शिक्षा

फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा


त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए।

परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिइसकेको छ। ‘‘मलाई आज मात्र फागुन १४ मा निर्वाचन गर्न आवश्यक तयारीको लागि पत्र प्राप्त भएको छ’, उनले भने, ‘‘अव हामी स्ववियु निर्वाचनको तयारीमा जुट्छौँ।’ उनले सोमबार त्रिविका ६२ आङ्गिक क्याम्पसलाई पत्र लेख्दै निर्वाचनको तयारी गर्न निर्देशन दिने बताए।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ। विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन्। महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताए।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन। विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो। विसं २०७३ मा करीब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। त्यतिबेला उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपल्स, जनप्रशासन, पुल्चोक इञ्जिनीयरीङ, थापाथली इञ्जिनीयरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो।

विसं २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिएपनि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो । त्यसअघि त्रिविले तीन पटक स्ववियु निर्वाचन घोषणा गरेपनि हुनसकेको थिएन। त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो।

शुरुमा नेपाल विद्यार्थी सङ्घले उमेर हदबन्दीको विरोध गरेको थियो। पछि एक कार्यकाल उमेर हदबन्दी नलगाउने र मिश्रित निर्वाचन प्रणालीमा जानेमा सबै सङ्गठन सहमत भएका थिए। २०६९ सालमा स्ववियु निर्वाचनको हुन लाग्दा अन्तिम समयमा आएर स्थगित भएको थियो।

अहिले अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्ने व्यवस्था गरिएको छ। अनेरास्ववियूका संयोजक ऐन महरले आफूहरु पहिल्यैदेखि नै स्ववियु निर्वाचनको पक्षमा रहेको बताए।

उनले सोमबार बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्वाचनको तयारीमा लाग्न सबै क्याम्पस एकाइ कमिटीलाई निर्देशन दिने बताए। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का निवर्तमान अध्यक्ष नैनसिंह महरले आफूहरु स्ववियु निर्वाचनमा सहभागी हुने बताए । ‘‘स्ववियु हामीले जन्माएको हुनाले हामी निर्वाचनमा सहभागी हुन्छौ’, उनले भने, ‘‘निर्वाचन नभाँडेर स्वच्छ, निष्पक्ष गराउनुपर्ने छ ।’

शनि, पुस २६, २०७६ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित

माघ, काठमाडौं । इथियोपियाका विभिन्न विश्वविद्यालयमा अध्ययरत ३५ हजार विद्यार्थी विस्थापित भएका छन् । जारी अशान्तिका कारण विभिन्न विश्वविद्यालयबाट ३५ हजार विद्यार्थीले अध्ययनका लागि अनुकुल नभएको भन्दै अन्यत्र गएको अफ्रिकी राष्ट्र इथियोपियाको शिक्षा मन्त्रालयले जनाएको छ । विश्वविद्यालयमा हुने राजनीतिक गतिविधिका कारण उनीहरूले अध्ययनका लागि अन्यत्र...

मन्त्री बाँस्कोटाले पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयको स्थलगत निरीक्षण

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा आज पाँचखालमा बन्न लागेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय निर्माणस्थल पुगेका छन् । सोही क्रममा उनले काभ्रेको पाँचखाल नगरपालिका वडा नं ७, १० र १२ मा रहेको जग्गाको स्थलगत निरीक्षण पनि गरेका छन् । सोही क्रममा मुख्य...

रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपाल भाषा अध्यापनका निम्ति सुवाल नियुक्त

काठमाडौं / बि.ए तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडाैंकाे प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा विषयमा शिक्षिकाको रुपमा श्रीमिला सुवाल नियुक्त भएको छ । कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा बि.ए. तेस्रो बर्षका निम्ति अध्यापन गराउँदै अाइ रहेकाे छ । शिक्षिका सुवालले...

डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित

जनकपुरधाम । डाक्टर रश्मी शाह अमेरिकी अन्तरिक्ष संस्था नासाद्धारा सम्मानित भएकी छन् ।नासाले उनलाई अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कारबाट सम्मान गरेको हो । धनुषा जिल्लामा जन्मेकी साह नासाको जेल प्रोपल्सन लेबोरेटरी मा रिसर्च टेक्नोलोजिस्ट का रुपमा कार्यरत छिन्। सन् २०१४ मा पर्डयु विश्वविद्यालयबाट एरोनोटिक्स र एस्ट्रोनोटिक्समा...

सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्ष बन्नका लागि अब स्नातक तह उत्तीर्ण हुनुपर्ने

शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको...

अनिवार्य रुपमा विद्यालयस्तरमा आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम संचालन गर्न मार्गदर्शन

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक स्थानीय तहलाई अनिवार्य रुपमा विद्यालयस्तरमा आयुर्वेद स्वास्थ्य तथा योग शिक्षा कार्यक्रम संचालन गर्न मार्गदर्शन दिएको छ । स्वास्थ्यले सचिवस्तरीय निर्णय गरी तयार पारेको आर्थिक वर्ष ०७६/०७७ मा सशर्त अनुदानतर्फ स्थानीय तहबाट कार्यन्वयन गरिने स्वास्थ्य तथा जनसंख्या सम्बन्धि कार्यक्रमहरुको लागि सञ्चालन...