समिक्षा

तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह माथि हाइकुद्वारा समिक्षा गर्दा

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला बनेपा ,काभ्रे


तारा के.सी.को “प्रिय छोरी”कविता संग्रह वास्तबमा  लेखकले अनुभव गरेका तिता मिठा ,सत्य तथ्य ,आफ्नै वरपर घटेका घटनाहरुलाई गद्य शैलीमा  ४२ वटा साना ठुला  कविताहरु रचना गरेर संग्रह गरेका छन् / आफ्ना संस्मरणलाइ मार्मिक र संबेदनशील भएर रचना गर्नु  भएको छ /यस कबिता संग्रहलाई नेपाली साहित्यमा नौलो हाइकुद्वारा  समिक्षा गर्न दुस्साहास गरेको छु /हरेक एक कवितालाई एक हाइकुमा समेट्ने कोसिस गरेको छु / जम्मा ४९ वटा  हाइकुहरु समाबेश गरिएको छ /

यस कबिता संग्रहलाई डा.शैलेन्दुप्रकाश नेपालले गम्भीर कवित्वको प्रवाह शिर्षक दिएर लेख्नु भएको छ / उक्त लेखलाई हाइकुद्वारा भन्नु पर्दा

गम्भीर कवि

कवित्वको प्रवाह

आत्म सन्तुष्टि

प्राज्ञ डा.गीता त्रिपाठीले अँध्यारा गुफाभित्र उज्याला तुकिहरु शीर्षक दिएर भूमिका लेख्नु भएको छ / सो लेखलाई हाइकुमा अभिव्यक्ति दिनु  पर्दा

अँध्यारा गुफा

उज्याला तुकीहरु

यो प्रिय छोरी

डा.धनेश्वर भट्टराईले लेख्नु भएको प्रिय छोरीमाथि एक प्रक्षेपण को हाइकु

अनेक पाटा

यो एक प्रक्षेपण

तारा नानीको

सन्दिप के.सी.को शुभकामना 

ताराको रुप

कवित्वमा प्रकट

शुभकामना

प्राक्कथन बारे हाइकु लेख्दा

खशी र हर्ष

कविता प्रिय छोरी

छाप्न पाउँदा

समर्पण सम्पूर्ण छोरीहरुलाई गरेको रहेछ त्यसलाई हाइकुद्वारा प्रतिबिम्ब गर्दा

छोरा बाहेक

सम्पूर्ण छोरीलाई

यो समर्पण

कबिता क्रम अथवा बिषय सुची माथि हाइकु रचना गर्दा

कविता क्रम

विविध बयालीस

लामा र छोटा

१.प्रिय छोरी कबिता शिर्षक

पिपल जस्तै

आफ्नै प्रतिबिम्बमा

यो प्रिय छोरी

२.भ्रमभित्र बाँचेको युग

बाँचेको  युग

भ्रमको पृष्ठभूमि

पर्दा पछाडी

३.बजेट भाषणमा नपरेको म

अभागी मन

मलाइ छुताएछ

बजेट भाषण

४.मौनता

ती आँखाहरु

यी सल्लाका सुसाइ

मेरो मौनता

५.कविता हजुर आमा

हजुर आमा

पिण्ड पानी खाएर

‘बा’ सोध्नु होला

६.निर्भिक पहाड

फाटेको मन

सम्झौताका पहाड

भात्किन्दै छु म

७.काठमाडौँ

जिर्ण बन्दैछ

कुरुप काठमाडौँ

रोगी सपना

८.मेरा बा

फाटेको लुगा

प्रतिबिम्ब मेरा बा

जीवन भर

९.आग्रह

देश सम्झेर

साहित्य कोर्नलाई

मेरो आग्रह

१०.सिंहदरबार भित्र हाम्रा प्रतिनिधिहरु

दृश्य बिहिन

त्यो  सिंहदरबार

बस्तीको ब्यथा

११.बिकास

कला संस्कृति

हलो जोतेका खेत

डीस च्यानल

१२.ठेगाना हराएको मान्छे

बिरानो देख्छु

स्वरुप बिग्रिएको

जन्म आँगन

१३.मेरो माटो

मेरो आँगन

मायालुको खबर

शुन्य गोरेटो

१४.आखिर पुग्ने म त्यही खाडी न हो

त्यो निखान्नु छ

पढेर पो के हुन्छ ?

गन्तब्य खाडी

१५.बुढो घर

शताब्दी देखि

ठिंग उभिएको छ

यो बूढो घर

१६.श्रद्दाञ्जलि

एउटा जुन

अन्धकारले निल्यो

आँशु चढाएँ

१७.छेकुदोल्मा

धुपी र सल्ला

त्यो संगै हुर्किएको

हो छेकुडोल्मा

१८.प्रश्न

प्रश्न बनेर

जिन्दगीका सम्झना

सोध्न थालेछु

१९.सम्बन्ध विच्छेद

त्यो प्रतिबिम्ब

चिसिएको मनमा

भयो बिच्छेद

२०.नानी आमा

घर आँगन

ती गाढा यादहरु

तस्बिर तिम्रो

२१.आमाको डायरीबाट

हाम्रो घरमा

नभ्याएकी ती आमा

किन बोलेन ?

२२.याद्हरुका वर्षात

पठाएँ मैले

यादहरुका वर्षा

आँखाको बाटो

२३.मेरी गुडिया रानी

घामको न्यानो

मेरी गुडिया रानी

पठाएकी छु

२४.क्यानभासमा कोरिएको सहर

हाम्रो संस्कृति

कोरिएको सहर

रोगी सपना

२५.२०७२ लाइ सम्झिन्दा

बस्ति उजाड

अवसान भएको

हजारौं फूल

२६.ताराका  रङहरु

सुन्दर थिए

तारामा  रङहरु

क्षितिजतिर

२७.तिम्रो डबका पुग्दा

जन्मभूमिमा

तिम्रो डबका पुग्दा

माटो एउतै

२८.सडकको कथा

लाज नागिंदै

खिचिएका तस्बिर

सडक कथा

२९.रातो गुलाफ

पार्क र गल्ली

छट्पटाएको मान्छे

रातो गुलाफ

३०.हरिया सपनाहरु

बेच्नु पर्नेहो

लिलामी बजारमा

मिठो सपना

३१.मिठुदेवीको उजुरी पत्र

खोजेको न्याय

मिठुदेवीको पत्र

पिंडाको पोको

३२.सपनाको देश

आमाको माया

खल्तीमा राहदानी

सपना देश

३३.म बूढो मास्टर

त्यो छोडी गए

हाम्रो बूढो माष्टर

किनार कुरी

३४.मखमली

मनमा फुल्यो

ओझेल मखमली

मेरो जीवन

३५.बा हुनु भनेको हरियो हुनु हो

झाङ्गिनु पनि

बा हरियो हुनु हो

कर्मशील बा

३६.आमा ! नजन्माउ ती कुवंशीहरु

कुवंशीहरु

ती नजन्माऊ आमा

दाउमा राख्दै

३७.म गुराँस फुलाउँछु

भन्छ यो माटो

गुराँस फुलाउँछु

आउने छु म

३८.बा हराएको सूचना

क्षितिज पारी

हराएको सूचना

बा तस्बिरमा

३९.तिमिलाइ प्रेम गर्न थालेपछि

म हटेकी हुँ

त्यो प्रेम थालेपछि

खुल्ला सडक

४०.सेतो आवरण

पति वियोग

नारीको लागि रातो

सधैं उजाड

४१.पराई बनायौ

डोली सजायो

राजकुमार सामु

पराई भएँ

४२.म बिस बर्षकी भएँ

म बीस वर्ष

मुर्च्छाएको देशमा

नभन छोरी

भाषा शैली राम्रो हुनुका साथै पढ्न शुरु गरे देखि अन्तिम सम्म पढौ पढौ लाग्ने खालको छ / धेरै जसो कविताहरु दुइ पेजमा समेटिएका छन् र कविताहरु विभिन्न समयमा बिभिन्न पत्र पत्रिकाहरुमा प्रकाशित भएको कबितालाइ ग्रन्थको दिएको देखिन्छ /यस कविता  संग्रह नेपाली साहित्य भण्डारमा छुट्टै स्वादको रहेको छ / बसन्तराज अज्ञातद्वारा सजावट गरेका छन् / अगाडी मुख्य कभर मा आमाछोरी अँगालो हालेको र आइफेल टावर तर्फ हेरिरहेको रंगिन चित्रले  आकर्षक कभर डिजाइन गराएको छ /  कभरको पछाडी लेखिका छड्के पारेर बसेको तस्बिरका साथै रास्ट्र कवि माधवप्रसाद घिमिरे  ,प्राज्ञ परिषद सदस्य माया ठकुरी ,छविरमण सिलवाल आदिका छोटो छोटो सटिक भनाइह रुले सजाइएक छन्

 

 

मङ्ल, पुस १५, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

महेन्द्र प्रजापतिको कार्यगत नेवारी गित एक चर्चा

पौराणिक ग्रन्थहरुमा गित ,संगीत र नृत्यका आदि गुरु भगवान शंकरलाई मानिएको छ । भगवान शंकरबाट ताण्डब र पार्वतीबाट लास्य नृत्यको प्रादुर्भाव भएको उल्लेख छ । त्यसै गरी उर्वाशीले भारत नृत्यम्लाइ सिकाइन् भन्ने गरिन्छ ।  प्राचीन मन्दिरहरुमा तथा हस्त लिखित ग्रन्थहरुमा  बिभिन्न हाउभाउमा देवी देवताहरु नाँचिरहेको...

उक्लिएको मान्छे – एक समीक्षा

आर्थिक दृष्टिकोणले एउटा सामान्य परिवार, त्यसमाथि समाजको निकै तल्लो तह । यस्तो परिवेशमा जन्मेको व्यक्तिको लागि संघर्ष एउटा नियतिको रूपमा उत्पन्न हुन्छ । जीवनको हरेक क्षेत्रमा भेदभाव र हीनभावनाको सिकार हँुदै मानसिक वेदना बेहोदै बस्नु पर्ने हुन्छ उसले । यस्तो वातावरणमा यदि यस वर्गमा पर्ने...

‘तँ’ भित्र ‘म’ को विचरण

केही वर्षअघिदेखि अक्षरको व्यापार अँगालेर अघि बढिरहेका कलमकर्मीको नाम हो – दामोदर ढकाल ‘दीपक’ । ‘दीपक’ को काम प्रकाश छर्नु हो । अन्धकारको नास गरी उज्यालो प्रदान गर्नु हो । अक्षरका माध्यमबाट त्यही कर्ममा लागेका छन् दामोदर ढकाल ‘दीपक’ । काम अनुसारको उपनाम ठिक जँचेको...

खोजअनलाइनलाई पुस्तक प्राप्ति पुस्तक न. ५ / ख्वबि झसुका

पुस्तकको नाम : ख्वबि झसुका विधा : कविता  संग्रह लेखक  : तिलक प्रकाश प्रकाशक : नेपाल साहित्य मन्दिरया निंति कुमार साख: संस्करण : पहिलो पुस्तकको मुल्य : ५० /-  संस्थागत ०००/- आवारण :केदार जोशी मुद्राक : भाषा : नेवारी कम्प्युटर सेटिंग: अगिब बनेपाली पृष्ठ संख्या : ६८ +३०    पृष्ठ पुस्तकको साइज : दिमाइज ISBN NO.:...

पहिलो बालआत्मकथा

हाइकु, मुक्तक, गजल, कविता, भूमिका, लेख, बालकथा गरी करिब  दुई दर्जन कृतिहरू प्रकाशित गरिरहेका बहुमखी साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठद्वारा लिखित सत्य घटनामा आधारित बालआत्मका हो, “कथा गोविन्दको ।” * गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाडौँद्वारा प्रकाशित बालआत्मकथा “कथा गोविन्दको” यो कृति बिना सोच आकस्मिक रुपमा जन्मेको...

साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका तीन कृतिहरु

बहुआयमिक प्रतिभाका धनी, साहित्यका बहुविधामा कलम चलाउन खप्पिस रत्नप्रसाद अनामणि श्रेष्ठका चम्ल्याहा कीर्ति सन्तान मध्ये मेरो हातमा ‘टाटु’ ‘कथा कसरी लेख्ने’ र ‘नेपालको पहिलो भू–उपग्रह’ आइसकेका छन् । अर्को बहुप्रजातिका चराहरूको चित्र सहित विवरण प्रस्तुत गरिएको एक पुस्तक कम्प्युटर गर्दैको स्थितिमा मैले देखें । उहाँको...