स्थानीय समाचार

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!


कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित ‘मिट एन्ड ग्रीट (Meet and Greet) कार्यक्रममा कार्यक्रम संचालक तथा शान्ति स्काउटका रास्ट्रिय कार्यकारी सदस्य नारायण पौडेलले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै उक्त कुरा बताउनुभयो।

काठमाण्डौंस्थित बिभिन्न युवा क्लबहरु, कलेजहरु र नेपाल शान्ति स्काउटका राष्ट्रिय पदाधिकारीहरुबीच भएको अन्तरक्रियात्मक कार्यक्रममा सयपत्री युवा क्लबका अध्यक्ष अमृत कुइंकेल र नेपाल ब्लड एशोशियनका रास्ट्रिय सदस्य तथा PEAN का महासचिव धर्म फुयालले स्काउटको महत्त्वबारे प्रकाश पार्नुभयो। लामो समयसम्म स्काउटमा रही लामो अनुभव संगालेका शान्ति स्काउटका राष्ट्रिय आयुक्त एम्. पी. मैनालीले स्काउटिङ् बिद्यालयीय शिक्षाको अभिन्न अंग रहेको र यसबाट ब्यवहारिक ज्ञान तथा जीवनपयोगी सिप प्राप्त गर्न सकिने हुँदा स्काउटिङ् शिक्षा विद्यालय र कलेजहरुमा अपरिहार्य हुने कुरा बताउनुभयो। त्यसैगरी रास्ट्रिय प्रमुख आयुक्त सुधन मरासिनी र महासचिव तथा प्रशिक्षक अंकित अधिकारीले नेपाल शान्ति स्काउटका बारेमा धेरै कुराहरुबारे प्रकाश पार्दै सहभागीहरुका जिज्ञासा तथा प्रश्नहरुमाथि प्रस्ट पार्नुभयो भने रास्ट्रिय अध्यक्ष अजित खड्काले बिभिन्न उत्प्रेरणात्मक प्रसँग तथा कथाहरुमार्फत् कार्यक्रमलाई रोचक बनाउंदै सहभागीहरुलाई स्काउट र सामाजिक कार्यहरुप्रति समर्पित रहन प्रेरित गर्नुभयो।

आयुक्त एम्. पी.मैनालीज्युले झैँ उहाँले पनि जीवनपयोगी सिप जस्तै आत्मरक्षाको तालिम, प्राथमिक उपचार, बिपत ब्यवस्थापन तालिम, आपत्कलीन सहयोग तालिम, ट्राफिक चिन्हको पहिचान र प्रयोग, फोहरमैला ब्यवस्थापन र घरपरिवार समुदाय सरसफाइ, मानव अधिकार र न्यायसम्बन्धी हक, युवाका अवसर र चुनौती, सामाजिक उत्तरदायित्त्व, आध्यात्मिक चिन्तन र सँकृतिप्रतिको सम्मान, रास्ट्रिय सम्पदाको पहिचान र सम्रक्षण, आदि सामान्यदेखि माथिल्ला तहसम्मको ज्ञान, चेतना, सिप र क्षमता बृद्धिका निम्ति स्काउटिङ् अपरिहार्य हुने कुरा बताउनुभयो। कार्यक्रममा प्राइम कलेज, सेन्ट जेभियर्स्, हेरल्ड, KMC कलेज, अप्लाइड् कलेज अफ बिज्नेस्, नाथम, आदि कलेजका बिद्यार्थीहरु, बिभिन्न क्लबका सदस्यहरु, र अन्य सहभागीहरुले उत्साहपूर्वक सहभगिता जनाएका थिए।

शनि, कार्तिक ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारलाई निर्देशन

 माघ, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार समिति सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई उच्च शिक्षासम्बन्धी नयाँ विधेयक ल्याउँदा मातृभाषामा उच्च शिक्षा अध्ययन गर्न पाउने व्यवस्था...

नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई भन्दै स्थानीय अन्दोलित

भक्तपुर । कोरोना भाइरसको आतँक चलिरहेका बेला चीनबाट ल्याउन लागिएका नेपालीहरुलाई खरिपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्न भन्दै स्थानीय अन्दोलित भएका छन् । नेपाल सरकारले निर्णय गरि चिनमा रहेका १८० जनालाई निगकरानीका लागि उक्त स्थान चयन गरेपछि यस क्षेत्रका स्थानीयहरु अन्दोलित भएका हुन् । आज स्थानीयहरुले...

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...