शिक्षा

डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित


जनकपुरधाम । डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित भएकी छन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेको हो । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरी मा रिसर्च टेक्नोलोजिस्ट का रुपमा कार्यरत छिन्।

सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा पीएचडी गरेदेखि उनी नासामा कार्यरत छिन् । साहले नासामा आवद्ध भएको ५ वर्षमै अत्यन्तै महत्वपूर्ण योगदान दिएका कारण यो अवार्ड प्राप्त गरेकी हुन् । नासाका कुनै कर्मचारीले नासामा आ वद्ध भएको पहिलो १० वर्षमा नासाको मिशनका लागि असामान्य तथा अत्यन्तै महत्वपूर्ण योगदान दिएको खण्डमा यस्तो अवार्ड प्रदान गरिन्छ ।

साहले माटोको मोस्चर मापन, आद्रभूमि, हिउँको गहिराई र समुन्द्री सतहको गुणको मापनका क्षेत्रमा विशेष योगदान दिएकी थिइन् । नेपालकी मधेशी रश्मीले अमेरिकामा गएर यो उपलब्धी हासिल गरेपछि उनलाई बधाई दिनेको ओइरो लागेको छ । डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् ।

बिहि, कार्तिक २१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

वेद, ज्योतिष पुरस्कार प्रदान र छात्रवृत्ति स्थापना

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय पिण्डेश्वर विद्यापीठ, विजयपुर, धरानबाट शास्त्री तहमा वेद र ज्योतिष विषयमा अध्ययनरत् र सो विषयमा सर्वोत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने छात्र–छात्राका लागि पच्चीस–पच्चीस सय रुपैयाँको छात्रवृत्ति प्रदान गरिने भएको छ । काठमाडौं निवासी उमेशप्रसाद दाहालले संस्कृत भाषाको अध्ययन–अध्यापनमा योगदान पु¥याउने उद्देश्यले...

शशी देवी प्रोत्साहन पुरस्कार रितेश मल्ललाइ

काठमाडौं – अन्तराष्ट्रिय मातृभाषा दिवसको अवशरमा रत्नराज्यलक्ष्मी क्याम्पसमा फागुन ११ गते आइतबार प्रथम पटक शशी देवी प्रोत्साहन पुरस्कार रितेश मल्ललाई प्रदान गरिएको छ । वि.सं. २०७४ सालमा स्नातक तह बी.ए. प्रथम बर्षमा नेपाल भाषामा सर्वोकृष्ट अंकका साथ सम्पूर्ण विषय उत्र्तीण भएको आधारमा पुरस्कार वितरण गरिएको...

हिजोलाइ भुलौ आज र भोलिका लागि सोचौ ===बिनोद कोइराला

फागुन १०, काठमाडौं : पटक पटक सरकारमा नै रहेको आफ्नो दल नेकपा भित्रैका नेताहरुका विभिन्न काण्डहरु बाहिंरिदै गर्दा उक्त पार्टिका नेता तथा कार्यकर्तालाई चिन्तित पनि गराउने गरेको देखिन्छ । त्यस्तै नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू का नुवाकोट सह संयोजक बिनोद कोइरालाको भनाई सान्दर्भिक देखिएको छ...

स्ववियु निर्वाचन

आस्थाको धरोहर आँखै अघि ढलेको हेर्न कहाँ पो सकिन्छ र । घाम छाया जस्तै लुकामारी चल्दै गरेको नेपाली राजनितीले पुर्णिामाको रातमा मात्रै हैन,औँसिको रातमा पनि आकाशको तारा नियाल्दै छ । कुरो बुजि हाल्नु भो यतिखेर  नेपाली युवा तथा विद्यार्थी राजनीतिमा गरागरम बहस चलिरहेको छ, स्ववियु...

इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित

माघ, काठमाडौं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएको अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र...

फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए। परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ। ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको...