स्वास्थ्य

१३ सयभन्दा धेरैले नयाँ संसार देखे


 काभ्रेपलाञ्चोक कात्तिकेकी ८७ वर्षीया सुकुमाया तामाङ आशै मारिसकेको संसार फेरि प्रष्ट देख्न पाएकोमा अत्यन्तै खुशी हुनुभयो । आँखामा मोतिबिन्दुको उपचारपछि पट्टी खोल्दा धमिलिएको दृश्य बिस्तारै सङ्लिएर देखिएपछि खुशीको आँशु झार्दै उहाँले भन्नुभयो– ‘मेरा लागि त अर्कै संसार देखे जस्तो भयो ।’

२३ वर्षदेखि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा मोतिबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्दै आएको युवा नेत्र सेवा नामक संस्थाले बर्सेनि आफ्नो वार्षिकोत्सवको अवसर पारेर आर्थिक अवस्था कमजोर रहेका बृद्धबृद्धालाई निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्दैआएको छ ।

काठमाण्डौको पश्चिमतर्फको ‘किपुल्चा’ अर्थात् चलनचल्तीको भाषामा किसिपिडीका ६५ वर्षीया न्हुछेमाया महर्जन पनि मोतिबिन्दुको सफल शल्यक्रियापछि नयाँ संसार देखेकोमा दंग हुनुहुन्छ । दिनभरी खेतमा काम गर्नुपर्ने उहाँको आँखामा पनि मोतिबिन्दु भएको थियो । टोलछिमेक नजिकैकी स्वयंसेविकाको सहयोगमा कीर्तिपुर पुगेकी न्हुछेमायाको शल्यक्रियापछि उहाँलाई लिन छोरा पुगेका थिए । आमाको सफल शल्यक्रियापछि दुवै खुशीसाथ फर्किएका छन् ।

संस्थाले हरेक महिना विभिन्न ठाउँमा गएर निःशुल्क आँखा जाँच शिविर चलाउने गरेको छ । शल्याक्रिया नै गर्नुपर्ने बिरामीलाई कीतिपुर नगरपालिका अन्तर्गतको श्रीकीर्ति नगरमण्डप महाविहारमा ल्याएर शल्यक्रिया गरिन्छ । त्यसपछि औषधी दिएर आवश्यक परामर्शपछि सम्बन्धितका घर–ठेगानामा पुर्‍याइदिने गरिएको संस्थाले जनाएको छ ।

यसवर्ष २३ औं निःशुल्क मोतिबिन्दु शल्यक्रियाको समापन गरिएको छ । सेवाअन्तर्गत अहिलेसम्म ५३ हजार ३ सय ३६ जनाको आँखा जाँचका साथै १३ सय ४३ जनाको शल्यक्रिया सम्पन्न भएर नयाँ संसार देखेको संस्थाका सचिव रोशनराज महर्जनले जानकारी दिनुभयो । यसका साथै विद्यालय आँखा परीक्षण अन्तर्गत अहिलेसम्म १२ हजार २ सय ७२ जनाको परीक्षण भइसकेको पनि संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सिद्धार्थ रञ्जितले सेवाको सञ्चालन दैनिक ‘एक कप चिया बराबरको पैसा दान’ अभियानबाट भैरहेको र विदेशी दाताहरुबाट पनि प्राविधिक सहयोग प्राप्त भएको बताउनुभयो ।

उहाँले युवा नेत्र सेवाले सबैको सहयोगमा आफ्नै आँखा अस्पताल खोल्ने योजना रहेको जानकारी पनि दिनुभयो ।

सोम, कार्तिक २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बूढापाकाले पनि लगाउनुपर्छ खोप, कुन समयमा के खोप लाउने?

‘सुई’ भन्नेवित्तिकै एक वर्षमुनिकालाई मात्रै लगाइन्छ भन्ने भ्रम छ। तर विभिन्न रोगविरुद्धका सुई सबै उमेरकालाई लगाइन्छ भन्ने कमैलाई थाहा होला। कतिपय मुलुकमा केटाकेटीका लागि मात्रै होइन, युवा, वयस्क र बुढापाकालाई पनि करिब १२ किसिमका खोप अनिवार्य गरिएको छ। स्वास्थ्यअनुसार भ्याक्सिन तीन प्रकारमा विभाजन गरिएको इन्टरनिस्ट डा. महेश...

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै

शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो। प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ। पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल...

काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते

६ कात्तिक, काठमाडौं । काठमाडौंको धर्मस्थलीमा विद्यालयको बरण्डा भत्किँदा ४२ विद्यार्थी घाइते भएका छन् । तारकेश्वर नगरपालिका ३ धर्मस्थलीको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलमा बरण्डामा बसेर खेलकुद गतिविधि हेरिरहेका विद्यार्थी बरण्डा भाँचिएर घाइते भएका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा उपचारका...

“बिजय दसमी तथा सुभ दीपावली हार्दिक मंगलमय सुभकामना र समित होटेलको ३९ औ बार्षिक उत्सबको अवसरमा समित होटेलमा रक्तदान”

समित होटेलको ३९  औ बार्षिक उत्सबको अवसर तथा दशैं र तिहारको बेला हस्पितलहरूमा रगतको अभाव  हुने हुदा त्यसलाई  मध्य नजर राख्दै समित होटल प्रा.लि. को प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समित होटल प्रा.लि. र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा संचालन गरेकोछ उक्त...

नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण

मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य...

नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिए

काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ ।कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २०...