुरीले सुरो र अनुभवी टोलको व्यक्तिले गर्दनमा एकै चोटी हानेर काटिन्छ /काटी सके पछि त्यही नजिकै रहेको मन्दिर विशे गरि गणेशलाई रगत चढाउँ छ /अनि सबै जना मिलेर छवाली अथवा परालले पोलिन्छ /सबै रौँ पोली सके पछी खरानी राखेर माझिन्छ त्यसपछि सानो खुकुरी (स्यांचुपी )ले खुर्किन्छ /खुर्के पछि सफा पानीले पखालिन्छ /अब करिब बाहिरको एक चरणको काम सिध्दिएको मानिन्छ /त्यहा उपस्थित भागमा बस्ने मानिसहरु दुइ भागमा विभाजन हुन्छ /एक समुह भुडी निकालेर पखाल्नेमा रहन्छ भने अर्को समुह राँगोको शरीरलाई बिभिन्न पार्ट छुट्याउने काममा लाग्दछ / भाग छुट्याउने समुहको केही मानिस हरु टाउको लाइ टुक्रा गर्नेतिर लागिन्छ /कति जना सहभागी भएको हो त्यो अनुसार टुक्रा गरेको मासु भागमा हालिन्छ /भागमा हालेको मासु सबै बराबर गर्न तराजुमा जोखिन्छ/प्रत्येकले मासु लानको लागि बाटा अथवा डालो ल्याएको हुन्छ र रक्ति राख्न आंखोरा ल्याएको हुन्छ त्यसमा आआफ्नो भाग राखेर लैजान्छ /जब घरको मूल ढोकामा पुगेपछि त्यस मासुलाई चिउराको चोका बज्जिले पुजा गरिन्छ ल्याएको मासुको टुक्रा र अलिकति रक्ति पनि घरबाहिरै चढाईन्छ /

वास्तबमा नेवारहरुको कुनै  पनि बस्तु उत्पादन भए पछि  आफु मात्र नखाई सबै देव देवताहरुलाई चढाउने परम्परा छ जसले गर्दा उसलाई आत्म सन्तुष्टि लाग्नुको साथै मृत आत्माले पनि शान्ति मिल्छ भन्ने गहिरो बिश्वास छ /सबै जना मिलेर आफ्नो संस्कार र संस्कृति चाडपर्वमा निकै वैज्ञानिकताको नजिक रहेर मनाइ रहेका हुन्छन/ कामको बेलामा काम मा लगनशिलता भएर काम गर्ने र अरु बेला बिभिन्न बाजागाजा सहित आफ्नो संस्कृतिमा रमाउने उनीहरुको पुर्ख्यौली परम्परा तथा स्वाभिमान ठान्दछन /

शनि, अशोज १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष...

उग्रचण्डी नाला आफैमा एक खुल्ला संग्राहालय भए पनि संग्रहालय खोल्नु पर्ने

उग्रचण्डी नाला आफैमा एउटा सांस्कृतिक,प्राकृतिक र प्राचिन मानवको खुल्ला संग्रहालय हो / यस संग्रहालयमा मानव सभ्यताको राम्ररी अध्ययन गर्न सकिन्छ / यहाँ मल्ल कालिन अवशेष मात्र केही मात्रामा बाँकी छ भन्ने प्राचिन र किराँत कालिन अवशेष कथामा मात्र सुन्न सकिन्छ /ढुंगे युगको हातियारहरु यस क्षेत्रमा...

नाला भगवती मन्दिर अगाडिको शिला स्तम्भहरु मुनि रहेका ढुंगाका तीन कछुवाहरु

कछुवा पृथ्वीमा रहेका जीव हरु मध्य बढी बाँच्ने जीव मान्दै आएको छ / यो जीवलाई घस्रेर हिड्ने जीव अथवा सरीसृप बर्गमा राखिएको छ / यो जीव चिसो रगत भएको जीव हो / भनिन्छ हात्तीले कुल्चे पनि केही हुदैन /यस जीवको शुरक्षा भन्नु नै यस जीवको...

जनैपूर्णिमाका केही झलकहरु

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई...