संस्कृति/धर्म

टोकियो कोउतोकु स्थित दान्चीहलमा म्ह पुजा सम्पन्न

-श्याम क्षेत्री


टोकियो / जापानमा क्रियाशिल संस्था नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदनप्रधान तथा सामुहिक म्ह पूजा कार्यक्रम सम्पन्न गरेको छ । टोकियो कोउतोकु स्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य जातको लगायत जापानीहरूको पनि सहभागी रहेको थियो । कार्यक्रमको सुरूवात नेपाल सम्वतको प्रवर्तक समाजसेवी शंखधर शाख्वको तस्बिरमा माल्यार्पणसँगै दीप प्रज्जवलबाट गरिएको थियो । संस्थाको संस्थापक अध्यक्ष माधव नारायण मानन्धरद्धारा नेपाल सम्वत ११४० को शुभकामना व्यक्त गर्दै म्ह पुजामा सहभागी हुन आउने सबैलाई स्वागत गर्नुभएको थियो । त्यस लगतै नेवारी परम्परा अनुसार म्ह पुजा सुरू भएको थियो । बयस्क र बालबालिका सहित गरेर झण्डै साठी जनाको सहभागिता रहेको यस सामुहिक म्ह पुजालाई दुई चरणमा गरिएको थियो । नेवारी खाना र पियपदार्थको समेत व्यवस्था भएकोले नेपालमै बसेर नेवारी भोज खाँदै म्ह पुजा गरेको जस्तो जस्तो अनुभव भयो अमेरिकाबाट केही समयको लागि जापान आउनुभएकी रमिता (बदे) श्रेष्ठले जनाउनुभयो ।

नेपाली मध्येको नेवार जातीको यो परम्परा जहाँ शरीरको पुजा गरिन्छ पहिलो पटक अनुभव गर्न पाए , टोकियो बाहिर गिफुबाट सहभागी हुन आएकी जापानिज आगन्तुक कियोमी आमानोले जनाउनुभयो । कार्यक्रममा सधै सहभागी हुने आगन्तुकहरू रमाउने त भएनै पहिलो पटक सहभागी हुने आगन्तुकहरू पनि निकै उत्साहित देखिन्थे । जापानमा पनि यसरी सामुहिकरूपमा म्ह पुजा गर्न पाउँदा नेपालको न्यास्रोपन हटेको छ भन्दै आयोजक संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्तिम चरणमा नेवारी गीत संगितमा नाचगान गरी निकै रमाईलो साथ यस वर्षको म्हँ पुजा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल एक बहु—भाषिक, बहु—जाति अनि बहु—संस्कृतिले सम्पन्न देश हो । त्यस मध्ये विभिन्न कला संस्कृतिले धनि नेवार समुदयाको स्वन्ती (तिहार) अथवा म्ह पूजा एक ठूलो पर्व हो । म्ह पूजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगाएत स—परिवार तथा आफन्तजनको पुजा गर्ने गरिन्छ । म्ह पूजा देखि नेपाल संवत अर्थात नयाँ वर्ष पनि यसै दिनबाट सुरू हुन्छ ।

जापानमा रहेर पनि आफ्नो कला संम्कृतिलाई जगेर्णा गर्नुपर्छ , आफ्नो सन्ततीलाई पनि देखाउन र सिकाउनुपर्छ साथै नेवार समुदायलाई मात्र होईन अन्य जातजतिका नेपाली र जापानीलाई समेत परिचय दिँदै जानुपर्छ भन्ने उदेश्य सहित यस संस्थाको स्थापनाकाल देखिनै हरेक वर्ष गर्दै आएका छौ संस्थाको अध्यक्ष दीपरत्न शाक्यले जनाउनुभयो । म्ह पुजाको दिनमै यो कार्यक्रम किन नगरेको भन्ने प्रश्नमा नेपालमा गरिने दिनैमै गर्दा बिदेशमा बिदा मिलाउन धेरैलाई समस्या हुने र सहभागिता कम हुने , साथै त्यस दिन धेरैले आफ्नै घरमा पनि गर्ने भएकोले सहभागीहरू संख्या न्युन हुने भएको र बिगतमा नेपालमा गरेकै दिन गर्दा खासै व्यक्तिहरू सहभागी नभएको तितो अनुभव समेत रहेकोले तिथि अनुसारको दिनमा नगरेर म्हँ पुजा सकिएको पहिले शनिवार या आईतवार गर्ने गरेको संस्थाको महा सचिव शिव तण्डुकारले जनाउनुभयो । नेवाः अन्तराष्ट्रिय फोरम जापानले वर्षै भरी विभिन्न संस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको छ ।

म्ह पुजा बाहेक दशैं कार्यक्रम , बुद्ध जयन्ति कार्यक्रम, क्वाटी पुन्ही कार्यक्रम गर्ने गरेको छ । साथै नेवारी परम्परामा बालिकाहरूलाई गर्नुपर्ने बेल विवाह अर्थात “इही” कार्यक्रम पनि गर्ने गरेको जानकारी संस्थाकी निवर्तमान अध्यक्ष गंगा डंगोलले दिनुभएको थियो ।

मङ्ल, कार्तिक १९, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा हरेक घर घरमा तुलसीको पुजा गरि मनाइन्छ

 हिन्दु धर्म अनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्ने भएकाले यस दिनलाई हरिबोधनी एकादशी भनिएको हो। यसै दिन भगवान् विष्णुको तुलसीरूपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसी विवाह पनि गरिदिने चलन रहेको छ। भगवान् विष्णुको प्रतीकका रूपमा...

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन शुक्रबार खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दुध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइने गरिन्छ । दिनभर उपवास बसेका ब्रतालुले साँझ नियम निष्ठाका साथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यलाई खान दिने गर्छन्...

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष...