साहित्य गतिबिधि

व्यथित सिन्धु प्रतिभा सम्मान अर्पण कार्यक्रम सम्पन्न।


व्यथित सिन्धु प्रतिभा सम्मान कोषले २०७६ सालको व्यथित सिन्धु प्रतिभा सम्मानबाट जनकवि श्री दुर्गालाल श्रेष्ठ सिन्धु प्रतिभा सम्मान कवि श्री रामेश्वर राउत मात्रिदासलाई प्रदान गरेको छ। आज साहित्य सदन नेपाल, का. म. न. पा. ६, वौध्द काठमाडौमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति माननीय श्री गंगाप्रसाद उप्रेतिले नगद भेटी सहित उक्त सम्मान अर्पण गर्नु भएको हो।
कार्यक्रमा कूलपति उप्रेति प्रमुख अतिथि, प्राज्ञ जगत प्रेक्षित र प्राज्ञ डा. हेमनाथ पौडेलको उपस्थिति रहेको थियो। भारद्वाज मित्र को सभापतित्व र त्रिलोचन आचार्यले सञ्चालन गरेको उक्त समारोहमा प्रलेसका अध्यक्ष डाक्टर जिवेन्द्रदेव गिरी, महाकाव्यकार रमेश खकुरेलले वधाई तथा शुभकामना, संस्थाका सचिव श्री मोहन दुवालले सम्मानित प्रतिभाको परिचयात्मक चर्चा, डा. तुलसी भट्टराईले कवि व्यथितको साहित्यिक योगदानको बारेमा प्रकाश पार्नु भएको र संस्थाका सदस्य श्री गम्भीर लाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रममा कविहरू डा. रामप्रसाद ज्ञवाली, डा. विदुर चालिसे, गंगा पौडेल, गीता सापकोटा, आर. एम. डंगोल र जगन्नाथ आचार्यले कविता वाचन गर्नु भएको थियो । साथै सो समारोहमा समाजसेवी तथा गायक आनी छोइङ् डोल्माले गीत प्रस्तुत गर्नु भएको थियो।

सोही कार्यक्रमा साहित्यकार भारद्वाज मित्रले ” जनमत- मित्र अनुवाद राष्ट्रिय सम्मान“को लागि रू. ११ १ १११/-को अक्षय कोषको घोषणा गरी जनमत वाङ्मय प्रतिष्ठानबाट सञ्चालन गर्न साहित्यकार श्री मोहन दुवाललाई हस्तान्तरण गर्नु भएको छ ।

मङ्ल, कार्तिक २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड

आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश...

हाइकु सङ्ग्रह ‘सम्बन्ध सूत्र’ सार्वजनिक

काठमाडौं / नेपाली साहित्यमा सबैभन्दा छोटो सिमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरि तीन हरफमा जम्मा १७ अक्षरमा लेखिने वातावरण अनि रितुबोधक, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शव्द रहेको जापानी शैलीको लधुतम् विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती दुइ दिन मनाए

काठमाडौं, कार्तिक १० र ११ गते । संसाक मासिक ,साहित्यकार खेलकुद समाज नेपाल ,खोज अनलाइन र आधुनिक साहित्य परिषदले दुइ दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्ती रचनावाचन र देउसी–भैलो खेल्दै मनाइएको छ । पहिलो दिनको कार्यक्रममा संसाकका संरक्षक तथा साहित्यकार डा.सत्यराज थपलियाको सभापतित्वमा सम्पन्न गरिएको थियो । कार्यक्रमका...

प्रज्ञा–प्रतिष्ठानमा दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन

काठमाडौँ, असोज प्रधानमन्त्री केपी शर्मा ओलीले अब हामी एकताको बाटोमा मात्र हैन एकता र सहकार्यको साथ अगाडि बढ्न चाहिरहेको कुरा हालै मात्र महामहिम चिनिया राष्ट्रपति सि जिनपिङको भारत र नेपालको भ्रमणले प्रष्ट पारेको कुरा बताउनुभयो । हामी साहित्य र सँस्कृतिको क्षेत्रमा पनि त्यही सहकार्यको अवस्थालाई निरन्तरता...

मैत्रीपूर्ण साक थोन–२०७६ सम्पन्न

काठमाडौँ, असोज ११ गते । संसाक मासिक, साहित्यकार खेलकुद समाज नेपाल र काठमाडौँ ग्लोबल स्कुलको संयुक्त आयोजनामा डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्व र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यको साथै प्रदेश नं. ३, काठमाडौँ क्षेत्र नं. ६ का सभासद् दीपक निरौलाको विशिष्ट आतिथ्यमा साहित्यकार, कविहरूको...

राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश

७ असोज, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे १०१ वर्षमा प्रवेश गरेका छन् । विक्रम संम्वत् १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा जन्मिएका घिमिरे आजबाट १०१ वर्षमा प्रवेश गरेका हुन् । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता,...