स्थानीय समाचार

सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिए


सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–९ सुनकोशी नदीमा खसेको यात्रुवाहक बस तानेर बाहिर निकालिएको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस नदीमा खसेपछि तत्कालै उद्धार थालिएको थियो।

बस खसेको देखेपछि र्‍याफ्टिङ गरेर फर्किएकाहरु बोटसहित उद्धारमा जुटेका थिए। उनीहरुले बस खसेपछि सुनकोशीले बगाउँदै गरेका केही यात्रुलाई पनि उद्धार गर्न सफल भएका छन्। नदीमा डुबेको बसलाई टुचिङले तानेपछि किनारमा निकालिएको छ। उद्धारका क्रममा केही शव बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। बा२ख ७२४५ को बस सुनकोशीमा खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्।

अहिलेसम्म ५ जनाको शव झिकिएको छ। करिब ८–९ जना घाइतेको उपचारको लागि धुलिखेल र खाडीचौर अस्पतालमा लगिएको डिएसपी काफ्लेले बताए। बसमा ३५ देखि ४० जना सवार रहेको अनुमाले गर्दा १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

आइत, कार्तिक १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बिकाश निर्माणमा ढिला भए पनि राजश्व सङ्कलन च्याम्पियन टोखा नपा

काठमाडौँ, -टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ / नगरपालिकाले आव २०७५÷७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख...

गोपाल गौरी दिगो विकास प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

गोपाल गौरी दिगो विकास प्रतिष्ठानको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष इन्दिरा गौतमको सभापतित्व तथा प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आथित्यतामा शनिबार राजधानीको सामाखुशिस्थित एक होटलमा प्रतिष्ठानको नयाँ कार्यसमितिको समेत चयन गरी साधारण सभा सम्पन्न भएको हो । टोखा नगरपालीका...

साहित्यकार डा.मन्जु श्री प्रधान के.सी.अन्तरास्ट्रिय समितिको उपाध्यक्ष पदमा नियुक्ति

पशुपति अन्नपूर्णा आश्रम अन्तरास्ट्रिय समितिको एक बैठकले साहित्यकार डा.मन्जु श्री प्रधान के.सी.लाइ हालै आश्रमको अन्तरास्ट्रिय समितिको उपाध्यक्ष पदमा नियुक्ति गरिएको छ /साहित्यकार तथा समाजसेवी प्रधानको समाजसेबा ,कार्यकुसलता र आश्रमलाई गरेको सेबा प्रति  अति उच्च मुल्यांकन गरि आश्रमको अन्तरास्ट्रिय समितिको उपाध्यक्ष पदमा नियुक्ति गरिएको जनाएको छ...

प्रदेशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक

सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ। दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रेदशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको खबर आज बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिकले छापेको छ। थापाले ती महिलालाई डार्लिङ मात्रै भनेका छैनन्, पटक पटक यौन...

गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा

गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो। ३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन् । अत्याधुनिक प्रविधि जडान गरिएको हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता छ। नेपालमै पहिलो पटक जिडिसी सर्भर जोडिएको...

ख्यातिप्राप्त कलाकारहरुको भब्य कार्यक्रम

वरिष्ठ कलाकार केसाङ लामा नेपालको ख्यातिप्राप्त कलाकार हुन । उनी निरन्तर रूपमा प्रोफेसनल कलाको बहस गरिरहेका छ्न । उनकै पहलमा प्रोफेसनल आर्टिस्ट सोसाइटी समेत बनेको छ । यहि सोसाइटीले आज महर्शी स्कुल सामाखुसीमा भब्य कार्यक्रम सम्पन्न गरेको छ । वरिष्ठ उपयोगी कलाकार जगत बहादुर तुम्बाहाम्फेलाई...