प्रमुख समाचार

७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिए


१३ पुस, काठमाडौं । तीनकुनेस्थित नापी विभाग अगाडि ७० वर्षीया वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा भेटिएको छ ।

राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे ।

मृत्यु हुने वृद्धाको परिचय खुलेको छैन । अहिलेसम्म आफन्त पनि सम्पर्कमा आएका छैनन् ।

घटनापछि प्रहरीले काठमाडौंका विभिन्न ठाउँमा चेकजाँच र नाकाबन्दी बढाएर टिपरको खोजी तीब्र पारेको थियो । त्यसक्रममा क्षेत्रपाटीमा टिपर भेटिएको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘सामान खन्याएर लुकाएर राखिएको अवस्थामा टिपर भेटिएको छ । चालक फरार छन् ।’ हुलियाको आधारमा चालकको खोजी भइरहेको उनले बताए ।

आइत, पुस १३, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परे

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ मन्त्रिपरिषदबाट सफाइ पाएपछि अर्थमन्त्री युवराज खतिवडालाई नैतिक संकट परेको  छ । कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. खतिवडाको पहलमा छानबिन अघि बढेको थियो । श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका लागि छानबिन समितिले दिएको प्रतिवेदन अर्थमन्त्री हुँदै मन्त्रिपरिषद्मा पुगेको थियो ।...

नयाँ वर्ष २०२० देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला

१ माघ, काठमाडौं  । नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न भारतकै समुन्द्री बन्दरगाह प्रयोग गर्नुपर्ने वाध्यता पुस १६ गतेदेखि हटेको छ । नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा भएको समझदारीअनुसार नयाँ वर्ष २०२० देखि चीनका ४ समुन्द्री बन्दरगाह र तीन सुख्खा बन्दरगाह नेपालका लागि खुल्ला भएका...

नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाको १६औ साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी विष्णुमती उपशाखाको १६औ साधारण सभा सम्पन्न भएको छ / गोंगबु टोखा नगरपालिका स्थित नेशनल मोडेल साइन्स स्कुलको सभा हलमा भएको उक्त साधारण सभाका सभापति सोहि शाखाका अध्यक्ष निरन्जन से डाईको सभापतित्वमा भएको थियो /कार्यक्रममा काठमाडौँ जिल्ला शाखाका कोषाध्यक्ष बिशेष अतिथ्यिमा र टोखा नपा वडा...

पश्चिमी वायुकाे प्रभावले केही दिनदेखि देशभरिकै माैसम बदली भइरहेने

काठमाण्डाै – पश्चिमी वायुकाे प्रभावले केही दिनदेखि देशभरिकै माैसम बदली भइरहेकाे छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली...

चाबहिलमा तनाव, गाडीमा आगजनी र तोडफोड

काठमाडौं, ७ पुष । सुकेधारा नजिकै एक यात्रुबाहक बसले एकजना क्याम्पस जान लागेकी छात्रालाइ ठक्कर दिँदा उनी घाइते भएकी छिन् । घटनापछि आक्रोशित विद्यार्थीहरूकाे भीडले ठक्कर दिने बसकाे सट्टा अन्य गाडी चाबहिलमा जलाइदिएका छन् । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज (सोमबार) बिहानै...

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका अतिक्रमणबारे ह्वाटहाउस अगाडि लाग्यो ‘गो ब्याक इण्डिया’को नारा

डिसी । नेपालको भूमि अतिक्रमण गरेको भारतको विरोधमा अमेरिकाको ह्वाइट हाउसदेखि डिसीस्थित भारतीय राजदूतावाससम्म नेपालीहरुले प्रदर्शन गरेका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शन गरिएको हो । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको अगाडितर्फ रहेको लाफाऐट पार्क वरिपरिको गोरेटोमा दुई पटक...