पर्यटन

बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने


 पुस, बुटवल । बुटवलमा ढुवानी ग्राम अर्थात ट्रान्सपोर्ट भिलेज बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट)लाई एकै स्थानमा व्यवस्थित गर्ने योजना अघि बढाएको हो ।

प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएकाले शहरभर छरिएर रहेकाहरुलाई एकै ठाउँमा राख्न ट्रान्सपोर्ट भिलेज बनाउन लागिएको मेयर शिवराज सुवेदीले जानकारी दिए ।

ट्रान्सपोर्ट भिलेज निर्माणका लागि बुटवल उपमहानगर र रुपन्देही परिवहन प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार यो कम्पनीले एक वर्षभित्र भिलेज बनाइसक्ने छ र १५ वर्षपछि उपमहानगरपालिकालाई हस्तातरण गर्नेछ ।

वडा नं. १२ नयाँगाउको भैरहवा भन्ने स्थान बन्ने ट्रान्सपोर्ट भिलेजमा ४९ सेड निर्माण हुनेछन् । ट्रान्सपोर्ट भिलेजको अनुमानित लागत २३ करोड २४ लाख ७९ हजार छ सय ७४ रुपैयाँ रहेको रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

एउटा सेड १५५० वर्गफुट क्षेत्रफलको हुनेछ । हरेक सेडको मासिक भाडा प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुनेछ । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने पनि सम्झौतामा तोकिएको छ ।

साथै ट्रान्सपोर्ट भिलेजमा पार्किङ स्थल, व्यवसायिक भवनसहित दुई वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत संम्भार पसल, प्रतिक्षालय, प्रहरी चौकी पनि हुनेछ । सम्झौताअनुसार ट्रान्सपोर्ट भिलेजका लागि पहुँचमार्ग, ढल, बिजुली, पानी, शौचालय लगायतका संरचना उपमहानगरपालिकाले बनाउनेछ ।

सोम, पुस १४, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हिमपहिरो, नेपाली गाइडसहित ९ पर्यटक सम्पर्कबिहीन

माघ, पोखरा । अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ । हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण...

बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ

साउन, काठमाडौं । बेलायतको लण्डनमा गुड्ने ६० वटा बसको भित्तामा यतिबेला नेपाल देख्न पाइन्छ । नेपाल पर्यटन बोर्डका अनुसार बोर्ड र बेलायतस्थित नेपाली दूतावासको समन्वयमा बेलायतमा नेपाल ब्राण्डिङ अभियान शुरु भएको छ । त्यसक्रममा करिब ६० वटा रुटमास्टर बसमा नेपालको पोस्टर टाँसिएको छ । पोस्टर अंकित बसहरु...

नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने

अमेरिकी अन्तरीक्ष एजेन्सी नासाको अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा आगामी वर्षबाट पर्यटकहरु समेत जान पाउने भएका छन् । त्यसका लागि अन्तरीक्ष पर्यटकहरुले एक रातको ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ । नासका अनुसार स्पेस स्टेसनलाई पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग गरिँदैछ । अन्तराष्ट्रिय स्पेस स्टेसनका उप–निर्देशक रोविन ग्याटेन्सका...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

काठमाडौ आइरहेको इत्तिहाद एयरको जहाज अर्को जहाजसँग आकाशमै ठोक्किनबाट जोगियो

काठमाडौँ आउँदै गरेको इत्तिहाद एयरको एयरबस ए ३२० र भियतनामको राजधानी हो चि मिन्हबाट पेरिस जादै गरेको एयर फ्रान्सको बोइङ ७७७ मुम्बईको आकाशमा दुर्घटना हुनबाट बचेका छन् । गत शुक्रबार स्थानीय समय अनुसार १ः४० बजे मुम्बइको एयर ट्राफिक कन्ट्रोलले काठमाडौँ आउने क्रममा रहेको इत्तिहादको जहाजलाई ३३,०००...

 पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला

काठमाडौ : पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा पाँच जनाको शव फेला परेको छ। शवको पहिचान हुन सकेको छैन। आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। घटनास्थलमा प्रहरी पुगिसकेको र...