साहित्य गतिबिधि

पनौती विशेष कवि गोष्ठी


नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान कपाल कोटमा सुसम्पन्न भएको थियो
कार्यक्रममा संबिधान सभा सदस्य माननीय रामहरी सुबेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय,उपप्रमुख गीता बन्जारा, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी लगायत प्रख्यात साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि मणि लोहनी, छविरमण सिलवाल,सुर्य लाकोजु,डा .शैलेन्दु नेपाल,नरनाथ लुइँटेल ,डा.घनश्याम परिश्रमी, रत्न प्रसाद अनामणि श्रेष्ठ, रामगोपाल आसुतोश, तारा केसि, प्रदिप सापकोटा, शुभद्रा दाहाल, उमेश पान्डे, राधेश्याम लेकाली, शम्भु सुबेदी, राधा कार्की, राम सुन्दर देउजा, सानु शर्मा लगायत १०० जना भन्दा बढी साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत भएको उक्त कवि गोष्ठीमा चर्चित लोकगायक मच्छेश्वर सापकोटा ,बिजयराम कर्माचार्यले गीत प्रस्तुत गर्नु भएको थियो। स्थानीय कवि र अतिथि कविहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले स्वागत गर्नु भएको थियो भने कवि नरेन्द्र कुमार नगरकोटिले कार्यक्रम संचालन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सम्पूर्ण सहभागीहरुलाई मायाको चिनो पनि वितरण गर्नु भएको थिए /आगामी दिनहरुमा पनि नगरले साहित्य कार्यक्रम गर्ने वाचाका साथ नगर पालिकाका पधारिकारिहरुले बिदा गर्नु भएको थियो /

मङ्ल, मंसिर २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कथाबाट सुरु भएको नेवार साहित्य

भूगोल कुनै पनि मुलुकको अस्थिपञ्जर हो भने, जनता प्राण । मुलुकको अस्थिपञ्जर र प्राणलाई जोडेर जीवन्त बनाउँछन्– भाषा, साहित्य, संस्कृति र परम्परालगायतले । करिब सवा सय जातजाति रहेको नेपालमा प्रायः सबैजसो जातजातिका आ–आफ्नै भाषा पनि छन् । कतिपय जातजातिका भाषामा आफ्नै साहित्य पनि छन् । नेपालको...

अक्षरमार्गले वषको दुईपल्ट वाङ्मयसेवीहरूलाई सम्मान गर्दै

अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाललाई श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट र विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार जयदेव भट्टराईलाई सम्मान गरेको छ । अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डा गोविन्दराज भट्टराईले उहाँहरुलाई नगद...

चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत

माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय...

काभ्रे पनौतीमा शिशिर काब्य गोष्ठी सम्पन्न

अक्षरमार्गले हालै शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो काब्य गोष्ठी कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको थियो भने कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद...

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरुलाई सम्मान गरे

पाल्पा, मंसिर २८/शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले १४ औं वार्षिक उत्सव तथा ९१ औं कूलमणी देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका १२ जना व्यक्तित्वहरुलाइ शनिबार तानसेनमा सम्मान गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रतर्फ महेश्वरप्रसाद श्रेष्ठलाई जगत...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...