स्थानीय समाचार

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

-नेवाः विद्यार्थी युनियनको अध्यक्षमा रिदेन महर्जन, बी.ए.


काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी महर्जन र मुख्य सदस्यहरूमा सोमि डंगोल, रोजा अवाले तथा मणिस कुमार श्रेष्ठ हुनु भएको छ भने सदस्यमा महेश्वर श्रेष्ठ चयन भएको छ ।

मुख्य सदस्य श्रेष्ठका अनुसार, “अधिकारका अन्दोलन धेरै भयो, राज्यले दिइरहेको अधिकार नै प्रयोग गर्न नसकेको अवस्थामा नेपालको संविधानमा मातृभाषाको अधिकार दिएता पनि राम्रोसँग प्रयोग ल्याउन नसकेकाले बाध्य भइ विद्यार्थीहरु जम्मा भइ संगठन गठन गर्नु परेको जनाए ।” सकोषाध्यक्ष गंगादेवी महर्जनले जनाए अनुसार अहिले नेपालभासाको अवस्था एक दम गम्भीर अवस्थामा रहेको छ । पद्म कन्या क्याम्पसको तृतीय बर्षमा नेपाल भाषाका विद्यार्थी भएता कक्षा स्रञ्चालन भएको छैन । साथैं उनले भनिन् यहि महिना भित्र बी.ए. प्रथम बर्षमा १०÷१० जना नेपाल भासा पढ्ने विद्यार्थी नभएको खण्डमा पद्म कन्या तथा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपालभासाको अध्यापन नगराइने जनाइन यस विषयमा समयै सम्बन्धित निकायले ध्यानदिनु पर्ने जनाइन् ।

बिहि, मंसिर १२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार

मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् । उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर...

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!

कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...

नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक...

बिकाश निर्माणमा ढिला भए पनि राजश्व सङ्कलन च्याम्पियन टोखा नपा

काठमाडौँ, -टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ / नगरपालिकाले आव २०७५÷७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख...