समाचार

ट्वाइलेट पेपरबाट बिहेको पहिरन बनाउनेले १० लाख पुरस्कार जितिन्


यो दुनियामा अनेक प्रकारका प्रतियोगिताहरु हुने गर्दछन् । कतै गालामा थप्पड हान्ने प्रतियोगिता हुन्छ त कतै हिल चप्पल लगाएर दौडिने महिलाहरुको प्रतियोगिता हुन्छ । यस्तै अनौठो खालको प्रतियोगिता हालै अमेरिकाको न्युयोर्कमा भएको छ । उक्त प्रतियोगितामा ट्वाइलेट पेपरबाट वेडिङ ड्रेस बनाउनु पर्ने थियो ।

सो प्रतियोगितामा सहभागी हुनका लागि सुरुमा १५ सय जनाले नाम दर्ता गराएका थिए । तर ३० सेप्टेम्बरमा भएको प्रतियोगिताको अन्तिम चरणमा केवल १० प्रतियोगी मात्र चयन भए । साउथ क्यारोलिनाकी मिमोजा हास्काले सबैभन्दा उत्कृष्ट वेडिङ ड्रेस बनाएर विजेता बन्न सफल भइन् ।

उक्त प्रतियोगितामा वेडिङ ड्रेस बनाउनका लागि ट्वाइलेट पेपरसँगै टेप, धागो तथा ग्लूको प्रयोग गरिएको थियो ।

मिमोजा हास्काले कूल ४८ रोल ट्वाइलेट पेपरको प्रयोग गरी वेडिङ ड्रेस बनाइन् । जुन सबैभन्दा उत्कृष्ट ठहरियो । उक्त पहिरन बनाउन मिमोजालाई ४ सय घण्टा लागेको थियो ।

विजेता भएसँगै मिमोजाले १० हजार डलर पुरस्कार पनि पाइन् । उक्त प्रतियोगिताका निर्णायक मण्डलमा केही चर्चित सेलिब्रेटीहरु थिए भने प्रतियोगिताको राष्ट्रिय टिभीबाट प्रत्यक्ष प्रशारण पनि गरिएको थियो । एजेन्सीको सहयोगमा

शनि, अशोज २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बनेपा नालाका हरिदेव गिरीको गए राती काठमाडौैको बानेश्वरमा हत्या गरिएको आशंका

नेपाल कम्युनिष्ट पार्टी काभ्रेका जिल्ला नेता हरिदेव गिरीको गए राती काठमाडौैको बानेश्वरमा हत्या गरिएको आशंका गरिएको छ उहाँको टाउकको, खुट्टा लगायतका विभिन्न शरिरका अंकमा चोट देखिनु, प्रहरी बिनै घटनास्थलबाट गिरीलाई लैजानु लगायतका कृयाकलापले आशंका बढाएको बताइन्छ। नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता एवं प्याब्सन भक्तपुरका सल्लाहकारसमेत रहेका ५१...

नेपाली चढेको बिमान समुन्द्रमा खस्यो

अमेरिकाको एउटा टापुबाट उडेको केही मिनेटमै नियन्त्रण बाहिर गएपछि आपत्‌कालीन अवतरण गरेको एक यात्रुवाहक विमानमा रहेका एक नेपालीले बीबीसीसँग ‘त्रासदीपूर्ण’ घटनाको बयान गरेका छन्। सन् २००८ देखि अमेरिकामा बस्दै आएका नेपाली शम्भु आचार्य उक्त विमानमा सवार थिए। सी फ्लाइट नाम गरेको कम्पनीले सञ्चालन गरेको विमानमा समस्या...

२०३६ सालसम्म कालापानी नेपालकै रहेको प्रमाण भेटियो, ऐतिहासिक हेर्नुहोस्

पूर्वसचिव तथा दार्चुलाका पूर्वप्रमुख जिल्ला अधिकारी(सीडीओ) द्वारिकानाथ ढुङ्गेलले टिंकरभञ्ज्याङ्ग तथा कालापानीको निरीक्षणमा गएको तथ्य पुष्टि गर्ने कागजात फेला पारेको छ । प्राप्त पुराना ऐतिहासिक कागजातहरुमा पूर्वसीडीओ ढुङ्गेल दार्चुलामा हाजिर हुन जाँदा २ नोभेम्बर १९७९ अर्थात् १६ कात्तिक २०३६ सालमा नेपालस्थित भारतीय राजदूतावासले ढुङ्गेललगायतको टोली उत्तर...

प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ

२९ भदौ, काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साह रहेका छन् । साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको...

बसभित्र किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालक पक्राउ

मोरङ – बसभित्र किशोरी बलात्कार प्रयासको आरोपमा चालक र सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका– ३ घर भएका ना ६ ख ९३४४ नम्बरको बसका चालक ३७ वर्षीय किरण खड्का र बसका सहचालक उर्लाबारी नगरपालिका– ४ घर भएका १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन्...

गोरखामा रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी

साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, गोरखामा  रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी, गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री चोरी गर्नेलाई बुधबार पक्राउ गरेको गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । पक्राउ पर्नेमा गोरखा...