साहित्य गतिबिधि

सिमानाको बिषयमा कविता प्रतियोगिता


सिर्जनशील नेपालले  राजधानीमा एक कविता प्रतियोगिता गरेको छ । सिमानाको बिषयमा भएको कविता प्रतियोगितामा तार्केस्वर नगर पालिकाका बिभिन्न विद्यालय समाबेस भएका थिए । कार्यक्रम आयोजक सिर्जनशील नेपालका अध्यक्ष सुशील अचार्यका अनुसार कार्यक्रम भब्य रूपमा भएको छ । जस्को निर्णायकमा साहित्यकारहरु रसुवाली कवि ;रुपक अधिकारी र बिपि बिद्रोही रहेका थिए । प्रतियोगितामा सुनिता तामाङ् प्रथम मनिशा गुरुङ दोस्रो र प्रशान्त घिमिरे तेस्रो भएका थिए । कार्यक्रमले स्थानीय विद्यार्थीहरुमा नयाँ जोस र उमंग थपेको छ । आयोजक सस्थाले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरंतरता दिने जनाएको छ ।

आइत, मंसिर २२, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत

माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय...

काभ्रे पनौतीमा शिशिर काब्य गोष्ठी सम्पन्न

अक्षरमार्गले हालै शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो काब्य गोष्ठी कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको थियो भने कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद...

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरुलाई सम्मान गरे

पाल्पा, मंसिर २८/शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले १४ औं वार्षिक उत्सव तथा ९१ औं कूलमणी देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका १२ जना व्यक्तित्वहरुलाइ शनिबार तानसेनमा सम्मान गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रतर्फ महेश्वरप्रसाद श्रेष्ठलाई जगत...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...

नेपालको साहित्यिक इतिहासमा पहिलो रेकर्ड

आधुनिक साहित्य परिषद को आयोजनामा नेपालमा पहिलो चोटी ६३ वटा कृतिको बिमोचन भएकोछ / गौरी पब्लिलिक रिलेशन ले हालै दिल्ली रमण पुस्तकालयमा मंशिर १,२,र ३ गते भएको बाल साहित्य महा उत्सबमा बाल साहित्यको पुस्तकहरु बिमोचन गरेका थिए / उक्त कार्यक्रमको प्रमुख अतिथि डा शैलेन्दु प्रकाश...