साहित्य गतिबिधि

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती दुइ दिन मनाए


काठमाडौं, कार्तिक १० र ११ गते ।
संसाक मासिक ,साहित्यकार खेलकुद समाज नेपाल ,खोज अनलाइन र आधुनिक साहित्य परिषदले दुइ दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती रचनावाचन र देउसी–भैलो खेल्दै मनाइएको छ ।

पहिलो दिनको कार्यक्रममा संसाकका संरक्षक तथा साहित्यकार डा.सत्यराज थपलियाको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि साखेस नेपालका अध्यक्ष तथा साहित्यकार डा.शैलेन्दुप्रकाश नेपालले आज हामी जति पनि साहित्यकारहरू लेख्ने र सिर्जना गर्ने काम गरिरहेका छौँ, त्यो सबै महाकविले बनाएको बाटोमा नै हिडेर सिर्जना गरिरहेका हौँ, भन्नुभयो । डा.नेपालले भन्नुभयो, ‘देवकोटा जिवन्त अमर रहने स्रष्टा हो, उहँका सिर्जना सधैँ समय सान्दर्भिक रहन्छन्, कहिल्यै पुराना र वेप्रशङ्गका हुँदैनन् ।’ महाकविको तुलनामा अहिलेसम्म कुनै पनि नेपाली स्रष्टा नदेखिएको डा.नेपालको तर्क थियो ।
कार्यक्रममा व्यङ्ग्यकार वासुदेव गुरागाई, पूर्व प्रवउ गुप्तबहादु श्रेष्ठ, पूर्व सेनानी टंकबहादुर बजगाई खत्री, साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठ, साहित्यकार सीता बिष्ट कार्की, कवि तारा के.सी. र गजलकार राजेन्द्र घिमिरे सागरले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । त्यसैगरी कृष्णबहादुर के.सी., विश्वप्रेम आचार्य, शिवप्रसाद आचार्य, बेनीबहादुर थापा, उदेश पाण्डे, दामोदर ढकाल दीपक, बुद्धि विष्ट, दीपेन्द्र भुजेल, लीला थापा, माया थापा र निश्चिल घिमिरेले पनि आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको संयोजन तथा सञ्चालन संसाकका सम्पादक÷प्रकाशक उमेश पाण्डेले गर्नुभएको थियो ।

दोश्रो दिनको कार्यक्रममा पुस्तक बितरण,रचना बाचन गर्नुका साथै देउसी भैलो खेलेका थिए /उक्त कार्यक्रमको सभापति मुरली ढकाल तथा प्रमुख अतिथि डा शैलेन्दुप्रकाश नेपाल हुनुभएको थियो /कार्यक्रममा साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठले देउसी भैलोकोबाट उठेको रकमलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा जहाँसुकै लैजान मिल्ने बनाउनु पर्ने प्रस्ताव राखिएको थियो / कार्यक्रममा ड़ा शैलेन्दुप्रकश नेपालले देवाकोटाबारे सारगर्भित मन्तब्य दिनुको साथै प्रतिमा बनाउन रु ५०००/सहयोग गर्ने बचन पनि दिनु भयो /कार्यक्रम संचालन दामोदर ढकाल ले गर्नु भएको थियो /

 

मङ्ल, कार्तिक १२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अक्षरमार्गले वषको दुईपल्ट वाङ्मयसेवीहरूलाई सम्मान गर्दै

अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाललाई श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट र विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार जयदेव भट्टराईलाई सम्मान गरेको छ । अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डा गोविन्दराज भट्टराईले उहाँहरुलाई नगद...

चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत

माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय...

काभ्रे पनौतीमा शिशिर काब्य गोष्ठी सम्पन्न

अक्षरमार्गले हालै शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो काब्य गोष्ठी कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको थियो भने कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद...

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरुलाई सम्मान गरे

पाल्पा, मंसिर २८/शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले १४ औं वार्षिक उत्सव तथा ९१ औं कूलमणी देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका १२ जना व्यक्तित्वहरुलाइ शनिबार तानसेनमा सम्मान गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रतर्फ महेश्वरप्रसाद श्रेष्ठलाई जगत...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...