साहित्य गतिबिधि

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक


काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ‘सम्बन्ध सूत्र’ संयुक्त हाइकु सङ्ग्रह १७४ं१६ं४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ ।

पूर्वाञ्चल हाइकु सङ्धबाट प्रकाशित भएको उक्त पुस्तकमा १,५७२ वटा हाइकुहरू समावेश रहेको छ । बेलबारी नगरपालिकाको तर्फबाट र ढाका पराजुली बेलबारी नगरपालिका उपप्रमुखबाट साहित्य र संस्कृति प्रति यसरी पुस्तक प्रकाशित भएकोमा पुस्तकको भूमिकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

कार्यक्रममा वरिष्ठ कवि, गीतकार, साहित्यकार, गायक एवम् हाइकुकार सुरेन्द्र महर्जनुुअमरू लगायत समारोहमा पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकाली, वरिष्ठ साहित्यकार मिश्र वैजयन्ती, चेतनाथ धमला, धनकुटे कान्छा, पून्यप्रसाद खरेलबाट सार्गर्भित मन्तव्य सहित हाइकु वाचन गर्नु भयो भने कार्यक्रम संचालन हेमसागर पोखरेलले गरेको थियो भने हाइकु बाचन ईरान राई, सुमी लोहनी, जे बि. थुलुङ्ग, डा. लोकराज पराजुली, डा. चूडा ढकाल, प्रा. जगत उपाध्याय ‘प्रेक्षित’, रेखा सुवेदी, रामप्रकाश अर्याल ‘अविराम’, रमेश निरौला, रामबाबु दाहाल, नारायण कार्की, लक्ष्मी श्रेष्ठ, खगेन्द्र बस्याल, भीम कुमारी राई, लगायत पुस्तकमा समावेश हाइकुकारहरूबाट हाइकु वाचन गरिएको थियो । कार्यक्रम तिला लेकालीको सभापतित्वमा संचालन भएको थियो । ११६ जना हाइकुकारहरूको रचना सार्वजनिक उक्त ‘सम्बन्ध सुत्र’ (हाइकु सङ्ग्रह) पुस्तकभित्र रहेको छ ।

सोम, कार्तिक २५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड

आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश...

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।

व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ र सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती दुइ दिन मनाए

काठमाडौं, कार्तिक १० र ११ गते । संसाक मासिक ,साहित्यकार खेलकुद समाज नेपाल ,खोज अनलाइन र आधुनिक साहित्य परिषदले दुइ दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती रचनावाचन र देउसी–भैलो खेल्दै मनाइएको छ । पहिलो दिनको कार्यक्रममा संसाकका संरक्षक तथा साहित्यकार डा.सत्यराज थपलियाको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रमका...

प्रज्ञा–प्रतिष्ठानमा दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन

काठमाडौँ, असोज प्रधानमन्त्री केपी शर्मा ओलीले अब हामी एकताको बाटोमा मात्र हैन एकता र सहकार्यको साथ अगाडि बढ्न चाहिरहेको कुरा हालै मात्र महामहिम चिनिया राष्ट्रपति सि जिनपिङको भारत र नेपालको भ्रमणले प्रष्ट पारेको कुरा बताउनुभयो । हामी साहित्य र सँस्कृतिको क्षेत्रमा पनि त्यही सहकार्यको अवस्थालाई निरन्तरता...

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न

काठमाडौँ, असोज ११ गते । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको...

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता,...