प्रमुख समाचार

सुनिताले स्वर्ण जित्दा बुवाका आँखामा आँसु


काठमाडौँ : १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्।

उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन्। राजधानीको मनमैजु माइती घएकी सुनिताको घर सीतापाइलामा हो। २७ वर्षीया सुनिता विगत ७ वर्षदेखि पुलिस क्लबमा आवद्ध भएर करातेमा संलग्न छन्।

नेपाल पुलिस क्लबका हेड कोच राजेश श्रेष्ठले सुनिताले आफ्नो सपना पूरा गरेर सबैलाई खुसी बनाएको प्रतिक्रिया दिए। ‘स्वर्ण जितेपछि सुनिता खुसी छन्। उनले आफ्नो सपना पूरा गरेकी छन्’, उनका प्रशिक्षक श्रेष्ठले भने, ‘हामीलाई पनि खुसी बनाएर उनले देशको नाम राखेकी छन्।’ सुनिता सात वर्षअघि ९ महिने तालिम पूरा गरेर नेपाल प्रहरीमा प्रवेश गरेकी हुन्।

सुनिताले स्वर्ण जिते लगत्तै उनका बुबा नाती महर्जनका आँखामा आँसु रोकिएनन्। स्वर्ण जितेपछि सुनिताले आफ्नो बुवालाई अँगालोमा बाँधेकी थिइन्। छोरीको अँगालोमा बाँधिएका नातीका आँखामा आँसु थामिएनन्। उनी खुसीका आँसु पुछिरहेका थिए। बुवाको आँखामा आँसु देखेपछि सुनिता बुवाको अँगालोमै रोएकी थिइन्।

नेपालका लागि पहिलो स्वर्ण करातेमै मन्डेकाजी श्रेष्ठले दिलाएका थिए। उनले सोमबार पाकिस्तानकै खेलाडी नाइमातुल्लाहलाई हराएर स्वर्ण जितेका थिए। नेपालले सोमबार मात्र १५ स्वर्ण जितेको थियो। 

मङ्ल, मंसिर १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाललाई विश्व कीर्तिमानसहित एकै दिन १३ स्वर्ण (अपडेट)

काठमाडौं, १६ मंसिर । तेस्रो पटक नेपालमा आयोजना भइरहेको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले विश्व कीर्तिमानसहित ११ स्वर्ण पदक जितेको छ । नेपाली क्रिकेटकी अञ्जली चन्दको अदभूत बलिङले विश्व कीर्तिमान रच्यो । अञ्जलीको कीर्तिमानी खेलबाट शुरु भएको नेपालको प्रदर्शन सोमबार दिनभर उत्साहजनक र...

१३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आइतबार सुरु

मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आइतबार सुरु हुँदैछ । नेपालका लागि मात्र नभएर दक्षिण एसियाकै खेल क्षेत्रको लागि यो एउटा ठूलो उत्सव हो । यसअघि सन् १९९९ मा आठौं साग नेपालमा आयोजना भएको थियो । २० वर्षपछि घरेलु मैदानमा फर्किएको यस...

प्रचण्डलाई लक्षित गरि बम बिस्पोट : नेताहरुको भागाभाग

कास्की : कास्कीका नेकपाको चुनावी सभास्थलनजिकै ब´म वि´स्फोट भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी प्रदर्शनी केन्द्रस्थित चुनावी सभास्थलबाट करिब एक सय मिटर पर ब´म वि´स्फोट भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विस्फोटमा तीनजना साधरण घाइते भएका छन्। विस्फोटपछि अहिले सभास्थल आसपासको...

तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाए

काठमाडौं । तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् ।तेह्रथुमको मेन्छयायेम गाउँपालिका-३ सिकिम्बाका ५२ वर्षीय मिङमा निरिङ शेर्पाले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।...

 जुम्लाको कालेखोलीमा रहेकाे एउटा ३ तले घरमा भीषण आगलागी

जुम्लाको कालेखोलीमा रहेकाे एउटा ३ तले घरमा भीषण आगलागी भएको छ । आइतबार मध्याह्न १२ बजेतिर आगलागी सुरु भएकाे र दमकल जाने बाटो नभएकाले पुरै घर जलेर नष्ट भएको छ । जलेको घर जुम्लाकाे चन्दननाथ नगरपालिका-२ का गोविन्द भण्डारीको भएको स्थानीय कर्ण भण्डारीले जानकारी दिनुभयो । आगलागी भइरहेको घरको...

मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ

मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको एक टोलीले पक्राउ गरेको हो । बनेपा ९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको...