प्रमुख समाचार प्रविधि

शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई


२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र  चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो ।

उनीहरुले गरेको अन्वेषणले एनेमिया, क्यान्सर र अन्य रोगहरुविरुद्ध नयाँ रणनीति बनाउन बाटो खुलेको नोबेल कमिटी अफ द क्यारोलिन्स्का इन्स्टीच्यूटले विश्लेषण गरेको छ । पुरस्कार जित्नेहरुमा हार्वर्ड विश्वविद्यालयका डा. विलियम जी कायलिन जुनियर, जोन्स होप्किन्स युनिभर्सिटीका डा. ग्रेग एल सेमेन्जा र बेलायतको फ्रान्सीस क्रिक इन्स्टीच्युटका पिटर जे राट्क्लिफ छन् । पुरस्कारको राशी ९ लाख १८ हजार डलर रहेको छ ।

सन् १९०१ देखि वितरण गर्न थालिएको भौतिकशास्त्र तथा मेडिसिन विधामा यो १ सय १० औं अवार्ड हो । अवार्ड घोषणा गर्दै नोबेल कमिटीले तीन वैज्ञानिकहरुले गरेको खोज निकै महत्वपूर्ण रहेको बताएको छ ।

सोम, अशोज २०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण नेपालले जिते

२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ...

पौडी खेलाडी गौरिका सिंहले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाए

मंसिर, काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । गौरिकाले सोमबार १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा...

मौसम सम्बन्धी पूर्वसूचना दिने रेडियो डिटेक्सन एण्ड रेन्जिङ ‘राडार’को औपचारिक सुरु

मंसिर, काठमाडौं । मौसम सम्बन्धी पूर्वसूचना दिने रेडियो डिटेक्सन एण्ड रेन्जिङ ‘राडार’को औपचारिक सुरु भएको छ । एक वर्ष अगाडि सुर्खेतको रातानाङलामा निर्माण गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन् । संघीय मन्त्रीले काठमाडौंबाट गएर राडार उद्घाटन गर्दा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर...

सुनिताले स्वर्ण जित्दा बुवाका आँखामा आँसु

काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। राजधानीको मनमैजु माइती घएकी सुनिताको घर सीतापाइलामा...

नेपाललाई विश्व कीर्तिमानसहित एकै दिन १३ स्वर्ण (अपडेट)

काठमाडौं, १६ मंसिर । तेस्रो पटक नेपालमा आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले विश्व कीर्तिमानसहित ११ स्वर्ण पदक जितेको छ । नेपाली क्रिकेटकी अञ्जली चन्दको अदभूत बलिङले विश्व कीर्तिमान रच्यो । अञ्जलीको कीर्तिमानी खेलबाट शुरु भएको नेपालको प्रदर्शन सोमबार दिनभर उत्साहजनक र...

१३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आइतबार सुरु

मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आइतबार सुरु हुँदैछ । नेपालका लागि मात्र नभएर दक्षिण एसियाकै खेल क्षेत्रको लागि यो एउटा ठूलो उत्सव हो । यसअघि सन् १९९९ मा आठौं साग नेपालमा आयोजना भएको थियो । २० वर्षपछि घरेलु मैदानमा फर्किएको यस...