खेलकुद

दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण


१७ मंसिर, काठमाडौं । क्षेत्रफलमा दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक स्वर्ण पदक जितेको छ । सागको ३५ वर्षे इतिहासमा उसले एथ्लेटिक्सबाट स्वर्ण जितेको हो ।

१०० मिटर दौड १०.४९ सेकेन्डमा पुरा गरेर हसन साइदले इतिहास रचेका हुन । उनले श्रीलंकाका हिमेश इशानलाई पछि पारे स्वर्ण चुमेका हुन । १३ औं सागमा माल्दिभ्सको यो पहिलो पदक हो ।

को हुन हसन ?

२७ वर्षीय हसनले यसअघि सागमा तीन पदक जितीसकेका छन् । २०१६ मा भारतको गुहाटीमा सम्पन्न १२ औं सागमा उनले १०० र २०० मिटर दौडमा रजत पदक जितेका थिए ।

२०१० मा ढाकामा भएको एघारौं सागमा १०० मिटर रिलेमा कास्य पदक जितेका थिए ।

१००, २०० र ४०० मिटर दौडका राष्ट्रिय कीर्तिमानधारी हुन । उनले २०१५ मा बेइजिङमा सम्पन्न एथ्लेटिक्स वल्र्ड च्याम्पियनसीपमा १०.४२ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

हसन २०१० देखि कमनवेल्थ गेम्स, एसियन गेम्स, वल्र्ड च्याम्पियनसीपका विभिन्न स्पर्धामा सहभागी हुँदै आएका छन् ।

१३ संस्करणमा १४ पदक

हसनले जितेको स्वर्ण सहित साग सुरु भएयता माल्दिभ्सले जितेको पदक संख्या १४ पुगेको छ । उसले यसअघि नै ४ रजत र ९ कास्य पदक जितेको छ ।

१९८४ मा काठमाडौंमा भएको पहिलो सागमा कास्य पदकबाट माल्दिभ्सले खाता खोलेको थियो । तर दोस्रो, तेस्रो र चौथो सागमा एउटा पनि पदक जित्न सकेन । श्रीलंकामा सम्पन्न पाँचौं सागमा उसले पुनः एउटा कास्य हात पार्‍यो ।

छौटौं सागमा पदक विहिन बनेपनि सातौं सागमा रजत पदक जित्यो । १९९९ काठमाडौंमा सम्पन्न सागमा उसले चार वटा कास्य पदक जित्यो ।

पाकिस्तानमा आयोजित नवौं र श्रीलंकामा आयोजित दसौं सागमा फेरी पदकविहन भयो । एघारौं सागमा दुई वटा कास्य पदक जित्यो ।

भारतमा सम्पन्न १२ औं सागमा दुई रजत र एक कास्य पदक जित्यो ।

सँधै विदेशी भूमिमा

नेपाल, भारत र बंगलादेशले तीन–तीन साग आयोजन गरिसकेको छ । श्रीलंका र पाकिस्तान दुई दुई पटक आयोजक बनीसकेको छ ।

पोखरा महानगरपालिका भन्दा कम अर्थात २९८ वर्ग किलोमिटर क्षेत्रफल भएको माल्दिभ्सले अझैसम्म साग आयोजना गरेको छैन । १४ औं साग पाकिस्तानले आयोजना गर्दैछ ।

पाकिस्तानले आयोजना गर्न नसकेको अवस्थामा २०२२ मा पहिलो पटक माल्दिभ्स आयोजक बन्नेछ । पाकिस्तानले हात झिकेको अवस्थामा श्रीलंका र माल्दिभ्स संयुक्त आयोजक बन्नेछन् ।

मङ्ल, मंसिर १७, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

तेक्वान्दो खेलाडी आयशा शाक्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जिते

१६ मंसिर, काठमाडौं । तेक्वान्दो खेलाडी आयशा शाक्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोस्रो स्वर्ण जितेकी छिन् । उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् । आयशाले ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि टिममा संजीवकुमार ओझासँग...

नेपाली महिला भलिबल टिमको जितका साथ साग खेलकुदको प्रतियोगिता सुरु

काठमाण्डौ – दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गत नेपाली महिला भलिबल टिमले जितका साथ प्रतियोगिता सुरु गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपाली महिला टिमले बंगलादेश टिमलाई ३–० ले पराजित गरेको हो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेटमा...

फुटबल प्रतियोगिता विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चले

२० असोज, बनेपा । फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “एक राउण्ड गोली...

सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले १३ खेलमा भाग लिने

चीनको उहानमा यही कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम) मा नेपाली सेनाले भाग लिने भएको छ। इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको हो। ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका...

असोज ११ गतेदेखिअन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप आयोजना गरिने

असोज, विराटनगर । झापामा अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकप आयोजना गरिने भएको छ । असोज ११ गतेदेखि झापाको झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपालका ६ वटा क्लब र भारतका २ वटा क्लबले सहभागिता जनाएको प्रतियोगिताको विजेताले १२ लाख...

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त

एएफसी यू १६ च्याम्पियनसिप छनोटमा नेपालले जितका साथ प्रतियोगिता समाप्त गरेको छ । चार खेलमा २ हार एक जित र एक बराबरी खेलको नेपालले चार अंकका साथ समूहमा चौथो स्थानमा रहदै प्रतियोगिता समाप्त गर्‍यो । जोर्डनमा भएको खेलमा नेपालले समूहको अन्तिम खेलमा श्रीलंकालाई तीन–शून्यले हरायो । खेलको...