समिक्षा

साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कृतिहरु

-नारायनाचार्य कौशिक रिमाल


बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण प्रस्तुत गरिएको एक पुस्तक कम्प्युटर गर्दैको स्थितिमा मैले देखें । उहाँको प्रत्येक वर्ष कतिवता पुस्तक निकाल्ने हो, त्यो पूर्वयोजनाभित्र परिसकेको हुन्छ । संख्या चाहिँ त्यत्ति नै पु¥याउन भरमजदुर कोशिश गर्नुहुन्छ । शीर्षक भने आफ्नो मोड र परिस्थिति अनुसार लेख अगाडि बग्न थाल्छन् ।
अनामणिका जिम्मामा बालसुलभ खेलौना, स्टेशनरी, फोटोकपी, पसल, पानीो मेशिन, कति गाडीको माग छ ? ड्राइभर को कहाँ पुग्यो, कहाँ कति जार पानी पठाउने ? जस्ता घरव्यवहार र खोज अनाइलन पत्रिका, खोज अनाइन टि.भि., खोज अनलाइन रेडियो समेतको सञ्चालक आफैं, अन्य पक्ष वित्तिय संस्था, साहित्यिक साथीहरूको जम्मा हुने केन्द्र आफ्नै घर पसल, खेलुकुद सम्बन्धी साथीहरू, सबै क्षेत्रमा उहाँको सक्रियता, सल्लाह, सुझाव चलि नै रहन्छ ।
उहाँका साथीहरु दूध चुस्ने बच्चा देखि फ्रक लगाएर फ¥याकफुरुक गर्ने बालिका तत्तत् उमेरका छतौरा केटा देखि उमेर पाकेका बुढा–बुढीसम्म पनि छन् । ड्राइभर खलासी देखि प्राध्यापक, डाक्टर, पण्डित, कृषक बाद्यवादकी, नर्तकी, उद्योग व्यवसायी, चित्रकार, फोटोकार, राजनीतिकर्मीसम्म पनि छन् । अनामणि सबै क्षेत्रका साथीहरु आफ्नो सिर्जनशील अनुभव बाँडिरहेका हुन्छन् । काम पनि सबै चलिरहेकै हुन्छ । सबैसँग कुराकानी पनि भैरहेकै हुन्छ यस्तै छ । साँच्चै उनको मस्तिष्कलाई अक्षरस व्यवहारमा उतार्न सक्ने हो भने समाज पछि पर्ने कुरै छैन ।
अब म बालउपन्यास सङ्ग्रह ‘टाटु’ का बारेमा आफ्नो विचार व्यक्त गर्दछु । हाम्रो देश हजारौँ वर्ष अघिदेखीको प्राचीन सभ्यता र संस्कृतिको उद्गम भएको देश हो । विश्वमा सबैभन्दा पुरानो वैदिक धर्म मठ–मन्दिर, व्रत–पूजा विभिन्न उत्सव–महोत्सव, यात्रा, चाडपर्व, राम रमितको सृष्टि भूमि हो । आजको युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया जस्ता विकसित राष्ट्र र त्यसभित्रका अनेकन स–साना राज्यहरू त के त्यहाँको नामसम्मको पनि कल्पना थिएन । त्यतिबेला नेपालका सीता जन्मेकी थिइन् । २६ सय वर्ष अगाडि महात्मा बुद्ध जन्मेका थिए । लाखौँ वर्ष अगाडिदेखि बाग्मती, विष्णुमती, मनमती, रुद्रमती, शेषमती, इक्षुमती, भद्रमतीको महत्व सम्बन्धी पुराण बनिसकेका थिए । स्कन्दपुराण केदारखण्डमा नेपाल महात्म्प लेखिएको छ । त्यस्ता पशुपतिनाथ लगायत चौसठ्ठी शिवलिङ्ग र गुह्येश्वरी लगायत सयौँ शक्तिपीठको वर्णन गरिएको छ । गोकर्णक्षेत्र पितृतीर्थ, मुक्तिक्षेत्र, वराहक्षेत्र, पाशुपत क्षेत्र, गोसाईकुण्ड, सूर्यकुण्ड, वेत्रावती, हलेसी, पाथीभरा, म्याङ्लुङ, मालिका–बढीमालिका, दोलखा भीमसेन के यी आजका नवनिर्मित स्थान हुन् ?
प्राचीन सभ्यता, संस्कार, साहित्य यी सबै आयतित फेसन र लहड बाजीका कारण ओझेल पारिएको छ । आज गतिलो, राम्रो, शाश्वत विषय जनलहरलाई अरुचि र अपाच्य हुँदै गएको छ । अनियन्त्रित मनका भावनासँग समाज अन्धधुन्ध तरिकाले कुदिरहेको छ । नयाँ ढङ्गले समाजमा नौलो रुप देखाएर परिचय स्थापना गर्ने होड चलिरहेको छ ।
‘टाटु’ को इतिहास खोज्ने भने भारतको थार नामक मरुभूमिमा बसोबास गर्दै आएका थारु जातिहरू हिन्दु धर्मका अनुयायी थिए । करिब सात सय वर्ष अगाडि मुगल शासकहरूले हिन्दुवादीप्रति गरिएको ज्यादतीमा थारु प्रदेशका बहुसंख्यक पुरुषहरु मारिए । नारीको अस्मिता लुटिन लाग्यो । त्यतिखेर धर्म र नारित्व बचाउन मुगल धर्मीहरुलाई मन नपर्ने बन्न हातको नाडीमा गोडाका पिडौलामा च्यापुको दायाँ बायाँ कालो डोरा धर्सा खोपेर कुरुप बनेर आफ्नो सतित्व जोगाएका थिए ।
हिन्द् वैदिक पौराणिक कालदेखि नै सुन, चाँदी, हिरा, मोती, मणि, माणिक्य, जुहार, पन्नाद्वारा नरनारी सजिने कुरा वर्णन र चलन थियो । मुगल सिद्धान्त हिन्दुत्वको ठीक उल्टो चल्ने भएकोले उनीहरू गरगहना, सौभाग्य सिन्दुर मनपराउँदैन थिए । यो पत्ता लगाइ टाटु खोपेर अस्मिता बचाउने चलन चल्यो । पछिपछि थारु जातिका नारीले आफ्नो जन्मभूमि र सम्पत्ति समेत छोडी नेपालका तराई (गर्मी) स्थान वनजंगल झाडीतिर आइ बस्न लागे । त्यतिबेला हातपाउका गहनाको यादमा बाला, कल्लीका रुपमा चुराका रुपमा गहनाका आकृति खोपेर मन बुझाउन लागे । यसरी आयतित भएर आएको संस्कृतिलाई तँ भन्दा म के कम भन्नेजस्ता प्रतिस्पर्धा गरिआएका शरीरका गोप्य तथा संवेदनशील अङ्गका सानिध्यमा टाटु खोप्ने चलन विकास भएको छ ।
केवल टाटुको मात्र कुरा नगरौँ, युवा युवतीहरूमा उर्लिरहेको कामोष्णता, वैंसालु रागले ‘नमच्चिने पिङ्को सय झड्का’ भने जस्तै कपालको कटिङ र रंगिनता एवं टाउको खौरेर सेठ्ठी बन्ने अनि बोकेदाह्री झुस्स पाल्ने । जुँगा खौरने, दाह्री पाल्ने जस्ता प्रचलन बढिरहेको छ । म उनीहरूसँग प्रश्न गर्दछु “ए नानी बाबुहरू ! के यो देशमा भएका प्राध्यापक, डाक्टर, ठूलो पद सम्हालेका प्रशासक, मन्त्री, न्यायाधीश, कुलपति, उपकुलपति, ज्ञानी ध्यानी तपस्वी, पण्डित, वैद्य धनी, धानढ्य उद्योगपति जस्ता अनगिन्ती मानिस विभिन्न टाटु र नग्रेमुन्द्रे, अनि हेयर कटिङ र रंगका सजावटले नै उच्च पदस्थ बन्न सफल भएका हुन् त ?
