साहित्य गतिबिधि

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका १२ जना व्यक्तिहरुलाई सम्मान गरे


पाल्पा, मंसिर २८/शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रतिष्ठानले १४ औं वार्षिक उत्सव तथा ९१ औं कूलमणी देवकोटा जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका १२ जना व्यक्तित्वहरुलाइ शनिबार तानसेनमा सम्मान गरेको हो । प्रतिष्ठानले साहित्य क्षेत्रतर्फ महेश्वरप्रसाद श्रेष्ठलाई जगत कूलमणी कविन्द्र त्रिनक्षेत्र पुरस्कार, कूलमणी देवकोटा पुरस्कारबाट रत्नप्रसाद अनमणी श्रेष्ठ, वार्षिक दिवस सम्मान पुरस्कारबाट रामप्रसाद अर्याल, दिनानाना स्मृति साहित्य पुरस्कारबाट रोहितप्रसाद ज्ञवाली, वार्षिक दिवस सम्मान पुरस्कारबाट जानका नेपाल भट्टराई, पत्रकारितातर्फ साहित्यकार तथा पत्रकार गोविन्द भट्टराईलाई शक्तिराज रेग्मी सञ्चार सेवा पुरस्कार, शिक्षातर्फ दिलबहादुर शाक्यलाई इन्द्र भारती शिक्षा सेवा पुरस्कार, तुलठगी शैक्षिक पुरस्कारबाट सगुन ढकाल, स्वास्थ्यतर्फ पदमादेवी जिरेल श्रेष्ठलाई विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कार, बालहरि स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मीठु थापा, र मानवको अधिकार क्षेत्रमा गंगा पौड्याललाई राधाबद्री स्मृति मानवअधिकार पुरस्कार र विद्यार्थी यमुना कार्कीलाई छात्रवृत्तिले सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि,लेखक तथा बरिष्ठ साहित्यकार दीन पन्थीले सम्मानित व्यक्तिहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । सम्मान गर्दै प्रमुख अतिथि पन्थीले निरन्तर र नियमित रुपमा साहित्यिक संस्थाहरु सञ्चालन गर्न कठिन रहेका बेलामा पनि १४ वर्ष सम्म प्रतिष्ठानले निरन्तरता दिर्दैै सयौं व्यक्तिहरुलाई सम्मान गर्दै विभिन्न अक्षयकोष स्थापना गर्नु गौरवको विषय रहेको बताए ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला सचिव किरण कौसल, पोखराथोक साहित्य संगमका सचिव एवं सम्मानित व्यक्तित्व जानका नेपाल, साहित्यकार रत्नप्रसाद अनामणी श्रेष्ठ, महेश्वर श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति बुद्धिप्रसाद शर्मा, युनाईटेड मिसन अस्पतालका निर्देशक डा.रचेल कारख लगायतले प्रतिष्ठनको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमा संस्थाका कोषाध्यक्ष विनोद भारतीले ६ लाख ९२ हजार ६ सय ९६ बराबरको आय व्यव प्रस्तुत गरेका थिए । संस्थाका सदस्य पुनराम घिमिरेले सम्मानित व्यक्तिहरुको योगदानका विषयमा चर्चा गरे । संस्थाका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सदस्य सकुन्तला श्रेष्ठको स्वागत,सचिव छविलाल भूषालको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतिष्ठानले साहित्यिक क्षेत्रको माध्यमबाट जिल्लाको शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । स्थापनाकालदेखि नै प्रतिष्ठानले शिक्षा, स्वास्थ्य र साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै विभिन्न क्षेत्रमा योगदान प¥याउने व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ ।

 

सोम, मंसिर ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अक्षरमार्गले वषको दुईपल्ट वाङ्मयसेवीहरूलाई सम्मान गर्दै

अक्षरमार्गले हालै काभ्रेमा आयोजित एक समारोह वीच वरिष्ठ साहित्यकार केदारनाथ खनाललाई श्रीराम स्मृति अक्षरमार्ग वरिष्ठ साधक सम्मानबाट र विष्णुहेम अक्षरमार्ग साहित्यिक पत्रकारिता सम्मानबाट वरिष्ठ साहित्यिक पत्रकार जयदेव भट्टराईलाई सम्मान गरेको छ । अक्षरमार्ग साहित्यिक त्रैमासिकद्धारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि डा गोविन्दराज भट्टराईले उहाँहरुलाई नगद...

चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत

माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय...

काभ्रे पनौतीमा शिशिर काब्य गोष्ठी सम्पन्न

अक्षरमार्गले हालै शिशिर काब्य गोष्ठीको आयोजना गरेको छ । सो काब्य गोष्ठी कवि सुदेस सत्यालको फर्केर आऊ घर कविता बाचनबाट प्रारम्भ भएको थियो भने कवि सूर्य लाकोजूको मुक्तक प्रस्तुतिपछि समापन भएको थियो । सो काब्य गोष्ठीमा सारदा शर्मा, मच्छेश्वर सापकोटा, कलानीधि दाहाल, सरु सुवेदी, विनोद...

नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभाग भारतले अतिक्रमण गरेको विरोधमा ‘सडक कविता आन्दोलन’ सुरु भएको छ । यही आन्दोलनको क्रममा मंगलबार काठमाडौंको गोङ्गबु चोकमा कवि र सर्जकहरुले कविता वाचन गरेका छन् । कार्यक्रममा युवा साहित्यकार रसुवाली कवि, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य बीपी विद्रोही,...

पनौती विशेष कवि गोष्ठी

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा पनौती नगरपालिकाको आयोजना र साहित्यकार खेलकुद समाजको सहकार्यमा आयोजित “पनौती विशेष कवि गोष्ठी” सम्पन्न भएको छ। पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ कबि तथा सस्कृतिबिद तुलसी दिबशको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम पनौती नगर पालिकाको रमणीय स्थान...

सिमानाको बिषयमा कविता प्रतियोगिता

सिर्जनशील नेपालले  राजधानीमा एक कविता प्रतियोगिता गरेको छ । सिमानाको बिषयमा भएको कविता प्रतियोगितामा तार्केस्वर नगर पालिकाका बिभिन्न विद्यालय समाबेस भएका थिए । कार्यक्रम आयोजक सिर्जनशील नेपालका अध्यक्ष सुशील अचार्यका अनुसार कार्यक्रम भब्य रूपमा भएको छ । जस्को निर्णायकमा साहित्यकारहरु रसुवाली कवि ;रुपक अधिकारी र...