खेलकुद प्रमुख समाचार

भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण नेपालले जिते


२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।

मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ ।

मङ्ल, मंसिर २४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दशरथ रंगशालाको मैदान एक दिनको वर्षा पनि नधान्ने

देशको सबैभन्दा ठूलो लिग सहिद स्मारक ए डिभिजन लिगको गत संस्करणका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा भए। चार वर्षपछि लिग आयोजना गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको रौनक फर्कने विश्वास गरेको थियो। तर एन्फाले सोचे जस्तो भएन। रेलिगेशनबिनाको लिगमा न त दर्शक आए न त...

डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परे

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको  छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो ।...

नयाँ वर्ष २०२० देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला

१ माघ, काठमाडौं  । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता पुस १६ गतेदेखि हटेको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला भएका...

नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाको १६औ साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाको १६औ साधारण सभा सम्पन्न भएको छ / गोंगबु टोखा नगरपालिका स्थित नेशनल मोडेल साइन्स स्कुलको सभा हलमा भएको उक्त साधारण सभाका सभापति सोहि शाखाका अध्यक्ष निरन्जन से डाईको सभापतित्वमा भएको थियो /कार्यक्रममा काठमाडौँ जिल्ला शाखाका कोषाध्यक्ष बिशेष अतिथ्यिमा र टोखा नपा वडा...

पश्चिमी वायुकाे प्रभावले केही दिनदेखि देशभरिकै माैसम बदली भइरहेने

काठमाण्डाै – पश्चिमी वायुकाे प्रभावले केही दिनदेखि देशभरिकै माैसम बदली भइरहेकाे छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली...

७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिए

१३ पुस, काठमाडौं । तीनकुनेस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ । राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत...