स्थानीय समाचार

खुलामञ्च खाली गराउन उपमेयरको पत्राचार


मंसिर, काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अवलोकन गरी त्यहाँ देखिएका तथ्यसमेत केलाउँदै खुलामञ्चलाई खुला गर्न पत्राचार गरेकी हुन् ।

उनले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिन आग्रह गरेकी हुन् । टुँडिखेल अतिक्रमणबाट जोगाउन ‘सुरु अकुपाई टुँडिखेल’ अभियानका अभियन्ताहरुको आग्रहपछि केही दिनअघि उपमेयर खड्कीले खुलामञ्चको स्थलगत अनुगमन गरेकी थिइन् । अनुगमनका क्रममा उनले खुलामञ्च सर्वसाधारणको पहुँचबाट टाढा पुगेको भन्दै यथाशीघ्र आवश्यक काम गर्न आग्रह गरेकी छन् ।

खुलामञ्चमा अनधिकृत तरिकाले सवारी साधन पार्किङ हुने गरेको भन्दै उनले यसलाई हटाउनसमेत पत्रमा भनेकी छन् । अनुगमनका क्रममा देखिएका सात तथ्यहरु उल्लेख गर्दै उनले त्यसलाई के गर्न सकिन्छ भनेर लेखेकी छन् । टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै तीन साताअघि ‘अकुपाईं टुँडिखेल अभियान’ सुरु भएको थियो । कात्तिक २३ गते पहिलो चरणको विरोधस्वरुप मानव साङ्लो बनाएर टुँडिखेल संरक्षणको सन्देश दिइएको थियो । गत शनिबार भने साहित्यिक जमघट गरेर विरोध जनाइएको थियो ।

अव्यवस्थित पार्किङ, अनधिकृत बसपार्क, पसलहरु सञ्चालन गरेर टुँडिखेल मासिँदै गएपछि सम्पदाप्रेमीहरुले गत कात्तिकदेखि अकुपाई टुँडिखेल अभियान चलाउँदै आएका छन् । कुनै समयमा एसियाकै ठूलो खुला मैदान मानिने टुँडिखेल अहिले साँघुरिँदै गएको छ । केही वर्षदेखि नेपाली सेनालाई समेत टुँडिखेल मिचेको आरोप लागेको छ ।

बुध, मंसिर १८, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरे

१३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता समेत हुन् । पीडितका परिवारले दिएको किटानी जाहेरेको...

प्रथम बर्षमा १० जना नेपाल भाषाका विद्यार्थीभएमा मात्रै कक्षा हुने

काठमाडौं / गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोल सह—सचिव इन्द्रमान महर्जन साथै कोषाध्यक्षमा गंगादेवी...

भाषा, संस्कृति जाेगाउन १५ दिने ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन

काठमाडौं / चन्द्रागिरी नगरपालिकाको सहयोगमा चन्द्रागिरी एकिकृत समाजको आयोजनामा ‘रञ्जना लिपि’ कक्षा प्रशिक्षण तालिम सञ्चालन हुने भएकाे छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा चन्द्रागिरी नगरपालिकाका उपमेयर लिशा नर्कमी, वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः...

नेपाल शान्ति स्काउट आफ्नो लक्ष र गतिबिधिमा अग्रसर हुँदै !!

कार्त्तिक २८, बुधबार, २०७५, काठमाण्डौं – इन्दिरा वाग्ले शर्मा ‘सामाजिक क्षेत्रमा असंख्य बिसंगतिहरु छन्, हाम्रा युवाहरुमा केही गर्ने अथाह जोश र उर्जा छ। यो जोश र उर्जालाई हामीले स्काउटमार्फत् सामाजिक रुपान्तरणका कार्यहरुमा सही सदुपयोग गरी सामाजिक बिसंगतिहरु हटाउन सक्छौं।’ बुधबार काठमाण्डौंमा नेपाल शान्ति स्काउटद्वारा आयोजित...

नियम पालना नगर्ने सवारि चालकलाई खादा लगाइ फूलको गुच्छा दिने अभियान सुरु

गोरखा – हामीलाई थाहा भएकै कुरा हो, सवारी चलाउने क्रममा सवारी चालनसन्बन्धी नियम पालना नगरेमा ट्राफिक प्रहरीले कारबाही गर्छन् ।तर गोरखामा भने नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ । आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक...

बिकाश निर्माणमा ढिला भए पनि राजश्व सङ्कलन च्याम्पियन टोखा नपा

काठमाडौँ, -टोखा नगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा ९९.२१ प्रतिशत राजश्व सङ्कलन भएको छ / नगरपालिकाले आव २०७५÷७६ मा रु १५ करोड ३० लाख ७५ हजार १०० राजश्व सङ्कलन हुने अनुमान गरिएकामा रु १५ करोड १८ लाख ७० हजार ५६७ राजश्व सङ्कलन गरेको राजश्व शाखा प्रमुख...