शिक्षा

रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपाल भाषा अध्यापनका निम्ति सुवाल नियुक्त


काठमाडौं / बि.ए तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडाैंकाे प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा शिक्षिकाको रुपमा श्रीमिला सुवाल नियुक्त भएको छ । कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा बि.ए. तेस्रो बर्षका निम्ति अध्यापन गराउँदै अाइ रहेकाे छ ।

शिक्षिका सुवालले भनिन् ‘मातृ भाषा रहेसम्म मात्र सम्पूर्ण नेपालीहरुको अस्तित्व रहिरहन्छ त्यसमा पनि नेपालभासा देशलाई छुट्टै देश भनेर चिनाएका भाषा मध्ये एक हो । यस मातृभाषा संरक्षण अभियानमा सकृय रुपमा अभियान चलाइरहनु भएको अभियान्ताहरुले धेरै भन्दा धेरै दुखः गरी पुनः स्थापना गरी इतिहास कायम गरी नेपाल भाषा पढाइ अध्यापन गराउन सफल भयो । तसर्थ मातृभाषा लगायत नेपाल भाषाको सम्बद्धन, प्रर्वद्धन तथा विकासका निम्ति भाषा अनुरागी तथा शुभचिन्तकहरुले आ—आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने धारणा राखिन् ।

रत्न राज्य लक्ष्मीका क्याम्पस सहायक प्रमुख गोबिन्द आचार्यका जानकारी दिए अनुसार, नेपाल भाषा विषय पढनपाठनका निम्ति विद्यार्थीहरुलाई प्रशासनको तर्फबाट सहयोग गर्ने आश्वासन दिनु भयो । क्याम्पस प्रशासनको तर्फबाट विद्यार्थीहरुका लागि पुस्तकालयमा पाठयपुस्तक लगायत विविध सामग्रीको व्यवस्था गरिने जानकारी दिनु भयो । मातृ भाषा बचाउ तथा नेपाल भाषा अभियान्ताहरूले जनाए अनुसार यदि देशमा रहेका सम्पुर्ण मातृभाषाहरूलाइ बचाउने हो भने सरकारको तर्फबाट अनिवार्य रूपमा ठोस् निति नियम नै लागु गर्नु पर्ने जनाउनु भयो । हाल यस क्याम्पसमा नेपालभाषा कक्षा संचालनका लागि दश जना विद्यार्थीहरु भर्ना भएको खण्डमा मात्रै कक्षा सञ्चालन गर्न सकिने क्याम्पस प्रशासनले जानकारी दिएका छन् ।

शनि, कार्तिक ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मन्त्री बाँस्कोटाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयको स्थलगत निरीक्षण

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आज पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय निर्माणस्थल पुगेका छन् । सोही क्रममा उनले काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७, १० र १२ मा रहेको जग्गाको स्थलगत निरीक्षण पनि गरेका छन् । सोही क्रममा मुख्य...

डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित

जनकपुरधाम । डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित भएकी छन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेको हो । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरी मा रिसर्च टेक्नोलोजिस्ट का रुपमा कार्यरत छिन्। सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा...

सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्ष बन्नका लागि अब स्नातक तह उत्तीर्ण हुनुपर्ने

शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको...

अनिवार्य रुपमा विद्यालयस्तरमा आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम संचालन गर्न मार्गदर्शन

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई अनिवार्य रुपमा विद्यालयस्तरमा आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम संचालन गर्न मार्गदर्शन दिएको छ । स्वास्थ्यले सचिवस्तरीय निर्णय गरी तयार पारेको आर्थिक वर्ष ०७६/०७७ मा सशर्त अनुदानतर्फ स्थानीय तहबाट कार्यन्वयन गरिने स्वास्थ्य तथा जनसंख्या सम्बन्धि कार्यक्रमहरुको लागि सञ्चालन...

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरे

७ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाखमा सञ्चालित परीक्षाको नियमित, आंशिक तथा पूरक परीक्षाको परीक्षाफल बोर्डले सार्वजनिक गरेको हो । बोर्डका सूचना अधिकारी नारायण पोखरेलले मंगलबार बिहान बसेकाे बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको जानकारी दिए । बोर्डले...

केयूमा ११ दिनदेखि ताला, उपकुलपतिको टोली कोरिया भ्रमणमा

भदौ, काभ्रे । काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको एघारौं दिन पुगेको छ । तर, ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा जाँदै छ । माकाजुसँगै डा. विष्णुप्रसाद पाण्डे, डा. संगीता शाक्य र सुनन्दा शर्मा आइतबार कोरिया जान लागेका...