गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ ।
आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेका हुन् । ‘आज पहिलो दिन भएकाले हामीले नियमानुसार गरेका र नगरेका सबै चालकलाई खादा लगाएर फूल दियौँ, भोलिदेखि भने नियम मिच्ने चालकलाई पहिले खादा लगाइदिन्छाैँ अनि थप कारबाही गर्छौँ’, एसपी ओम अधिकारीले भन्नुभयो, ‘नियम पालना गरेर सवारी साधन चलाउनका लागि यो अभियानले प्रेरित गर्छ भन्ने विश्वास लिएका छौँ ।’ ट्राफिक नियम पालना नगर्नेलाई व्यङ्ग्यात्मक रूपमा सम्मान गर्ने अभियान सुरु गरिएको उहाँको भनाइ छ ।
कतिपय सवारी चालकलाई प्रहरीका लागि नियम पालन गर्दिनुपर्छ भन्ने लाग्ने गरेको भन्दै एसपी अधिकारीले भन्नुभयो, ‘नियम पालन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम कम हुन्छ भन्ने बुझ्न सकेमात्रै पनि सवारी दुर्घटनाबाट हुने मानवीय क्षति निकै कम गर्न सकिन्छ ।’
नियमविपरीत सवारी चलाउनेलाई प्रहरीमात्र नभै यात्रु र अन्य नागरिकले पनि खवरदारी गर्नु पर्ने उहाँको भनाइ छ । ‘तपाईँ कुनै बसमा यात्रा गरिरहनु भएको छ, ड्राइभरले सहचालकलाई गाडी चलाउन दियो भने चुप लागेर बस्ने होइन नि, प्रहरीलाई खबर गर्नु तपाईँको कर्तव्य हो’, कार्यक्रममा सहभागी यात्रुलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘एउटा बसमा यात्रा गरिरहेका बीसौं यात्रुको जिम्मा लिएर हिँडेका चालकलाई गल्ती गर्ने छुट हामीले दिनुभएन ।’
ट्राफिक नियम पालनामा कडाइ गरेपछि जिल्लामा सवारी दुर्घटनाको क्रम घटेको ट्राफिक प्रहरी प्रमुख शुकबहादुर विकले बताउनुभयो । ‘यो वर्षको चाडबाडलाई दुर्घटनारहित बनाउने भनेर लागेका थियौं, हामी त्यसमा सफल पनि भयौँ’, उहाँले भन्नुभयो, ‘अरु कारण भन्दा पनि चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने देखिएको छ, त्यसलाई सुधार्न विभिन्न अभियान चलाइरहेका छौँ ।’
त्यही क्रममा नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु गरिएको उहाँको भनाइ छ । आम नागरिक सचेत र जागरुक नभएसम्म प्रहरी एक्लैले सवारी दुर्घटना कम गर्न नसक्ने उहाँको भनाइ छ ।
शुक्र, कार्तिक २९, २०७६ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...
कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...
काठमाडौँ, -टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ / नगरपालिकाले आव २०७५÷७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख...