कथा

विद्वानको कदर

-रत्नप्रसाद अनामाणी श्रेष्ठ


कुनै एक शहरको टोलमा एक जना विद्वान बस्दथे /विद्वान आफ्नो बिषयमा निकै निपूर्ण थिए / उनको बिद्वातालाई सबैले प्रशंसा गर्दथे /राष्ट्र र अन्तरराष्टिय स्तरमा नै नाम चलेका थिए / उनको चर्चा परिचर्चा शहरको टोलमा मात्र सिमित नभएर राष्ट्र भरि नै फैलिरहेको थियो /टोलबासीले पनि निकै आदर गर्दथे /टोलको सान भनेर पनि गर्व गर्दथे /टोल भरि कुनै कार्यक्रम गर्यो भने सबभन्दा पहिले उनलाई नै निमन्त्रणा दिन पुग्थे /

त्यसको ठिक विपरीत विद्वानले कहिले पनि टोल बासीलाइ एक सेकेन्ड पनि समय दिदैनथे  / “मैले रास्ट्र र अन्तररास्ट्रिय मामिला मात्र हेर्ने हो मेरो फुर्सद छैन” भनेर टोल बासीलाई भन्थे/ टोल बासीहरुले  पनि कहिले चित्त दुखाएका  थिएनन्  / टोल बासीले पनि बुझेका थिए टोल भन्दा राष्ट्रलाई हेर्नु राम्रो भनेर / टोलमा बिबाह, ब्रतबन्ध,  झैँ झगडा, पालो पैचोमा कहिले नजाने र राय सल्लाह पनि दिदैनथे  / समय यसरी नै चली रह्यो /

एक दिन विद्वान सिकिस्त बिरामी परे / सोही  बिमारले विद्वानलाइ मृत्युमा परिणत गर्यो  /टोल बासि लगाएत राष्ट्र नै शोकमा डुबे / राष्ट्रका गन्यमान्यहरुले भन्दा टोल बासीले निकै शोक गरे / बिस्तारै शोकबाट हटेपछि टोलबासिहरुले सल्लाह गरे टोलको शानलाइ अझै हामीले बिर्सनु हुदैन भनेर पैसा उठाएर शालिक बनाए /राष्ट्रले भन्ने  एक दुइ स्थानमा शोक सभा गर्यो  अरु केही गरेन /

शालिक बनाएको केही हप्तामा नै सहरमा ठुलो पानी पर्यो / हावाहुरी बेसरी चल्यो /  मेघ गज्रंदै बिजुली चम्क्यो / ठुल ठुला चट्याङ्ग  पर्न थाल्यो /एउटा चट्याङ्ग त्यही शालिकमा पर्यो शालिक टुक्रा टुक्रा भइ फुट्यो / विद्वानलाइ कसले बढी कदर गर्यो टोलबासीले  कि चट्याङ्गले ?

 

 

 

शुक्र, कार्तिक १५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

लघुकथा “संकेत”

शहरमा दाजु भाउजू सानाेतिनाे नाेकरी गरेर जीवन बिताईरहेका थिए । गाउँ बहिनी हान्ने साडे जस्तै मातिएर बसेकी थिई । वल्लाे गाउँ पल्लाे गाउँ जहाँसुकै उनकै कुरा हुुन्थ्याे । समाजमा याे छाेरीले नाक काटने भई । बा अामालाई पीर थियाे । जेठी छाेरीकाे बिहे भैसकेको थियाे...

लघु-कथा = “सनिवारे साहित्य”

एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी भनेर भटटट भन्दै बडो चाख लाग्दो थियो उसको त्यो भट्याउने शैली...

सपनामा भगवानसङ्ग कुराभएका 

कथा नेपालको एउटा साह्रै पिछडिएको गाउँमा बसेका एकजना गरिब रहेछन् । उनको पेशा भने कृषि नै रहेछ । दिनभरि खेतमा काम गर्ने साँझ परेपछि घर आउने , घरमा राम्रो खाना खान पनि ज्यादै धौःधौ रहेछ । घरमा आई ढिंडो फाँडो जे छ खाइहाल्थे । थकाइले लखतरान परेर सुतिहाल्ने बानीरहेछ...

धनी र गरिबका गीती कथा

एउटा गाउँमा किसानी गर्ने विपन्न वर्गका तोरी फूले नामका एक किसान थिए । तिनले आफ्नु बारीमा तोरीको विउ छर्दथे तोरी उम्रेपछि पहेलो फुल्दथ्यो देखेर दङ्ग पर्दथे । आहा ! पहेलो फूल भनि रमाउथे मेरो घर पहेलो रङ कहिले होला छतमा बसेर कहिले हासौँला भन्ने कल्पना...

पलायन -कथा

“हैन ऊ पलायन भएकै हो त ?” मेडमले अंशुबर्मालाई सोधीन “हो” मेडम, तपाईको उक्साहट र मेरो कुटनितिको अगाडि उ टिक्न सकेन ।” अंशुबर्माले जवाफ दियो “के गर्दै छ हिजो आज ऊ ?” पुन जिज्ञासा राखिन मेडमले “कोही खेती गर्दैछ भन्छन, कोही सुनौली र भैरवाहमा सामान ओसार पसार गर्छ...

शारदा भुसालको वयानः बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ

भ्ररष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन्...