विचार स्वास्थ्य

प्लाष्टिक सर्जरीको तीव्र विकास नेपालमै


शरीरमा चोटपटक लागेपछि धेरै खाले समस्या देखिन्छन्। नमिलको अनुहार अथवा अन्य अंगहरू मिलाउने भनेरै प्लाष्टिक सर्जरी विकास भएको हो।

प्लाष्टिक सर्जरी ग्रिक शब्दको ‘प्लाष्टिकोष’बाट आएको हो। यसको अर्थ कुनै चिजलाई नयाँ स्वरुप दिने भन्ने हुन्छ।

पहिले-पहिले चोटपटक लागेर अंग बिग्रिए, त्यसलाई मिलाउने उद्धेश्यले विकास भए पनि अचेल जन्मजात देखिएका विभिन्न समस्याको पनि प्लाष्टिक सर्जरी हुन थालेको छ।

सामान्यतया ओठतालु फाटेको वा ओठ खुँडे भएका, एउटा कान विकास नभएर सानो डल्लो जस्तो बनेको अवस्थामा प्लाष्टिक सर्जरी गरिन्छ।

अचेल कसैको नाक अस्वभाविक रूपमा ठूलो वा सानो छ भने, जन्मजात हातमा धेरै औंला भए वा दुई-तीनवटा औंला जोडिएका भए मिलाउन पनि प्लाष्टिक सर्जरी गरिन्छ।

जन्मजात समस्या सुधार्नुका साथै आगोले पोलेकाको उपचार गर्ने, क्यान्सर बिरामीको उपचार प्रयोजनमा पनि प्लाष्टिक सर्जरी गरिन्छ। कुनै अंगमा भएको क्यान्सरको भाग निकालिसकेपछि मासु वा छाला रहँदैन भने त्यो भर्ने काम पनि प्लाष्टिक सर्जरीबाटै गरिन्छ।

प्लाष्टिक सर्जरीका फाइदाः

नेपालको सन्दर्भमा दुर्घटनाबाट चोटपटक लाग्ने घटना धेरै हुन्छन्। चोटपटक लागेर ठूल्ठूला घाउ भएर मांसपेशी राम्रोसँग पुरिन पाएन भने त्यो हड्डी सुक्न सक्छ। संक्रमण बढ्दै जान सक्छ। त्यस्तो बेला प्लाष्टिक सर्जरी गर्यो भने हातखुट्टा काट्नुपर्ने हुँदैन।

प्लाष्टिक सर्जरीबाट आफ्नो स्वरुप परिवर्तन गर्न सकिन्छ। यसले आत्मविश्वास बढाउन मद्दत पनि गर्छ। जस्तै कसैको ओठ खुँडे छ भने उसको आत्मबल कमजोर हुन सक्छ। यस्तो अवस्थामा उपचार गर्दा पछिसम्म पनि म ठीक छु भनेर ढुक्क हुन सक्छन्। त्यसैले यस्ता समस्यामा यो धेरै उपयुक्त छ।

साइड इफेक्ट

प्लाष्टिक सर्जरी एक प्रकारको शल्यक्रिया नै हो। अरू विभिन्न शल्यक्रिया गरेजस्तै बेहोस बनाएरै उपचार गरिने भएकाले यसका केही समस्या भने हुनसक्छन्।

शल्यक्रियाका जटिलता सबैतिर हुन्छन्। यस्ता समस्या नहोस् भनेर त्यसलाई सहज बनाउने प्रयास गरिन्छ। प्लाष्टिक सर्जरी गर्दा रगत धेरै बग्न र संक्रमण हुनसक्छ। तर यस्तोमा पनि उपचार सहजै गर्न सकिन्छ।

टाउकोदेखि खुट्टासम्म जुनसकै अंगमा समस्या देखिए पनि प्लाष्टिक सर्जरीबाट उपचार गर्न सकिन्छ। घाउचोट  पुर्न प्लाष्टिक सर्जरी जरुरी हुन्छ। यसमा साधारणदेखि धेरै जटिल शल्यक्रिया हामिले गरिसकेका छौं।

प्लाष्टिक सर्जरी गर्नैपर्ने अवस्था

चोटपटक लागेपछि मासुले छोप्ने र जन्मजात देखिएका समस्याको उपचार गर्ने विभिन्न प्रक्रिया छन्। आगोले पोलेको, चोटपटक लागेको, जन्मजात समस्याको अवस्थामा ‍सर्जरी गर्नैपर्छ।

त्यस्तै तेजाब आक्रमणमा परेकाको लागि प्लाष्टिक सर्जरी धेरै फाइदाजनक हुन्छ। तेजाब आक्रमणमा बिग्रिएको अनुहारले धेरै मानसिक तनाव हुन्छ। यसलाई पहिलाको अवस्थामा ल्याउन नसके पनि धेरै हदसम्म मिलाउन सकिन्छ।

कस्मेटिक (सुन्दर बन्न वा चोटपटक नलागेकै अंगहरू मिलाउन) सर्जरी गर्नैपर्ने होइन। मान्छेको चाहनाअनुसार गर्ने हो।

नेपालमा प्लाष्टिक सर्जरी

नेपालमा प्लाष्टिक सर्जरीको तीव्र विकास भइसकेको छ। काटिएको औंला वा हात जोड्न सकिन्छ भने मसिना अंग समेत जोड्न थालिएको छ। योसँगै कस्मेटिक सर्जरीमा धेरै विकास भएको छ। अनुहार, स्तन लगायत सर्जरी हुन्छ।

नेपालमा चाँडै लिंग परिवर्तन पनि गर्न सकिनेछ। यसको प्रक्रिया सुरू हुँदैछ। कसैलाई आफ्नो लिंग परिवर्तन गर्न परे (केटालाई केटी र केटीलाई केटा बनाउन) विदेश नै जानुपर्ने बाध्यता छ। महिला जस्तो बन्न स्तन प्रत्यारोपण गरिन्छ भने महिलाबाट पुरुष बन्नेले आफ्नो स्तन निकाल्नुपर्छ। अब यो विधि नेपालमा चाँडै सुरू गर्न हामी लागेका छौं।

(प्लाष्टिक कस्मेटिक तथा ह्याण्ड सर्जन प्राध्यापक डाक्टर जयनमान श्रेष्ठ शिक्षण अस्पतालमहाराजगञ्ज र ग्राण्डी अस्पतालधापासीमा कार्यरत छन्।)

शनि, मंसिर ७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक ट्रेडोस अडामोन गेबियसले कोरोना भाइरसको राजनीतिकरण बन्द गर्न आग्रह गरेका छन्। उनले विश्व एकतामा जोड दिएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको पक्षमा लागेको भन्दै पछिल्लो समय विश्व स्वास्थ्य संगठनका निरन्तर आलोचना गर्दै आइरहेका छन्। मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन केन्द्रित रहेको र नयाँ...

प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन (सम्बोधनको पूर्णपाठ)

सरकारले मुलुकभर लामो रूटका सार्वजनिक सवारीसाधन बन्द गरेको छ। कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गतेसम्म लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले देशबासीका नाममा सम्वोधन गर्दै कोरोनाको सावधानीका लागि सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरे। यस्तो छ प्रधानमन्त्रीको...

कोरोना संक्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताए

बेइजिङ । चीनमा फैलेको कोरोना भाइरसको संक्रमण अबको दुई महिनामा पूूर्ण रुपमा समाप्त हुने चिनिया स्वास्थ्य निकायले बताएको छ । चीनका एक प्रमुख स्वास्थ्य सल्लाहकारले आगामी अप्रिल महिनासम्म कोरोना भाइरस पूर्णरुपमा नियन्त्रणमा आउनेमा आफुहरु आशावादी रहेको बताउनु भएको हो । यसैबीच, हिजो चीनमा कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीको...

घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ ।

एजेन्सी । बुहानमा गम्भीर रुप लिएको कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि प्रशासनले आक्रमक शैली अपनाएको छ । बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ । सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । तर...

कम्युनिस्ट भनाउँदाहरुले जनतालाई ढाँटेर, छलेर, बदमासी गरेर , गध्दारी गरेर देशको सम्पत्ति कुम्ल्याए

केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान कम्युनिस्ट भनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को सरकार संसार इतिहासमा भ्रष्टचारीहरुको सरकार हो।नेपाली जनताले प्रतिपक्षी राजनीतिक पार्टीहरुले, नागरिक समाजले , लेखक/ साहित्यकार , पत्रकारले, बुध्दिजीवीहरुले, राजनीतिक विश्लेषकहरुले त पहिलेदेखि नै केपी ओलीले नेतृत्व गरेको डब्बल नेकपाको सरकारलाई कम्युनिस्ट...

कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगे

१० माघ, काठमाडौं । कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो । कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित...