समिक्षा

पहिलो बालआत्मकथा

-पुष्कर अथक रेग्मी,पाल्पा


हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।”

* गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको एउटा सशक्त बालसाहित्यको दस्तावेज हो भनी दामोदर ढकाल ‘दीपक’ ले प्रकाशकीयमा लेख्नुभएको छ ।

*आत्मकथा ठूलो अनि प्रसिद्ध व्यक्तिको मात्र होइन प्रत्येक मान्छेको उत्तिकै रोमाञ्चक र शिक्षादायक हुन्छ । त्यसै हेतुले मैले एक अनाथ बालकको आत्मकथा लेख्ने जमर्को गरेको छु ।” भन्ने अभिव्यक्ति लेखक अनामणिले दिएका छन् ।

*पितृमातृ विहिन एउटा टुहुरो बालकको कथालाई मार्मिक ढङ्गले प्रस्तुत निम्नबर्गीय बालबालिकाको मनोक्तिान बुझ्न सजिलो यस कृतिलाई सबै बालबालिकाहरूले अभिरुचि राखी पढ्नेछन् भन्ने अभिव्यक्ति डा. शैलेदुप्रकाश नेपालको रहेको छ ।

* मेरो नाम गोविन्द हो । मेरो घर चितवन मेघौलीमा पर्छ । मेरो एउटा दाजु हुनुहु्न्छ । मेरो दाजुको नाम मोहन तामाङ हो । म सानै हुँदा मेरो बाबा आमा बित्नुभएको रे ! दाजुले भन्नुहुन्थ्यो । उहाँहरू के कारणले बित्नुभयो त्यो मलाई थाहा भएन, भन्दै गोविन्दले कथा उठान गरेका छन् । जब मैले काम गर्ने न्यू पार्वती चाँदनी होटल  साहूले बेचिदिए । त्यसपछि म माथि ठूलो ब्रजपात प¥यो । नयाँ होटलको साहूले मलाई राखेनन् । त्यसपछि म मेघौली गए । घरमा दाजुले भाउजू भित्र्याउनु भयो । भाउजुले आफ्ना छोराछोरी पाएपछि आमाको जस्तो माया बिस्तारै मबाट भतिजा भतिजीहरूमा सरे जस्तो लाग्यो । के संसारमा माया देखावटी हुँदै गएको हो त ? गोविन्दले आफैंलाई प्रश्न गर्दथे ।

*मलाई टीका मन पर्दैन । मैले आजसम्म भाइटीका लगाएको छैन । एक पटकको तिहारमा लङ्गुर बुर्जा खेल्दा मैले दुई हजार रुपैयाँ जिते । मैले सँगालेर राखेको छु । आशावादी हुँदै गोविन्द भन्छन्, “कुनै दिन मेरो पनि पालो आउँछ । जसरी पनि मेरो पक्षमा इतिहास हुनेछ ।”

* तेह्र चौध वर्षकै उमेरमा ड्राइभरसँग पोइला गएको मेरी दिदी क्रिश्चियन भएको थिई । हाम्रो घरमा हिन्दू धर्म संस्कृति भएको कारणले आजसम्म फर्केकी छैनन् । के क्रिश्चियनहरू हिन्दूको घरमा आउँदै आउनुहुन्न । त्यसो भए यो हिन्दूको देशमा क्रिश्चियनहरू चाहीँ किन आएका होलान ? गोविन्दले गम्भीर प्रश्न उठाउँछन् ।

*म तामाङको छोरा भएतापनि मलाई तामाङ भाषा आउँदैन । मेरो बाबा तामाङ र आमा राई भएकोले होला । अन्तर जातीय विवाहको कारणले नेपालमा मातृभाषा नै लोप हुने हो कि जस्तो पनि लाग्छ । गोविन्दले भाषाप्रतिको चिन्ता प्रकट गर्छन् ।

*मैले एकपटक पौडी खोल्दाखेर अशिष भन्ने साथीलाई नाकबाट रगत आउनेगरि हिर्काएको छु । साथीको लहलहैमा लागेर निशा भन्ने केटीलाई जिस्काएको छु । यी दुबै कुरा बाहेक मैले अब कुनै नकारात्मक काम गरेको छैन । गोविन्दले भने ।

*होटलमा काम गर्ने केटीहरूले केटो खोजिदेऊ भन्थे । शुरुमा त यस कुरा बुझेको थिइनँ । पछि सबै कुरा बुझ्दै गए । केटीहरूको हाउभाउ देख्दा मैले चितवनमा कहिलेकाहीँ भागेर फिल्म हलमा हेरको फिल्मी हिरोइन भन्दा कम थिएनन् । कामठाडौँको बढ्दो वेश्यावृत्तिलाई बाल गोविन्दले समेत देखेका छन् ।

*“म काठमाडौँ आउँदा १३ वर्षको थिएँ । परिपक्कता थिइनँ । जसले जे अह्रायो त्यही गर्थे । एकदिन भोकै थिएँ । घाँटीमा मोटा मोटा मालाहरू, हातमा ठाउँमा ठाउँमा टाटु, रुमाल पनि साइजले काटेको, दायाँ बायाँ म जस्तै दुई चारजना केटाहरू लिएर हिँड्ने …………? दाइ जसलाई बसपार्कमा कटु भाइ भनिन्छ । जसले मलाई खाना खुवायो र काठमाडौँमा बाँच्न सिकाउँछु बुझिस् भन्दै लैजानुभयो । गोविन्दले धैर्यको सास फेरें भन्छन् ।” जे भएपनि मलाई कामठाडौँमा टिक्न सक्ने बनाएको कटु भाइले नै हो ।

