साहित्य गतिबिधि

प्रज्ञा–प्रतिष्ठानमा दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन


काठमाडौँ, असोज
प्रधानमन्त्री केपी शर्मा ओलीले अब हामी एकताको बाटोमा मात्र हैन एकता र सहकार्यको साथ अगाडि बढ्न चाहिरहेको कुरा हालै मात्र महामहिम चिनिया राष्ट्रपति सि जिनपिङको भारत र नेपालको भ्रमणले प्रष्ट पारेको कुरा बताउनुभयो । हामी साहित्य र सँस्कृतिको क्षेत्रमा पनि त्यही सहकार्यको अवस्थालाई निरन्तरता दिन लागी परेका छौँ, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
पश्चिमा संस्कृतिको अनुकरण गरेर हाम्रा सञ्चारमाध्यम र तिनका सञ्चारकर्मीहरूले आफ्नो शिष्टता र मर्यादा विर्सेको भन्दै प्रधानमन्त्रीले ‘आफ्नो सभ्यता र संस्कृतिलाई मिलेर अगाडि बढाउनुको साँटो आज हामी अर्काको देखासिकीमा आफ्नो सभ्यता र संस्कृतिलाई भत्काउँदै गएका छौँ, भन्नुभयो ।’
‘अन्तर हिमाली सांस्कृतिक एवम् साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि’ नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद््घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान, सङ्गीत र छन्दको सिर्जना हजारौँ वर्ष अगाडि नै यही धर्तीमा भएको थियो, भन्नुहुँदै शान्ति, न्यायजस्ता शाश्वत कुराहरूलाई अगाडि बढाउन साहित्यकार र तिनका सिर्जनाहरूले हामीलाई प्रेरणा दिँदै आइरहेका छन्, भन्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले अर्थ र राजनीतिले साहित्य र संस्कृतिलाई प्रभाव पार्ने बताउँदै ‘नेपाल भ्रमण वर्ष–२०२०’ को पूर्व सन्ध्यामा भएको यस कार्यक्रमले भ्रमण वर्ष–२०२० लाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पु¥याउने छ भन्ने, विश्वास व्यक्त गरे ।
कार्यक्रमको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन र दक्षिण एसिया साहित्य मञ्चको स्थापना सन् २०१५ मा भएको हो, भन्नुहुँदै यस्को उद्देश्य एसियाली राष्ट्रहरूको बीचमा अन्तर सांस्कृतिक पुलको निर्माण गर्नु हो, भन्नुभयो । ‘यसको लागि यस क्षेत्रका राष्ट्रहरूको अमूल्य साहित्यिक तथा सांस्कृतिक धरोहरहरूको अनुवाद, प्रकाशनको साथै विभिन्न गोष्ठी, सम्मेलन र अनुसन्धानहरू भइरहेका छन्’, कुलपति उप्रेतीले भन्नुभयो, ‘सन् २०१७ मा चीनमा भएको ‘पहिलो चीन र दक्षिण एसिया साहित्य सम्मेलन’ बाट कला र साहित्यको क्षेत्रमा भएको यो क्षेत्रीय ऐकबद्धता विशुद्ध गैरराजनीतिक पहलकदमी भएको सन्देश विश्वमाझ पुगेको छ ।’ अभैm उहाँले यसको उद्देश्य यस क्षेत्रका जनताहरूबीचको सम्बन्धलाई कला र साहित्यको माध्यमबाट अझ प्रगाढ बनाउनु हो, भन्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत् उपाध्याय धन्यवादसहित समापन गर्नुभएको समुद्घाटनसत्रमा नेपालका लागि बंगलादेश, पाकिस्तान र श्रीलङ्काका महामहिम राजदूतहरूले पनि सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्तिक ३ गतेसम्म चल्ने सम्मेलनमा भारत, बंगलादेश, चीन, पाकिस्तान, नेपाल, श्रीलंकालगायत ६ देशका विद्वानहरूले १६ वटा फरक फरक विषयमा कार्यपत्रहरू प्रस्तुत गर्नुहुने छ । पहिलो पटक यो सम्मेलन सन् १९१७ मा चीनको छेन्दु शहरमा आयोजना गरिएको थियो ।

मङ्ल, कार्तिक ५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती दुइ दिन मनाए

काठमाडौं, कार्तिक १० र ११ गते । संसाक मासिक ,साहित्यकार खेलकुद समाज नेपाल ,खोज अनलाइन र आधुनिक साहित्य परिषदले दुइ दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती रचनावाचन र देउसी–भैलो खेल्दै मनाइएको छ । पहिलो दिनको कार्यक्रममा संसाकका संरक्षक तथा साहित्यकार डा.सत्यराज थपलियाको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रमका...

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न

काठमाडौँ, असोज ११ गते । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको...

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता,...

गोंगबु साहित्य समाजका सचिब तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान

इडन ब्रिज एकेडेमीले काभ्रेपलाञ्चोक पनौतीकी कवि तथा कथाकार तारा केसीलाई इडन ब्रिज एकेडमी बाल साहित्य सम्मान प्रदान गरेको छ । नेपाली साहित्यमा ओझेलमा परेको बाल साहित्यको उत्थान र विकासमा पुयाएको योगदानको कदर गर्दै एकेडेमीले कवि तथा कथाकार केसीलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथमा नगद तीन हजार...