मंसिर, काठमाडौं । मौसम सम्बन्धी पूर्वसूचना दिने रेडियो डिटेक्सन एण्ड रेन्जिङ ‘राडार’को औपचारिक सुरु भएको छ । एक वर्ष अगाडि सुर्खेतको रातानाङलामा निर्माण गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन् ।
संघीय मन्त्रीले काठमाडौंबाट गएर राडार उद्घाटन गर्दा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भने कार्यक्रममा देखिएनन् । उनले लामो समयदेखि जल तथा मौसम कार्यालय सुर्खेतबाट नसार्न केन्द्र सरकारसँग माग गरिरहेका थिए ।
राडार उद्घाटन हुँदा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि वीरेन्द्रनगर मै थिए । आयोजकका अनुसार उनलाई कार्यक्रम आमन्त्रणसमेत गरिएको थियो । तर, उनी कार्यक्रममा सहभागी भएनन् ।
‘वन मन्त्री पनि आउनु भएको थियो तर कार्यक्रममा सहभागी हुनुभएन’, विभागका एक कर्मचारीले अनलाइनखबरसँग भने । यसअघि विभाग रहेको वन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री मन्त्रालयबाट विभाग खोसिएको र कर्णालीमा रहेको कार्यालयसमेत खोसेर प्रदेश ५ मा लैजाँदा उनी सन्तुष्ट थिएनन् ।
यद्यपि, अन्य कार्यक्रम पनि भएकोले मन्त्री बस्नेत र मुख्यमन्त्री शाही उद्घाटनमा सहभागी नभएको बताइएको छ ।
कार्यालयको लफडा
सुर्खेत-दैलेख सीमा क्षेत्रमा तीन वर्षअघि निर्माण सुरु भएको राडारको काम करिब एक वर्ष अगाडि नै सम्पन्न भएको थियो । तर, प्राविधिक कठिनाइ र केही प्रशासनिक कारण सुरु हुन सकेको थिएन ।
राडारको मंगलबार औपचारिक उद्घाटन गरिए पनि अझैं यसबाट सूचना संकलनको पूरा काम हुन केही समय लाग्ने विभागका एक कर्मचारीले बताए । ‘एक वर्ष अगाडि निर्माण सम्पन्न भएको थियो अहिले औपचारिक उद्घाटन भयो । पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्छ । तर त्यो वर्षा अगाडि नै हुन्छ,’ उनले भने ।
संघीय संरचनाअघि सुर्खेतको वीरेन्द्रनगरमा मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालय थियो । जसले दुई विकास क्षेत्रको मौसमी विवरण संकलन तथा वितरण गर्थ्यो ।
राडारले के गर्छ ?
यो मौसमको पूर्व सूचना दिने अत्याधुनिक प्रविधि हो । ‘वेदर सर्भिलेन्स राडार’ समेत भनिने मौसमी राडारको सहायतले वषर्ाको गति, मात्रा, हावाको बहावको मापन र चट्याङ-हावाहुरी आदिीको पूर्वानुमान गर्न सक्दछ ।
जल तथा मौसम विज्ञान विभागले मौसमका कारण हुने प्राकृतिक प्रकोप नियन्त्रणका लागि देशका तीन ठाउँमा राडार जडान गर्ने प्रस्ताव गरेको थियो । सोही अनुसार सुर्खेतमा जडान गरिएको हो ।
यसले साविकको मध्य तथा सुदूरसहित पश्चिमाञ्चल र भारतको केही क्षेत्रलाई कभर गर्छ । यसपछि पाल्पा र उदयपुरमा जडान गर्ने लक्ष्य छ ।
राडारको संचालन जल तथा मौसम विज्ञान विभाग काठमाडौं र सुर्खेतस्थित कार्यालयबाट हुन्छ । मुख्यतः यसले २ घण्टा अगाडि मौसम सम्बन्धी सूचना दिन्छ । जसलाई ‘नाउ कास्टिङ’ भनिन्छ ।
यसबाट कति वर्षा हुन्छ ? बादल कहाँ छ र कति समयमा आइपुग्छ भन्ने सूचना पाइन्छ । साथै पानी मात्रै पर्छ कि असिना वा असिना पानी भन्ने जानकारी पनि हुन्छ । यही सूचनालाई थप विश्लेषण सम्भावित चट्याङ र बाढीपहिरोबारे नागरिकलाई सूचित गर्न सकिन्छ ।
मङ्ल, मंसिर १७, २०७६ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

काठमाडौं नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र...

काठमाण्डौ – विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहभागिता रहने गरी ‘अनुसन्धान तथा नवप्रवर्तन कोष’ स्थापना गर्ने सङ्कल्पसहित १२ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन काठमाण्डाैमा सकिएको छ । सरकारी, गैरसरकारी, उद्योग, बैंकजस्ता सेवाप्रदायक सङ्घसंस्थाबाट मुनाफाको न्यूनतम एक प्रतिशत आउने गरी...

चुकौनी एक साकाहारी परिकार हो / यो परिकार बिशेष गरि दही र आलुबाट तयार गरिन्छ /चुकौनीलाइ “पाल्पाली अचार” भन्ने गरेको पनि पाइन्छ /बास्तबमा नेपाल एउटा यस्तो भुमि हो जहाँ हरेक क्षेत्रमा आआफ्नै विशेषताले भरिपूर्ण रैथाने स्वादका भर्जिन परिकारहरु पाइन्छन /प्रचार प्रसारको अभावले प्रत्यक नेपालीको जिब्रोले...

२० असोज, स्टकहोम (एपी) । शरीर विज्ञान र चिकित्सा विज्ञानका लागि यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी र एक बेलायती वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिएको छ । शरीरका कोषहरुले कसरी अक्सिजनको तह अनुभूत गर्छन् र प्रतिक्रिया जनाउँछन् भन्ने विषयमा गरेको खोजका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो...

असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट राष्ट्रिय गौरबका आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सकिने भएको छ । कार्यालयमा तयार भएको आधुनिक प्रविधियुक्त कक्षबाट गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्ने प्रणाली कार्यान्वयनमा आएको हो । यो कक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य सचिव...

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो...