प्रमुख समाचार

हाकुपटासीमा सजिएका विदेशी पर्यटक धिमेको तालमा नाचिरहे


मुख्य सडकमा हाकुपटासीमा सजिएका विदेशी पर्यटक धिमेको तालमा नाचिरहेका थिए। चोक र गल्लीका भिडहरूमा उनीहरूका हँसिला अनुहार देखेर स्थानीय रमाइरहेका थिए। नेवार गीत र बाजामा मग्न हुँदै टोलीसँगै र्‍यालीमा आफ्ना पाइला बढाइरहेका उनीहरूलाई देख्दा वर्षौं यहाँको परिवेशमा भिजिसकेकाजस्ता देखिन्थे।

‘भिजिट नेपाल २०२०’ प्रवर्द्धन निम्ति स्थानीय क्लब तथा पर्यटन बोर्डको सहकार्यमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको ‘३२ आवर इन कीर्तिपुर’ कार्यक्रमको दृश्य हो यो।

तिहारको रमझम र झिलिमिलीमा देशभरका मान्छे रमाइरहँदा कीर्तिपुरका सडकमा अलि नयाँ र फरक दृश्य झल्किरहेको थियो। मंगलबार ‘न्हुँदया भिन्तुना ११४०’को अवसरमा कीर्तिपुरस्थित उमामहेश्वर मन्दिरमा भएको दीप प्रज्वलन कार्यक्रममा विभिन्न देशका पर्यटक सहभागी थिए।

विशेषगरी नेवार समुदायले मात्र मनाउँदै आएको म्हँ पूजामा यसपालि भने कीर्तिपुर चिलञ्चो विहारमा विदेशी पाहुनाको भिड बढी देखिन्थ्यो। नेवार समुदायका गुरुजुद्वारा सम्पन्न कार्यक्रम अन्तर्गत सोमबार दीप प्रज्वलन तथा लक्ष्मी पूजा र मंगलबार म्ह पूजा समावेश गरिएको थियो।

कीर्तिपुर नगरपालिका वडा नं २ का अध्यक्ष रमेशमान डंगोलका अनुसार ‘३२ आवर इन कीर्तिपुर’ कार्यक्रमका लागि नगरपालिका र पर्यटन बोर्डको सहकार्यमा ५ लाखको लागतमा सम्पन्न गरिएको थियो। जसमा चिनियाँ तथा युरोपेली गरी ५५ जना पर्यटक सहभागी थिए।

 

यसैगरी बौद्धस्थित बौद्ध रिट्रिट्समा ध्यान बस्न आएका केही पर्यटकले समेत मंगलबार म्ह पूजा गरेका थिए। रसिया, अष्ट्रेलिया, बेल्जियम लगायतबाट आएका ६ जना पर्यटकले म्ह पूजा गरेको ‘ट्राभल एण्ड टूर’ कम्पनीका संयोजक बिपना लामाले बताइन्।

बिपनाको अनुसार पर्यटकले पूजा सकेपछि ‘राजकीय सम्मान’ प्राप्त महशुस गरेको बताएका थिए।

तस्बिरः प्रशीष महर्जन
तस्बिरः प्रशीष महर्जन
तस्बिरः प्रशीष महर्जन

बुध, कार्तिक १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आइपुग्नुभएको छ । नेपाल आइपुग्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुगेर राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षी हमिदलाई स्वागत गर्नुभयो । विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत...

बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना

काभ्रेमा बस दुर्घटना भएको छ। बनेपाबाट नेपालथोक जाँदै गरेको बा ४ ख ३३१९ नम्बरको बस दुर्घटना भएको हो। नमोबुद्ध नगरपालिका वडा नम्वर २ स्थित सडकमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले जानकारी दिए। बसमा सवार २० जना यात्रु घाइते भएका छन्। ‘हामीले...

सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि भुमि नछाड्ने बताईरहेका छन् । प्रधानमन्त्री केपी...

सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार

कालापानी क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसी वार्ताको लागि भारत तयार भएको छ । भारतले हालसालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेको छ । नेपालका सबै दलहरुले भारतलाई एक इन्चपनि भुमि नछाड्ने बताईरहेका छन् । प्रधानमन्त्री केपी...

भान्जा सिवाकोटीलाई गभर्नरको रेशमा राख्ने डेपुटी गभर्नर श्रेष्ठमाथि महानिर्देशक भट्टराईद्वारा शक्तिको दुरुपयोग

एक तिरले दुई शिकार गर्ने भन्ने उखान चरितारार्थ पार्न सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशक रुपनारायण भट्टराईले शक्तिको दुरुपयोग गरेको खुलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई ‘अमूर्त’ विषयमा सम्पत्ति शुद्धिकरणको पत्र काटी छानबिन समिति नै गठन गर्नेसम्मको खेलको लहरो भट्टराईको नातावादी चरित्रमा प्रस्ट जोडिएको दैनिक...

जहाज आपसमा ठोक्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त

काठमाडौँ –   साँघुरो पार्किङ, त्यसमाथि एयरलाइन्सको जथाभावी पार्किङका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अस्तव्यस्त बनेको छ । प्रतिस्पर्धी एयरलाइन्सको होडबाजी तथा व्यवस्थापनको लापरवाहीका कारण दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । त्यसको उदाहरणको रूपमा आजै दिउँसो दुई जहाज ठोक्किएको घटनालाई लिन सकिन्छ । आन्तरिक उडानका दुई ठूला वायुसेवा...