परको कुरा


ऋतु अनुसारको आफ्नो उब्जनी ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन नेवार समुदायको आफ्नै पहिचान हो / यो समुदायमा मौसम अनुसारको खानेकुराले शरिरलाई मौसम अनुकुल बनाउने र स्वस्थ हुने जनविश्वास रहेको छ ।यसैको एउटा उदाहरण हो सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) । यस अवसरमा नेवार समुदायले विशेषगरी सकि (पिँडालु), चाकुही (सखरखण्ड) उसिनेर खाने प्रचलन रहेको छ। कार्तिक शुक्ल पूर्णिमाको दिन नेवार समुदायले विशेष रूपमा सकिमिला पुन्हि मनाउने गर्छन्। पिँडालु, सख्खर खण्ड लगायतका कण्डमुल उसिनेर र गेदागुदिहरु भुटेर आफ्नानजिकैको  ईष्टदेवलाई चढाएर खाने गरीन्छ/ पिँडालु व सकरखण्डले जाडोको मौसममा शरीरलाई आवश्यक ताप र तागत दिने जनविश्वास छ। नेपाल संवतअनुसार सकिमना पुन्ही पहिलो पूर्णिमा हो/

सकिमना पुर्णिमा

 

 

पर्वको अवसरमा प्रत्येक टोलमा दाफा भजन गर्दै साँझ मन्दिर अगाडि उसिनेको सखरखण्ड, पिडाँलु, भुटेका मकै, भट्मास र गहुँ, लगायतका बिभिन्न गेडागुडीहरुले विभिन्न देवी देवता तथा मन्दिरहरुको कलात्मक आकृति बनाई प्रदर्शन गर्ने गर्दछ । बेलुका त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको छ । नेवार समुदायमा ऋतु अनुसार आफ्नो स्वास्थ्यको लागि लाभ हुने विभिन्न खाना इष्टदेवतालाई चढाएर खाने चलन छ। गुंपुन्हि (जनैपूर्णिमा)मा क्वाति, यःमरि (मंसिर शुक्ल पुर्णिमा) पुन्हिमा यःमरि खाने चलन जस्तै सकिमिला पुन्हिमा सकि (पिँडालु) र चाकुहि (सकरखण्ड) खाने चलन रहेको संस्कृतिविद् शरद कसाःले बताए।

आजकै दिन उपत्यकाका मन्दिर अगाडि भुटेको अन्न, गेडागुडी आदि राखी विभिन्न आकृति बनाई पूजा गरिन्छ। यसरी गेडागुडीबाट बनाइने आकृतिलाई हलिमलि भनिन्छ। विशेषतः कतिं पुन्हि (कोजाग्रत पूर्णिमा) देखि एक महिने दाफा भजन गर्ने ठाउँमा यसरी हलिमलि प्रदर्शन गरिन्छ। हलिमलि प्रदर्शनपछि भजनकीर्तन गरी पूजा सकेपछि हलिमलिमा सजाइएको गेडागुडी सबैलाई बाँडिन्छ। यसको साथै एक महिने दाफा भजन पनि सकिन्छ। आजकै दिनबाट चोभार मेला र नारायणस्थान मेला पनि सकिनेछ।

।कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्रिकालीन भजनकीर्तन समापन गर्ने दिनको रूपमा यो दिनको महत्त्व छ। नसाः अर्थात् मकै, भटमास, गहुँ र धानको लावाले भगवानका आकृति बनाउने र त्यसैलाई प्रसादको रूपमा बाँडेर खाने चलन छ। यो दिन नेवार समुदायमा आ–आफ्नो टोल टोलमा रहेका दाफा भजन खलःले नसाःबाट आ–आफ्नो टोलमा भएका मठमन्दिर तथा भगवानको आकृति बनाइन्छ। गहुँ बिछ्याएर धानको लावा र कालो भटमासले भगवानको स्वरुप बनाउने र चारैतिर भुटेको मकैले घेरा लगाइन्छ। त्यसमाथि पुरी र माल्पुवाले घेरेर फूलको माला लगाएर दक्षिणा चढाइन्छ। अन्त्यमा दियो बालेर भजन किर्तन गाइन्छ।  यो दिन प्रत्येक घरमा एक एक जना व्रत बसी विभिन्न ठाउँका नारायण र महादेव मन्दिरमा गएर पूजा गर्छन्। पूजामा मालपुवा, पुरी, नसा, गाईको दूधले बनेको खिर, सुन्तला, बदाम, उसिनेको पिँडालु र सख्खर खण्ड आफ्ना टोलमा भएका देवीदेवता, महादेव र नारायणलाई चढाइन्छ। यसरी पूजा गर्दा प्रसादका रूपमा मन्दिरबाट नसाः लिएर आउने चलन छ। साँझ चन्द्रमा उदायपछि चन्द्रमा र तुलसीलाई गाईको दूध अर्घ्य दिई प्रसाद चढाएर पूजा सम्पन्न गरिन्छ। मन्दिरबाट ल्याएको प्रसाद स्वरुप नसा राखेर घरका सबै सदस्यलाई पिँडालु, सखरखण्ड, मालपुवा र पुरी प्रसाद दिई आषिश लिएर भोजन गर्ने परम्परा छ।  ऋतुअनुसारको भोजन भगवानलाई प्रसादको रूपमा चढाएर मात्र खाने पर्वको रूपमा सकिमना पुन्हीलाई लिने गरिन्छ। पुन्हीको दिन विषेशगरी नारायणको पूजाआराधना गरिने हुनाले नेपाल संवतको बाह्र महिनाको पहिलो पुन्हीमा भगवान् नारायण, लगायत महादेव र आफ्नो इष्टदेवतालाई प्रसाद चढाएर खानाले पुण्य प्राप्तिका साथै शारीरिक शक्ति प्राप्त हुने धार्मिक विश्वास छ।  वर्षभरका बाह्र महिनाको प्रत्येक पुन्हीमा भगवानलाई फरक फरक भोजन प्रसादको रूपमा चढाइने नेवार समुदायको संस्कार र संस्कृति अनुसार कार्तिक शुक्ल पुन्हीको दिन कण्डमुल, खीर र नसाःलाई प्रसादको रुपमा भगवानलाई चढाउने संस्कृतिकर्मी बताउँछन्।  नेवार समुदायले ऋतु अनुसारको उब्जनी भएका अन्न पहिला आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन पिँडालु, सख्खर खण्ड, नसाः लगायतका भोजन प्रसादको रूपमा चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताए। यसले शरिरमा तागत दिनुका साथै शरिर स्वस्थ्थ हुने जनविश्वास रहेको उनको भनाइ छ।  अन्नपातबाट बनाएको भगवानको आकृतिबाटै मठमन्दिर तथा भगवानको मूर्तिको विकास भएको पुरोहित एवं संस्कृतिकर्मी हरिशरण राजोपाध्यायले बताए। पुरोहित राजोपाध्ययका अनुसार आदिमकालमा मानिसले अन्नपात उत्पादन गर्न नजानेको समयमा कन्दमूललाई सबै भन्दा पहिलो भोजनको रुपमा ग्रहण गरेका थिए। त्यसपछि अन्नपात उब्जनी गर्न थाल्यो। त्यतीबेलासम्म नेपालको कुनै पनि ठाउँमा भगवानको मठमन्दिरको विकास भएको थिएन। ‘पछि मानिसले त्यही अन्नबाट विभिन्न मठमन्दिर र भगवानको आकृति कोरेपछि बिस्तारै यसको विकसित रूप विभिन्न मठमन्दिरहरुको निर्माण हुन थाल्यो’, उनले भने, ‘त्यसको स्वरुप सकिमना पुन्हीका दिन नसाःमा भगवानको आकृति बनाएर त्यसलाई पूजा गरी कन्दमूललाई प्रसादका रूपमा चढाएर खाने प्रचलन थालेको हो।’

यो दिन विशेष गरेर प्रत्येक टोलमा दाफा भजन र ज्ञानमाला भजन गाउँदै भुटेको अन्न, गेडागुडी आदि राखी विभिन्न आकृति बनाई पूजा गर्ने गरिन्छ ।

 

जनैपूर्णिमामा क्वाति, मंसिर शुक्ल पूर्णिमामा यःमरि खाने चलन जस्तै सकिमिला पुन्हिमा सकि अर्थात् पिँडालु र चाकुहि अर्थात् सकरखण्ड खाने चलन रहेको संस्कृतिविद्हरु बताउँछन् ।

मङ्ल, कार्तिक २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालाका अशोक चैत्य लगायत तिन चैत्यहरु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया अनुसार  बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाडौँ मा रहेको स्वयम्भु  र बौध्दनाथ स्तुपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्। श्री लंकामा चैत्यलाई ‘दागबा’भनिन्छ भने...

नालामा माघे सक्रन्ती

माघे सक्रन्ती आउनु अगाडी नै नालाका मानिसहरु आफ्नो खेत बारीमा रहेको तरुल खनेर घरमा ल्याउन्छ्न / माघ महिनाको प्रथम दिन माघे सक्रन्ती मनाउछन / माघे सक्रन्ती दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र उक्त दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या...

भिजिट नेपाल २०२०

आउनुहोस विश्वका पर्यटकहरु हो मेरो नेपाल हेर्नुहोस यो विश्वको एउटा यस्तो देश हो जसलाई मन्दिरै मन्दिरको देशले चिनिन्छ मेरा पुर्खाले कुनै मुलुकको एक पैसा सहयोग नलिकन थुप्रै कलात्मक मन्दिर र पाटी पौवाहरु बनाए तर आज मर्मत गर्न नसकेर पुन निर्माण गर्न नसकेर हात थापिरहेछ मेरो सरकार राम्ररी हेर्नुहोस ++++++++++++++++ आउनुहोस विश्वका पर्यटकहरु हो प्राकृतिकले दिएको अनुपम हिमालहरु तपाइको महँगो क्यामेराले कैद...

चाहना अनुरुप हाल मिहिनेत र संघर्ष गर्दै छिन सपना बिस्ट

मिस नेपालगन्जका सेकेन्ड रनरअफ हुन सपना बिस्ट । उनी हाल प्रन्जाली वर्ड स्कुल बालाजुमा कक्षा नौ मा पढछिन । भबिस्यमा सफल मोडेल एक्टर बन्ने सपनाको लक्ष्य  छ । हाल उनी विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा पनि भाग लिदैछिन ।भन्छिन एउटा कलाकार बन्ने मेरो चाहना हो ।पढाइसगै म...

भाइटिकामा आउँदैछु दिदी

कंक्रिट जंगलमा हराउंदै बसेको धेरै भो दिदी यसपाली भाइटिका जरुर आउंछु पोहर अलि बढी ऋण अलि  बढी जिम्मेवारी अलि बढी धारे हात लाउने धेरै थिए ####### परार सालको तिहारको दिनमा खेलेको जुवाले पोहर तिहार मनाउन पाइन दिदी सदा त्यो जुवा तासलाई तिलान्जली दिएर यस पालि शुभ तिहार मनाउन आउंदै छु फेरिएको इच्छाका काँचुली देखाउन       ...