*अलेक्जेण्डर महानले सबैको सामुन्ने शान्त स्वरमा भने, “जब मेरो मृत्यु हुनेछ, तब मलाई चिहानमा गाड्दा मेरा दुबै हात बाहिर देख्नेगरि गाडिदिनु ।” चेलाहरूले अर्ति दिन भनि एउटा भिखारीलाई बुद्वको सामु पु¥याए । बुद्धले ती भिखारीलाई पेटभरि खाना खुवाए र कुनै पनि प्रवचन वा धर्मोपदेश नगरी प्रेमपूर्वक बिदा गरे । यी दुई प्रेरक प्रसङ्ग लेखक अनामणिले गोविन्दलाई सुनाएका छन् ।

* “धर्मको उपदेशभन्दा ठूलो भोक रहेछ । अपि धर्मभन्दा ठूलो देशको सुरक्षा रहेछ ।” भन्दै गोविन्दले टाउको हल्लाए ।

* अनेक हण्डरठक्कर खादै जारको पानी बोक्ने क्रममा लेखक अनामणिलाई भेटेपछि र मनोव्रिश्लेषणात्मक साहित्यकार अनामणि श्रेष्ठले  पन्ध्र वर्षिय बालक गोविन्दको कथा सुनेपछि यो कृति तयार भएको हो ।

*पन्ध्र वर्षीय भाएका गोविन्द र गोविन्दको आत्मकथा लेख्ने साहित्यकार अनामणि श्रेष्ठले पुनः पन्ध्रपछि फेरि भेट्ने गरेका छन् । अनि लेख्ने प्रतिबद्धता व्यक्त गरेका छन्

*धेरै कुरा बुझ्नका लागि एकपटक कृति किनेर, मागेर, खोजेरै भएपनि पढ्नुपर्छ । कृति गोविन्द जस्ता तमाम अनाथ बालबालिकाको सत्यतथ्य कथ्य आत्मकथा हो । पुस्तक विभिन्न विद्यालयहरूको बालपुस्तकालय पु¥याउन सकिएको खण्डमा असल बन्ने प्रेरणा सबै बालबालिकामा जागृत हुन्छ । उनीहरूले पनि बालआत्मकथा लेख्ने प्रयास गर्नेछन् ।

* बालसाहित्यको क्षेत्रमा सम्भवत यो पहिलो बालआत्मकथा लेखिएको प्रकाशित पुस्तक “कथा गोविन्दको” हुनुपर्दछ । आगामी दिनमा पनि लेखकमा अन्य नवीनतम् शोधखोज र सोचसहितका कृतिहरू प्रकाशित हुँदै जाउन् शुभकामना !

बिहि, कार्तिक २१, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महेन्द्र प्रजापतिको कार्यगत नेवारी गित एक चर्चा

पौराणिक ग्रन्थहरुमा गित ,संगीत र नृत्यका आदि गुरु भगवान शंकरलाई मानिएको छ । भगवान शंकरबाट ताण्डब र पार्वतीबाट लास्य नृत्यको प्रादुर्भाव भएको उल्लेख छ । त्यसै गरी उर्वाशीले भारत नृत्यम्लाइ सिकाइन् भन्ने गरिन्छ ।  प्राचीन मन्दिरहरुमा तथा हस्त लिखित ग्रन्थहरुमा  बिभिन्न हाउभाउमा देवी देवताहरु नाँचिरहेको...

उक्लिएको मान्छे – एक समीक्षा

आर्थिक दृष्टिकोणले एउटा सामान्य परिवार, त्यसमाथि समाजको निकै तल्लो तह । यस्तो परिवेशमा जन्मेको व्यक्तिको लागि संघर्ष एउटा नियतिको रूपमा उत्पन्न हुन्छ । जीवनको हरेक क्षेत्रमा भेदभाव र हीनभावनाको सिकार हँुदै मानसिक वेदना बेहोदै बस्नु पर्ने हुन्छ उसले । यस्तो वातावरणमा यदि यस वर्गमा पर्ने...

‘तँ’ भित्र ‘म’ को विचरण

केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा लागेका छन् दामोदर ढकाल ‘दीपक’ । काम अनुसारको उपनाम ठिक जँचेको...

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह माथि हाइकुद्वारा समिक्षा गर्दा

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह वास्तबमा  लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई गद्य शैलीमा  ४२ वटा साना ठुला  कविताहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र संबेदनशील भएर रचना गर्नु  भएको छ /यस कबिता संग्रहलाई नेपाली साहित्यमा...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

पुस्तकको नाम : ख्वबि झसुका विधा : कविता  संग्रह लेखक  : तिलक प्रकाश प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख: संस्करण : पहिलो पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/- आवारण :केदार जोशी मुद्राक : भाषा : नेवारी कम्प्युटर सेटिंग: अगिब बनेपाली पृष्ठ संख्या : ६८ +३०    पृष्ठ पुस्तकको साइज : दिमाइज ISBN NO.:...

साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कृतिहरु

बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण प्रस्तुत गरिएको एक पुस्तक कम्प्युटर गर्दैको स्थितिमा मैले देखें । उहाँको...