अनामणिजीले ‘टाटु’ बालउपन्यासबाट बालक एवं युवा समाजलाई मीठो शैली र सरल तरिकाबाट ‘टाटु’ को खोपनले हुने हानी, मृत्यु र पारिवारीक संरचनामा बिछोड एवं आजका टाटु प्रिय अल्लारे भोलि उच्च पदस्थ बन्न पुगेपछि आएको लज्जा, हल्कापनि जस्ता कुरा दर्शाउन पात्र र तिनका कथानक भूमिका समेत काल्पनिक आख्यान बनाइ यो ‘टाटु’ उपन्यास सम्पन्न गर्नुभएको छ ।
यसलाई सबै पाठक वर्गले राम्रोसँग अध्ययन गरि आफ्ना नानी बाबुहरूलाई यो टाटु कुनै समयको बाध्यात्मक उपज हो । आज त्यो युगले धेरै फट्को मारिसक्यो । यो युग भनेको शिक्षा र विज्ञानको युग हो । अहिले आफ्नो परिचय स्थापना गर्न असिमित सोच र शक्तिको विकास गरी नवयुगमा प्रवेश गर्नुपर्छ भन्नेजस्ता सुझाव दिई नकारात्मक फेसनबाट बालबालिकालाई मानवीय सचेतना ल्याउन प्रयास गर्नुपर्छ ।
‘हुने विरुवाको चिल्लो पात’ भनेजस्तै बालबालिका पनि ठूलो उद्देश्य लिएर बालकैपनदेखि विचारवान असल मानिसको संगत गरी अर्ति उपदेश मानी अगाडि बढ्नु पर्दछ । अन्तमा यो पुस्तकले बालकसुलयताको यस कीर्ति पाओस् । धेरै भन्दा धेरै पाठकले पढेर आफ्नो गन्तव्य सपारुन् । अस्तु ।
दोस्रो पुस्तक “नेपालको पहिलो भू–उपग्रह” आफ्नो वैज्ञानिक युगमा विश्वका धेरै विकसित राष्ट्रहरूले अन्तरिक्षयान, रकेटका माध्यमबाट ग्रह नक्षत्रको खोज अनुसन्धान गर्न लागेको साठीयौँ वर्ष भैसक्यो । यो भूगोलको पिण्डभन्दा लाखौलाख गुना ठूलो महासागर नै अनन्त आकाश रहेछ । यसको अन्त्य मध्य र आदि पनि छैन । गगने गगनाकारम्–सागेर सागरोपम’ वा.रा.मा उल्लेख गरिएको छ । अर्थात् आकाश कत्रो र कस्तो छ ? आकाश–आकाश जत्रै छ र आकाश जस्तै छ । सागर र सगर पनि उपमा दिने अर्को वस्तु छैन । अनुपमेय छन् । नील आर्मष्ट्रङले चन्द्रमामा पाइला टेकेको पनि पचास वर्ष भैसक्यो ।
यस्तो नवयुगमा २०७६/०१/०५ का दिन नेपालले ‘नानो स्याटेलाइट’ प्रथम भू–उपग्रह अन्तरिक्षमा पठाएको कुरा र्रत्नप्रसाद अनामणिले सचित्र विवरण प्रस्तुत गर्दै बाल उपयोगी यो पुस्तक प्रकाशन गर्नुभएको छ । वैशाखमा ४ गतेदेखि ७ गतेसम्म रेडियो, टि.भी. र पत्रपत्रिकामा यो खबर प्रकाशित भएको थियो । तर भू–परिवेष्टित नेपालका मेची–महाकालीभित्रका सात प्रदेश सतहत्तर जिल्लामा बसोबास गर्ने आ–आफ्ना दैनिकी समस्याहल गर्नतिर चटारिँदै सुस्केरा हालिरहेका नेपाली नागरिकले कसले कति ध्यान दिए होलान् ? टोटल नागरिकमा २०% वृद्धवृद्धा, १५% शिशु बालबालिका, २०% युवासमाज, १५% विदेश, रोजगारी धन्दा, बाँकी ३०% मा १५% घर खेती व्यवसाय १५% राजनीति र कर्मचारी तन्त्रमा ।
राष्ट्र राष्ट्रियता, राजनीति, विज्ञान अनुसन्धान जस्ता विषयमा ज्यादै न्यून प्रतिशत मात्रलाई चासो छ । यस्तो परिपेच्क्षमा यो पहिलो भू–उपग्रहबारे लेखिएको पुस्तक त करिब १ लाखप्रति छापिनु पर्छ र प्राय घरघरमा पुग्नुपर्छ ।
अनामणिको भू–उपग्रह निर्माणसम्बन्धी ६९ वटा प्रश्न तयार गरेर त्यसको तौल आकार–प्रकार क्षमता–उपयोगिता, प्रतिस्पर्धाता–प्रक्षेपण–स्टेशन उचाइ, लम्बाइ, चौडाइ, काम, प्रयोजन, अनेकानेक, विषयमा सरल तरिकाबाट आजका विज्ञान र प्रविधिसँग सम्बन्धित बालबालिकाहरूलाई सहज ज्ञान हुन सकोस् भनी जिज्ञासा र समाधान दुबै क्षेत्र समेटेर यो पुस्तक प्रकाशन गरेका छन् ।
नेपालले विकासको गतिविधिमा लम्कदै कछुवाको गति लिइ रहेको भएपनि २०७६ को सुरुवातसँगै अन्तरिक्ष यात्रा गर्ने नानो स्येटलाइट पठाएर आकाशीय पिण्ड परीक्षण गर्ने सम्मको लामो फड्को मारेको छ । प्रतिस्पर्धात्मक पहिचानको होडबाजीमा नेपाल पछाडि नै पुगेर भनेपनि आफ्नो अनुहार देखाउन थालेको छ । अन्तराष्ट्रिय खेल जगतमा नेपालका खेलाडीले म्याराथोन, कपड्डी, क्रिक्रेट भारातोलन, कुस्ती र पौडी जस्ता खेलमा अग्रसरता काम गरी संसारमा नेपाल चिनाउन प्रयास गरे । भ्रमण र पर्वतारोहणमा तेञ्जिङ नोर्के शेर्पा देखि सुरु गरी पासाङ्ल्हामू शेर्पाले नारी जगतको परिचय स्थापित गरिन् । अभ्यासको क्रम बढाउँदै विना अक्सिजनको सफल आरोहण र समयावधि समेतको प्रतिस्पर्धा गरी २१–२२ घण्टामै सगरमाथाको तालु टेक्नेसम्म शेर्पाले नेपाल चिनाए ।
पूर्वीय दर्शन वैदिक धर्म प्रचार गर्ने क्रममा नेपाली सन्तमहन्तहरू युरोप अमेरिका पुगे पुग्दैछन् । साहित्यका क्षेत्रमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले अन्तराष्ट्रिय जगतमा पुगेर नेपाल चिनाए । अहिलेसम्म ८१ मुलुकले विभिन्न क्षमता र तौलका स्याटेलाइटहरू अन्तरिक्षमा पठाएका छन् । तीमध्ये नेपाल पनि अन्तरिक्षमा उपस्थिति जनाउन सक्ने भयो । स्याटेलाइट सम्बन्धी अध्ययन नै गरी निर्माण र प्रक्षेपण एवं ग्राउण्ड स्नेशन बनाउने नेपाली वैज्ञानिक शिक्षार्थी बनेपाका राकेश चन्द्र प्रजापति, मंगल ग्रहमा पानी भएको जनाउने लुजेन्द्र ओझा, जितेन थापा राकेश थापा, सौरभ पौडलहरूलाई लाखौँ धन्यवाद दिँदै अब नेपाली सुस्ताउने बेला छैन । जाग, उठ, अघिबढ देशको मुहार हसाउँन् । अन्तमा भू–उपग्रहको बारेमा पुस्तक लेखि अध्ययनशील बालबालिका लगायत जिज्ञासु जगतलाई जानकारी गराइ हौसला जगाउने लेखक संकलक रत्नप्रसाद अनामणिजीलाई हार्दिक साधुवाद प्रदान गर्दछु । अस्तु ।
तेस्रो कीर्ति – कथा कसरी लेख्ने ?
काभ्रे जिल्लाको बनेपा नालामा पहिलोपटक आँखा खोलेका रत्नप्रसाद अनामणि यसै वर्षको आश्विन ६ गतेदेखि दोस्रो पराद्र्धमा उक्लेर जीवनको गति चुल्याउँदैछन् भने आयुको सीमातर्फ हेर्दा उत्तराद्र्धतर्फ ओर्लदै पनि छन् । समय परिस्थिति र वातावरणसँग संघर्ष गर्दै जाँदा जीवनमा तिखार र निखार दुबै आउँदछन् । रत्नजीको साहित्यिक विधामा कथा लेखनभन्दा ‘हाइकु, मुक्तक, गजल, गीत, कविता, इतिहास, मठमन्दिर, जात्रा मात्रा आदि संस्कार, लोकलय र बाजाका तालसम्बन्धी विषयमा बढी रुचि र लगनशीलता देखिन्छ ।
तर उनले बालकथा सङ्ग्रहमा उग्रचण्डी नालाको कथा जो धार्मिक जन–श्रूतिधका आधारमा चलेको छ र कथा गोविन्दको (बालकथा) एउटा गोविन्द नामको बेवारिसे टापपको केटासम्बन्धी कथा सिर्जना गरी बालसाहित्यको यात्रामा अगाडि बढाइएको छ । आफूले कथा थोरै नै लेखेपनि कथा लेख्ने अभिप्राय बोकेका लेखकहरूलाई राम्रो खुराक प्रस्तुत गरेका छन् ।
कथाको विषयवस्तु, शीर्षक, सत्यता, घटना, शैली वस्तुको अविच्छिन्न श्रृङ्खला, पात्र छनौट तिनका व्यवहार, मनछुने खालका अभिव्यक्ति, भाषा, अर्थ, लक्षणा, व्यञ्जना, अभिधा, व्यङ्ग्य, अर्ति, उक्ति, उखान, टुक्का र अन्तिम परिणाम ठोस निष्कर्ष जस्ता विषयवस्तुलाई सापेक्षित गर्दै कथा लेख्नुपर्छ ।
तर जन्मनु अगावै नाम र लक्षणको परिधि तयार गरी इट्टा वा टायलको फर्मा–फर्मा अनुरुप वस्तु वस्तुको पृथगीकरण गर्ने वा तयार भएको वस्तुकोे मूल्याङ्कन गरी त्यसमा भएका गुण अवगुण वा कलाकारिता, रङ, बुट्टा, आदिको वर्णन गर्ने भन्ने कुरामा फरक पर्न जान्छ ।
कोही लेखक आफ्ना लेखलाई विधागत फर्माका ढाँचा अनुरुप हुन नसक्दा लेख्दै च्यात्दै फाल्दै गरेर पछि परेका हुन्छन् भने कोही कवि आफ्नो प्रतिभा स्फुरण भएका बखत दनादन लेख्न काम गर्दछन् र समय पाएका वा परेका बखतमा परिष्कार गर्दै फर्मामा मिलाउँदै सिर्जनाका नौला रुप दिन्छन् । यी दुई प्रकारमध्ये तपाईँ लेखक कुन धारामा पर्नुहुन्छ ! वासत्यै नै मूलभूत कुरा हो ।
जे होस् अनमणिले समालोचनात्मक पद्धति केलाएर सरल ढङ्गबाट कथा लेख्ने विधान यस ‘कथा कसरी लेख्ने ?’ भन्ने सूत्रात्मक पुस्तकबाट बालक प्रतिभादेखि सबै कथाकारको मनमस्तिष्कलाई छुनु भएको छ । कथाका विभिन्न वर्गीकरण गर्दै प्रारम्भिक प्रस्तुति, मध्यभागको अन्तरवस्तु र अन्त्यतिरको कथाले निर्देशन गरिने विषय वा शीर्षकको स्पष्टोक्ति सबै मिल्नुपर्छ भनिएको छ ।
अन्त्यमा केही त गरौँ भन्ने मनसाय लिएका नवप्रतिभाहरूमा जोस जाँगर हौसला र कसी पनि समावेश गरी तयार पारिएको यस लेखकीय आचार संहिताले साहित्यका कथा विधा छनौट गर्ने लेखक र लेखलाई मनोहारी अभिव्यक्ति प्रदान गर्न सकोस् अनामणिको प्रेरणाले साकार रुप लिओस् । अस्तु

मङ्ल, कार्तिक १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

पुस्तकको नाम : ख्वबि झसुका विधा : कविता  संग्रह लेखक  : तिलक प्रकाश प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख: संस्करण : पहिलो पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/- आवारण :केदार जोशी मुद्राक : भाषा : नेवारी कम्प्युटर सेटिंग: अगिब बनेपाली पृष्ठ संख्या : ६८ +३०    पृष्ठ पुस्तकको साइज : दिमाइज ISBN NO.:...

पहिलो बालआत्मकथा

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।” * गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ४ / आमाको खोजी

पुस्तकको नाम : आमाको खोजी विधा : लघु कथा संग्रह लेखक  : डा.गणेशकुमार पौडेल प्रकाशक :जनमत  प्रकाशन नेपाल बनेपा ,काभ्रे संस्करण : पहिलो पुस्तकको मुल्य : २००/-  संस्थागत ०००/- आवारण : मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ७६ +२२   पृष्ठ पुस्तकको साइज : स्मार्ट ISBN NO.: 9937924672 रचना संख्या : ७५ भूमिका लेखक : डा.पुष्करराज...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.३ / समयको आवाज

पुस्तकको नाम : समयको आवाज  विधा : संस्मरण संग्रह लेखक  : ठाकुरप्रसाद अधिकारी प्रकाशक : ट्रिनिटी  प्रकाशन प्रा लि.,काठमाडौँ संस्करण : पहिलो पुस्तकको मुल्य : २७५  /-  संस्थागत ०००/- आवारण : रमेश पौडेल मुद्राक : कम्प्युटर सेटिंग:शैलेश श्रेष्ठ पृष्ठ संख्या : १९० +१०  पृष्ठ पुस्तकको साइज : डिमाइज ISBN NO.: 9789937905978 रचना संख्या : २५ भूमिका लेखक :पुस्तक ...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न.२ /अक्षर बिम्बमा लेखिकाहरु

पुस्तकको नाम : अक्षर बिम्बमा लेखिकाहरु (खण्ड १ )   विधा : लेखिका परिचय+लेखहरु संकलन तथा सम्पादन : मोहन दुवाल प्रकाशक : जनमत प्रकाशन,बनेपा संस्करण : पहिलो पुस्तकको मुल्य :  ११११ /-  संस्थागत ०००/- आवारण : सुन्दर श्रेष्ठ मुद्राक : कम्प्युटर सेटिंग:श्रीकृष्ण बादे पृष्ठ संख्या : ५२८+८ पृष्ठ पुस्तकको साइज : A 4 ISBN NO.: 9789937924641 रचना संख्या...

अनामणिका चम्ल्याहा बाल कृति

बाल साहित्य विषय उठान कुराकानीमा साह्रै नरम, लगनशीलताका पक्षमा कछुवा जस्तो बिस्तारै अघि बढिरहने नजानिँदो साहित्यिक व्यक्तित्वको नाम हो – रत्नप्रसाद अनामणि श्रेष्ठ । पुख्र्यौली घर काभ्रेपलाञ्चोकको नालालाई मनबन्धकीमा राखेर उहाँ बसिरहनु भएको छ काठमाडौँस्थित गोङ््गबुँको टोखा नगरपालिकामा । सडकको धुलो र कसिङ््गरले ढाकिराखेका साना ठुला सबै आकार...