राजनिति

उपनिर्वाचनको मतगणना सम्पन्न अन्तिम नतिजा यस प्रकार


काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९ स्थानमा विजय हासिल गरेका छन् ।

नतिजाअनुसार बागलुङ निर्वाचन क्षेत्र नं २ (२) मा नेकपा समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारले विजय हासिल गरेका छन् । यस्तै प्युठानको ऐरावती गाउँपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेकपाले जनमोर्चालाई सो वडामा समर्थन गर्ने निर्णय गरेपछि भीमेश्वर घर्ती मगरले बागी उम्मेदवारी दिएका थिए र उनी नै विजयी भए ।

यस्तै समाजवादी पार्टीले ४ स्थानमा विजय हासिल गरेको छ भने ३ राजपाले स्थानमा विजय हासिल गरेको छ ।

 

प्रतिनिधिसभा तर्फ कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी भइन् भने प्रदेश तर्फभने काँग्रेस र नेकपा उम्मेदवारले १–१ स्थान विजय हासिल गरे । यस्तै एक प्रदेशसभामा नेकपा समर्थित जनमार्चा उम्मेदवारले विजय हासिल गरे ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ (१) मा काँग्रेस, बागलुङनिर्वाचन क्षेत्र नं २ (२) मा जनमोर्चा र दाङनिर्वाचन क्षेत्र नं ३ (२) मा नेकपा उम्मेदवार विजयी भएका हुन् ।

यस्तै धरान उपमहानगरपालिकामा काँग्रेस उम्मेदवार विजयी भए भने गाउँपालिकातर्फ पाँचथरको फाल्गुनन्द, संखुवासभाको    मकालु र महोत्तरीको    पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका उम्मेदवार विजयी भए ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा उम्मेदवार विजयी भएको आयोगले जनाएको छ ।

सोम, मंसिर १६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी

एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ। प्रधानमन्त्री ओलीको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए। ‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको...

रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास भएको छ । दुई वर्ष अघिदेखि निर्माणका लागि प्रक्रिया अघि बढाएको भए पनि विभिन्न समस्याका कारण काम अघि बढ्न सकेको थिएन । नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र चीनको...

भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने

काठमाडौं भारत, चीन र नेपालबीचको त्रिदेशीय सीमा लिपुलेकसहित २० सीमा क्षेत्रमा यो वर्ष बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । सीमा सुरक्षालाई थप बलियो बनाउन गृह मन्त्रालयले बिओपी थप्न लागेको छ । चीनसँगको सीमामा चार बिओपी स्थापना हुनेछन् । दार्चुलाको लिपुलेक, हुम्लाको हिल्सा, मुस्ताङको लोमान्थाङ र संखुवासभाको...

प्रधानमन्त्री के.पी. शर्मा ओलीले सर्वदलीय बैठक बोलाए

काठमाडौँ –प्रधानमन्त्री के.पी. शर्मा ओलीले शनिबार अपरान्ह ४:००  बजे सर्वदलीय बैठक बोलाउनुभएको छ । लिपुलेकका सम्बन्धमा परामर्श गर्ने, भारतसँग वार्ता गरी कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने र नेपालको भूभाग फिर्ता गर्न पहल गर्ने विषयमा परामर्श गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी...

आधारहिन तथ्य प्रयोग गरि डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग

राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्तिको सिफारिस गर्ने बेला नै डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि नियतवस विभिन्न अभियोग लगाउँदै निलम्बनमा पारिएको छ । गभर्नरको दौडमा अगाडि रहेका श्रेष्ठलाई रोक्ने षडयन्त्रका आधारमा सम्पत्ति शुद्धिकरण विभागको सिफारिस भन्दै सिधै मन्त्रिपरिषद्बाट छानबिन समिति गठन गराइएको तथ्य फेला परेको छ ।...

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ। बाकुमा भइरहेको असंलग्न अभियानको अठारौं शिखर सम्मेलनका क्रममा उनीहरूबीच सो भेटघाट भएको हो। भेटघाटमा उनीहरूबीच ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र...