स्थानीय समाचार

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन


काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः विद्यार्थी युनियन तथा मातृभाषा बचाउँ अभियन्ता (नेपाल भासा) रीदेन महर्जन अतिथिका रुपमा पाल्नु भएको थियो । प्रमुख अतिथि चन्द्रागिरी न.पाका उपमेयर लिशा नर्कमीले भन्नुभयो , यो तालिम फलदायी हुनेमा आफू विश्वस्त रहेकि छु । कुनै कारणवंश तालिममा समय अपुग भएको खण्डमा समय थपेर तालिम सञ्चालन गर्नका लागि एकिकृत समाजलाई अनुरोध गर्नुभयो । अतिथिका रूपमा पाल्नु भएका हलि नेवाः गुठी का अध्यक्ष जुजुमान श्रेष्ठले भन्नुभयो ‘नेपालको पहिचान मध्ये रञ्जना लिपि पनि एक हो, यसको महत्व विशिष्ट रहेको छ । साथै उहाले भन्नुभयो उपत्यकाका मठ मन्दिरहरुको प्राचिन अभिलेखहरु बारे जानकारी लिनका लागि यो लिपि लगायत भुजिम्व, प्रचलित लिपि लगायत अन्य लिपिहरु अनिवार्य रुपमै सिक्नु पर्ने भएकाे प्रशिक्षण तालिम अत्यन्त महत्वपुर्ण रहेकाे धारणा राख्नुभयो ।

चन्द्रागिरी न.पाको वडां. ५ किसिपिडि स्थिति सनसाइन स्कुलको प्रागंणमा संचालन हुने तालिममा प्रशिक्षक धीर सुवालद्धारा रञ्जना लिपि प्रशिक्षणको तालिम कक्षा लिने भएको छ । उक्त तालिम आगामी मंसिर ५ गते बिहीबार देखि २० गते सम्माल बिहान ७—८ बजे सम्म संचालन हुने भएको छ । चन्द्रागिरी एकिकृत समाजका कोषाध्यक्ष महेश्वर श्रेष्ठ भने, भाषा, भनेकाे एउटा जातिकाे मात्रै सम्पति नभइ देशकै सम्पति भएकाे धारणा राखे । साथै कार्यक्रममा तामाङ्ग, ब्राम्हण लगायत नेवार समुदायका स्थानियहरुको सहभागिता रहेकोमा खुशी लागेकाे अभिव्यक्ति राखे । अतिथिका रूपमा पाल्नु भएकाे नेवाः विद्यार्थी युनियन तथा मातृभाषा बचाउँ अभियन्ता (नेपाल भासा) रीदेन महर्जनले यस एतिहासिक महत्वपूण तालिममा सहभागि जनाउन पाउँदा गर्भ आफुलाई गर्भ लागेको र तालिम लिने मात्रै नभई अध्ययन अनुसन्धान पनि गर्नु आवश्यक रहेको छ । मातृभाषाबाट पढ्नु पनि आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा चन्द्रागिरी एकिकृत समाजका सभापति एकिस प्रसाद उप्रेतीले भन्नुभयो , ‘आज हामीले हाम्रो भाषा, संस्कृति, लिपि नजोगाउँदा, आफ्नो नेपालीपनलाई नझल्काउदा मठ, मन्दिर, लिपिका लेखहरु संस्कृति झल्काउने संरचनाहरु नबनाउदा कालापानी र लिपुलेक आज भारतीय कब्जा पर्न गएको धारणा राख्नुभयो ।’ साथै यस तालिमबाट प्रशिक्षार्थीहरू लाभाविन्त भइ नेपालकाे भाषा, लिपि, संस्कृति संरक्षणमा महत्वपुर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । वि.सं. २०७४ स्थापना भएको यस चन्द्रागिरी एकिकृत समाजले समाज सुधार, महिला लक्षित कार्यक्रमहरु, भाषा संस्कृति जोगाउने कार्यक्रम गर्दै आइएको छ । कुराकानी सकियो

बुध, मंसिर ४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!

कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...

नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक...

बिकाश निर्माणमा ढिला भए पनि राजश्व सङ्कलन च्याम्पियन टोखा नपा

काठमाडौँ, -टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ / नगरपालिकाले आव २०७५÷७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख...