राजनिति

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच भेटवार्ता


जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण  विशेष समारोहमा यहाँ रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ।  राष्ट्रपति भएपछि यो उनीहरुको पहिलो भेटघाट हो। सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा  दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए। सन् २००६ मा सांसद हुँदा भने कोविन्दले  नेपाल भ्रमण  गरिसकेका छन्।  सो अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै  यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो।

भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए।  दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे।  दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको  भेटघाटपछि  अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ। नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद  दिएको छ।  सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए।

मङ्ल, कार्तिक ५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने

काठमाडौं भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ । चीनसँगको सीमामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको...

प्रधानमन्त्री के.पी. शर्मा ओलीले सर्वदलीय बैठक बोलाए

काठमाडौँ –प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार अपरान्ह ४:००  बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । लिपुलेकका सम्बन्धमा परामर्श गर्ने, भारतसँग वार्ता गरी कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने र नेपालको भूभाग फिर्ता गर्न पहल गर्ने विषयमा परामर्श गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी...

आधारहिन तथ्य प्रयोग गरि डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग

राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्तिको सिफारिस गर्ने बेला नै डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग लगाउँदै निलम्बनमा पारिएको छ । गभर्नरको दौडमा अगाडि रहेका श्रेष्ठलाई रोक्ने षडयन्त्रका आधारमा सम्पत्ति शुद्धिकरण विभागको सिफारिस भन्दै सिधै मन्त्रिपरिषद्बाट छानबिन समिति गठन गराइएको तथ्य फेला परेको छ ।...

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ। बाकुमा भइरहेको असंलग्न अभियानको अठारौं शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो। भेटघाटमा उनीहरूबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र...

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगे

२७ असोज, काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित हुने सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन्...

आइतबार सार्वजनिक बिदा दिने घोषणा

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको...