साहित्य गतिबिधि

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड


आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश नेपाल हुनुहुन्थ्ग्यो /सोही कार्यक्रममा बालसाहित्य लेखनबारे पनि प्रशिक्षण आयोजना गरेको समाचार हाम्रा खोज सम्बादाताले जानाकारी दिएको छ / उक्त कार्यक्रममा सबै भन्दा बढी कृति साहित्यकार रत्नप्रसाद अनामाणिका  आठ वटा कृति बिमोचन भएको थियो/

कार्यक्रममा गौरी पब्लिकेशनका संचालकले आगामी दिनहरुमा पनि लेखकहरु बात यस्तै सहयोग र सदभाव प्राप्त हुने आशा व्यक्त गरेकाथिए / कार्यक्रमको सभापतित्व साहित्यकार मुरारी प्रसाद ढकालले गर्नु का साथै स्वागत गित लक्ष्मी प्रसाद मिश्रले गाउनु भएको थियो /  डा शैलेन्दु प्रकाश नेपालले पब्लिकेशन तथा सम्पूर्ण लेखकहरुलाई बधाई दिनुको साथै आगामी दिनहरुमा पनि यस्तै रचनात्मक कार्यमा अगाडी बढुन भन्ने कामना गर्नु भयो / लाजिम्पाटस्थित दिल्ली रमण पुस्तकालयको हलमा भएको कार्यक्रम गत बर्ष देखि आधुनिक साहित्य परिषदले संचालन गर्दै आएको छ /

 

आइत, मंसिर ८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कथाबाट सुरु भएको नेवार साहित्य

भूगोल कुनै पनि मुलुकको अस्थिपञ्जर हो भने, जनता प्राण । मुलुकको अस्थिपञ्जर र प्राणलाई जोडेर जीवन्त बनाउँछन्– भाषा, साहित्य, संस्कृति र परम्परालगायतले । करिब सवा सय जातजाति रहेको नेपालमा प्रायः सबैजसो जातजातिका आ–आफ्नै भाषा पनि छन् । कतिपय जातजातिका भाषामा आफ्नै साहित्य पनि छन् । नेपालको...

अक्षरमार्गले वषको दुईपल्ट वाङ्मयसेवीहरूलाई सम्मान गर्दै

अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाललाई श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट र विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार जयदेव भट्टराईलाई सम्मान गरेको छ । अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डा गोविन्दराज भट्टराईले उहाँहरुलाई नगद...

चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत

माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय...

काभ्रे पनौतीमा शिशिर काब्य गोष्ठी सम्पन्न

अक्षरमार्गले हालै शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो काब्य गोष्ठी कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको थियो भने कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद...

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरुलाई सम्मान गरे

पाल्पा, मंसिर २८/शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले १४ औं वार्षिक उत्सव तथा ९१ औं कूलमणी देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका १२ जना व्यक्तित्वहरुलाइ शनिबार तानसेनमा सम्मान गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रतर्फ महेश्वरप्रसाद श्रेष्ठलाई जगत...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...